Dictionary

All Word

8851 इँजार घर ना. सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राई सिई इँजार हाल्न बनाइएको प्वाल।
8852 इँट ना. १. मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो खालको, घर बनाउने साधन; इँटा।
8853 इँट ना. २. तासका चार रङमध्ये रातो रङको चारकुने बुट्टा वा आकार।
8854 इँटा ना. हे. इँट।
8855 इँटा टायल कारखाना ना. इँट, टायल, झिँगटी आदिको अभाव हटाउने र राष्ट्रिय वास्तुकलाको महत्त्वसमेत बढाउने लक्ष्यले पहिले ललितपुरको हरिसिद्धि तथा पछि भक्तपुरको सूर्यविनायकमा स्थापित प्रसिद्ध कारखाना।
8856 इ: वि. बो. १. चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीनभाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द।
8857 इ: वि. बो. (उदा. इ:, के खुल्क्याउँछौ र तिमीले !)।
8858 इ: वि. बो. २. लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द |
8859 इ: वि. बो. (इ: खालास् सित्तैँमा !) ।
8860 इकरार ना. कबुल; प्रतिज्ञा; हे. करार।
8861 इकार ना. स्वरवर्णको 'इ' अक्षर; बाइमात्रा (ि)चिह्न।
8862 इक्रा ना. घरको गारोको सट्टा सिमेन्ट गर्न मिल्ने गरी बाँसका भाटाबाट तयार गरिने टाटी।
8863 इक्षु ना. उखु।
8864 इक्षुमती ना. काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा’ खोलाको पुरानो सांस्कृतिक नाम।
8865 इक्ष्वाकु ना. पुराणअनुसार वैवस्वत मनुका छोरा; सूर्यवंशका पहिला प्रसिद्ध राजा।
8866 इख ना. १. अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष।
8867 इख ना. २. रिस, इबी।
8868 इखालु वि. १. ईख भएको; ईर्ष्यालु।
8869 इखालु वि. २. डाहा गर्ने; डाहिल्लो।
8870 इखालु वि. ३. कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने।
8871 इखिनु अ.क्रि. कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम (उदा.- पण्डित पितृप्रसादका कटुवचनले लेखनाथ इखिए र पछि ठुला कवि बने। )।
8872 इख्याइ ना. इखिने वा इख्याउने भाव वा क्रिया।
8873 इख्याइनु अ.क्रि. इख्याउने काम गरिनु।
8874 इख्याउनु प्रे. क्रि. इखिने पार्नु; लोभ्याउनु।
8875 इङ्गर प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिएर प्रायः क्षुद्रता वा तुच्छताको अर्थ बुझाउने तद्धित- प्रत्यय (पात + इङ्गर = पतिङ्गर आदि )।
8876 इङ्गल प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माया + इङ्गल = मथिङ्गल आदि)।
8877 इङ्गला ना. योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्रबाहिर गराउने नाडी; ईडा नाडी।
8878 इङ्गला ना. (पिङ्गलाको उच्चारण- सादृश्यमा)।
8879 इङ्गल्यान्ड ना. बेलाय।
8880 इङ्गित ना. १. शरीरका अङ्ग, प्रत्यङ्गका हाउभाउ र चेष्टाबाट मनको भाव प्रकट गर्ने काम; सङ्केत; इसारा।
8881 इङ्गित ना. वि. २. सङ्केत गरिएको; सङ्केति।
8882 इङ्लिस ना. हे. अङ्ग्रेजी।
8883 इचङ्गु ना. काठमाडौँ नगरदेखि पश्चिम दिशामा रहेको र यसै नामका नारायणको मन्दिरले गर्दा प्रसिद्ध भएको ठाउँ; काठमाडौँ उपत्यकाका चार नारायणमध्ये एक।
8884 इचङ्गु नारायण ना. चार नारायणमध्ये इचङ्गुमा रहेका एक नारायण।
8885 इचला ना. १. खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो।
8886 इचला ना. २. आँचल।
8887 इचा ना. चुच्चो बाङ्गो भएको र डेढ फुटजति लामो, धातुका भाँडाहरूको निर्माण गर्दा प्रयोग गरिने एक खालको ज्याबल।
8888 इच्छा ना. १. कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, हास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा।
8889 इच्छा ना. २. चाहना; लालसा।
8890 इच्छाधीन वि. इच्छामा अडेको वा रहेको; इच्छामुताबिकको; रोजीछाडी; ऐच्छिक।
8891 इच्छानुरूप वि. चाहनाअनुसारको; भनेजस्तो।
8892 इच्छापत्र ना. राजीखुसीले आफ्नो अधिकारमा रहेको चलअचल सम्पत्ति अरू कुनै पनि व्यक्तिले पाउने गरी लेखिदिएको काग।
8893 इच्छाभोजन ना. चाहेबमोजिमको भोजन; मनमाफिकको खाना।
8894 इच्छित वि. इच्छा गरिएको; चिताइएको; वाञ्छि।
8895 इच्छिनु अ.क्रि. आफ्नो अधिकारको कुनै मालताल अरू कसैलाई दिने इच्छा हुनु।
8896 इच्छु वि. इच्छा गर्ने; चाहना गर्ने; इच्छुक (प्रायः शब्दको पछिल्तिर गाँसिएर प्रयुक्त हुने, जस्तै- शुभेच्छु, हितेच्छु इ. )।
8897 इच्छुक वि. इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी।
8898 इच्छ्याइनु क.क्रि. इच्छ्याउने काम होइनु।
8899 इच्छ्याउनु स.क्रि. १. इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु।
8900 इच्छ्याउनु स.क्रि. २. आफ्ना हकभित्रको जायजेथा वा चल, अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु।