Dictionary

All Word

8651 उग्रता ना. २. वीर रसमा पाइने व्यभिचारी भावको एक भेद ।
8652 उग्रतारा ना. दश महाविद्यामध्ये एक विद्या; एक प्रसिद्ध तारा ।
8653 उग्रपन्थी वि. सामान्यभन्दा विपरीत बाटामा हिँड्ने; चलेको व्यवस्था वा सिद्धान्तको चर्को प्रतिरोध गर्ने; विपरीत सिद्धान्तको चरमपन्थी ।
8654 उग्रवाद ना. हत्या, लुटजस्ता अशान्ति मच्चाएर पनि आर्थिक समानता ल्याउन चाहने वाद वा सिद्धान्त ।
8655 उग्रवादी वि. त्यस्तो सिद्धान्तमा लाग्ने; प्रतिगामी ।
8656 उग्राइ ना. उग्राउने काम वा प्रक्रिया ।
8657 उग्राइनु क.क्रि. उग्राउने काम गरिनु; पागुर मारिनु ।
8658 उग्राउनु स.क्रि. १. गाई, भैँसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु; पागुर मार्नु ।
8659 उग्राउनु स.क्रि. २. ज्यादा खानु; धेरै खानु ।
8660 उग्लनु अ.क्रि. १. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु ।
8661 उग्लनु अ.क्रि. २. सर्वनाश हुनु; निर्मूल हुनु ।
8662 उग्लनु अ.क्रि. ३. नमिल्दो मिश्रण वा यस्तै विकृतिले रङमा विकार देखिनु ।
8663 उग्लाइ ना. उग्लने काम वा प्रक्रिया ।
8664 उग्लाइनु क.क्रि. उग्लने पारिनु; उग्लन लाइनु; उगालिनु ।
8665 उग्लाउनु प्रे. क्रि. उग्लन लाउनु; उग्लने पार्नु ।
8666 उग्लिँदो वि. उग्लिएको; तमतमिएको; बेस्वादको ।
8667 उग्लिनु अ.क्रि. १. उग्लनु ।
8668 उग्लिनु अ.क्रि. २. उग्लने होइनु ।
8669 उघल ना. ठुलो गोलो काठको हुँडमा मोटो र डोलो काठकै बियोद्वारा फुलो च्यापी त्रिकाठीद्वारा घुमाएर वा बटारेर तेल पेल्ने साधन; ओख्ले कोल; घुमुवा कोल ।
8670 उघाइ ना. उघाउने क्रिया वा प्रक्रिया ।
8671 उघाइनु क.क्रि. उघाउने काम गरिनु; उभाइनु ।
8672 उघाउनु स.क्रि. १. अञ्जुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु ।
8673 उघाउनु स.क्रि. २. अलिअलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु ।
8674 उघाउनु स.क्रि. ३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु ।
8675 उघाउनी ना. १. पानी आदि उघाउने भाँडो ।
8676 उघाउनी ना. २. एकपल्ट उभाएर भाँडामा झिकेको वस्तु ।
8677 उघाउनी ना. ३. चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह ।
8678 उघाउनी ना. ४. साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी ।
8679 उघाउनी ना. ५. योग; योगदान वि.
8680 उघाउनी ना. ६. बचेको; बाँकी रहेको ।
8681 उघाउनीपुघाउनी ना. गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई माल कार्यालयमा बुझाउने काम ।
8682 उघार्नु स.क्रि. १. आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु ।
8683 उघार्नु स.क्रि. २. ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुऱ्याउनु; ह्वाङ्ङ पार्नु ।
8684 उघाराइ ना. उघार्ने क्रिया वा प्रक्रिया ।
8685 उघारिनु क.क्रि. उघार्ने काम गरिनु ।
8686 उघारो वि. १. कहीँ कतै पनि बारबन्देज वा छेकथुन केही नभएको; चारैतिर खुला रहेको ( ठाउँ) ।
8687 उघारो वि. २. सबैतिर निकास भएको (जग्गा) ।
8688 उघारो वि. ३. झरी, बादल, तुवाँलो आदि नभएको ( दिन); खुलेर घाम लागेको ।
8689 उघ्रँदो वि. उघ्रन लागेको; उघ्रिएको; खुल्दो; छ्याङ्ङ ।
8690 उघ्रनु अ.क्रि. १. ढोकाको खापा आदि खुलेको हुनु; उधारो हुनु; खुल्नु ।
8691 उघ्रनु अ.क्रि. २. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु ।
8692 उघ्रनु अ.क्रि. ३. राम्रो देखिनु; सुहाउनु ।
8693 उघ्रनु अ.क्रि. ४. सफा हुनु; कञ्चन देखिनु ।
8694 उघ्राइ ना. उघ्रने भाव, क्रिया वा प्रक्रिया ।
8695 उघ्राइनु क.क्रि. उघार्ने काम गरिनु; उघ्रन लाइनु ।
8696 उघ्राउनु प्रे. क्रि. उघारो पार्नु; उघ्रन लाउनु; उघार्नु।
8697 उघ्रिनु अ.क्रि. उघ्रनु ।
8698 उङ्नु अ.क्रि. बस्दाबस्दै निद्राले झुल्नु; उँग लाग्नु ।
8699 उङ ना. निद्राले लट्ठ्याएको स्थिति; निद्राको तन्द्रा; उँग ।
8700 उङाइ ना. उङ्ने भाव, क्रिया वा प्रक्रिया ।