Dictionary

All Word

8751 उच्चारण ना. १. अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली ।
8752 उच्चारण ना. २. मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ ।
8753 उच्चारण अवयव ना. मुखभित्रबाट निस्केको वायु ठक्कर खाएर वर्णको रूप प्रदान गर्ने मुखभित्रका अवयव (कण्ठ, तालु, ओष्ठ, दन्त, मूर्द्धा आदि) ।
8754 उच्चारण स्थान आंशिक वा पूर्ण स्पर्शद्वारा ध्वनि उत्पन्न हुने ओठदेखि गलासम्मका विभिन्न शारीरिक स्थल ।
8755 उच्चारणीय वि. बोल्न लायक; उच्चरण गर्न योग्य; उच्चारण हुन सक्ने ।
8756 उच्चारित वि. बोलिएको; उच्चारण गरिएको; उच्चरित ।
8757 उच्चार्य वि. उच्चारण गर्न वा बोल्न लायक; उच्चारणीय ।
8758 उच्चैःश्रवा ना. १. देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडा । वि.
8759 उच्चैःश्रवा ना. २. बहिरो; कान नसुन्ने ।
8760 उच्चो वि. अग्लो; उँचो; उच्च।
8761 उच्छट्ट वि. बिछट्ट; उत्पात; चर्को; उज्जन्ड ।
8762 उच्छन्न वि. १. खतम पारिएको; विनष्ट ।
8763 उच्छन्न वि. २. हराएको वा लुप्त ।
8764 उच्छल वि. १. छाल उठेको; उर्लिएको ।
8765 उच्छल वि. २. सहज निस्सृत ।
8766 उच्छलन ना. उर्लने काम; तरङ्गित अवस्था ।
8767 उच्छाइलो वि. उघ्रिएको; सुहाउँदो; चारैतिर खुलेको ।
8768 उच्छिन्न वि. काटेर, फाँडेर र तोडफोड गरेर नष्ट पारिएको ।
8769 उच्छिन्न विच्छिन्न वि. तहसनहस पारिएको; फाँडफुँड गरी बिगारिएको ।
8770 उच्छिष्ट वि. १. खाएर बाँकी रहेको; पुरा; जुठो । ना.
8771 उच्छिष्ट वि. २. त्यस्तो खानेकुरो ।
8772 उच्छृङ्खल वि. १. नियम, अनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी ।
8773 उच्छृङ्खल वि. २. सोमत नभएको; उत्ताउलो; उद्दण्ड ।
8774 उच्छृङ्खल वि. ३. क्रम नमिलेको; सिलसिला नभएको ।
8775 उच्छृङ्खलता ना. जथाभाबी गर्ने प्रवृत्ति; उत्ताउलोपन ।
8776 उच्छेत्ता वि. १. उच्छेद वा नष्ट गर्ने; नाश पार्ने ।
8777 उच्छेत्ता वि. २. लछारपछार पार्ने; लुछ्ने; उखेल्ने ।
8778 उच्छेद / उच्छेदन ना. १. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो ।
8779 उच्छेद / उच्छेदन ना. २. सत्यानाश; विनाश; संहार ।
8780 उच्छेद / उच्छेदन ना. ३. खण्डन ।
8781 उच्छली ना. १. प्रेमीप्रेमिकाका बिच आपसमा गरिने बिगार; बिठ्याइँ ।
8782 उच्छली ना. २. कसुर; अपराध ।
8783 उच्छली ना. ३. भाँडभैलो ।
8784 उच्छ्वसित वि. १. हर्षले फुलेको; ज्यादै प्रसन्न; हर्षित |
8785 उच्छ्वसित वि. २. मूर्च्छाबाट ब्युँझिएको; सास फेरेको ।
8786 उच्छ्वास ना. १. वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास ।
8787 उच्छ्वास ना. २. गहिरो र लामो सास; सुस्केरा ।
8788 उच्छ्वास ना. ३. आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग ।
8789 उच्छ्वासी वि. १. लामो सास फेर्ने; सुस्केरा हाल्ने ।
8790 उच्छ्वासी वि. २. वैलाएको ।
8791 उच्छ्वासी वि. ३. मर्न लागेको; मरणासन्न ।
8792 उछार ना. फुर्सद; अवकाश ।
8793 उछारपछार ना. १. अवसर; मौका; फुर्सद; अवकाश ।
8794 उछारपछार ना. २. लुगा आदि वस्तु धुँदा थिचथाच पार्ने काम ।
8795 उछारपाटो ना. केटाकेटीले अलमल्याएर केही काम गर्न नदिने स्थिति; मेलोमेसो नपाइने अवस्था; उछारपछार ।
8796 उछाल ना. वमन; बान्ता; उल्टी ।
8797 उछिट्टिनु अ.क्रि. १. कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु ।
8798 उछिट्टिनु अ.क्रि. २. उम्कनु ; भाग्नु; फुत्कनु ।
8799 उछिट्टिनु अ.क्रि. ३. टाप कस्नु ।
8800 उछिट्ट्याइ ना. उछिट्टिने अवस्था वा काम ।