Dictionary

All Word

9001 इन्टरमिडियट वि. २. बिचको; मध्यवर्ती।
9002 इन्ट्रेन्स ना. १. प्रवेशिका परीक्षा; म्याट्रिकुलेसन।
9003 इन्ट्रेन्स ना. २. प्रवेश |
9004 इन्ट्रेन्स ना. ३. द्वार; ढोका।
9005 इन्डेक्स ना. रिङ भएको र बाक्लो फाइल; सूचकाङ्क।
9006 इन्तजाम / इन्तिजाम ना. पछि हुने वा गर्नुपर्ने कुनै कामकुराका लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध।
9007 इन्तुचिन्तु ना. १. होसहवास; सुद्धीबुद्धि; अत्तोपत्तो; खोजखबर।
9008 इन्तुचिन्तु ना. २. के गरूँ कसो गरुँ भन्ने चिन्ता; किंकर्तव्यविमूढता।
9009 इन्तु न चिन्तु ना. होसहवास वा थाहासुद्धी केही नहुनु; बेखबर; विचेत हुनु।
9010 इन्दिरा ना. १. विष्णुकी पत्नी, लक्ष्मी।
9011 इन्दिरा ना. २. आश्विन कृष्ण एकादशी।
9012 इन्दीवर ना. नीलकमल।
9013 इन्दीवरा ना. औषधीमा प्रयोग हुने एक जडीबुटी; बोकेलहरो; अजशृङ्गी।
9014 इन्दु ना. १. चन्द्रमा।
9015 इन्दु ना. २. एकको सङ्ख्या।
9016 इन्दु ना. ३. कपूर।
9017 इन्दुकला ना. चन्द्रकिरण; जून।
9018 इन्दुवदना ना. भगण, जगण, सगण, नगण र दुई गुरु भएको, पाचौँ अक्षरमा यति हुने एक वार्णिक छन्द।
9019 इन्द्र ना. १. स्वर्गका राजा; देवताका राजा।
9020 इन्द्र ना. २. पानी पार्ने देवता।
9021 इन्द्र ना. ३. स्वरसन्धि हुँदा अधिपतिको अर्थ दिने वा स्वामी वा राजालाई बुझाउने शब्द (राजेन्द्र, सुरेन्द्र, मृगेन्द्र, महेन्द्र इ.)।
9022 इन्द्रकमल ना. रुखमा फुल्ने एक प्रकारको सुगन्धी थलकमल।
9023 इन्द्रजात्रा ना. भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँमा गरिने कुमारी, भैरव, गणेश आदिको प्रसिद्ध रथयात्रा।
9024 इन्द्रजाल ना. दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रद्वारा अनौठा अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी।
9025 इन्द्रजाली वि. इन्द्रजाल गर्ने; जादुगर; चटकी।
9026 इन्द्रजित् वि. १. इन्द्रलाई जित्ने।
9027 इन्द्रजित् वि. २. रावणको जेठो छोरो मेघनाद।
9028 इन्द्रजौ ना. ठुलो कुरो वा त्यसकै फूल।
9029 इन्द्रदमन ना. वर्षाकालमा गङ्गा आदि नदीको जल बढेर बाटोमाथि रहेका कुण्ड, वर र पीपलका जरामा पानी पुग्दा मनाइने पर्व।
9030 इन्द्रधनु / धनुष ना. वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त; इन्द्रेनी।
9031 इन्द्रध्वज ना. १. इन्द्रको झन्डा; लिगोसहितको पताका।
9032 इन्द्रध्वज ना. २. प्रायः भाद्रशुक्ल द्वादशीका दिन इन्द्रको पूजा गरेर उभ्याइने ठुलो ध्वजा; लिङ्गो।
9033 इन्द्रध्वजपातन ना. इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम।
9034 इन्द्रध्वजोत्थान ना. भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ।)।
9035 इन्द्रनील ना. निलो रङ्गको मणि; नीर; नीरमणि।
9036 इन्द्रपुर ना. इन्द्रको सहर; सुखी ठाउँ।
9037 इन्द्रप्रस्थ ना. महाभारतकालीन पाण्डवहरूको राजधानी (वर्तमान दिल्लीको नजिक )।
9038 इन्द्रयात्रा ना. इन्द्रजात्रा।
9039 इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार ना. कलाका क्षेत्रमा उल्लेखनीय साधना गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिएको एक पुरस्कार।
9040 इन्द्रलोक ना. स्वर्ग।
9041 इन्द्रवंशा ना. दुई तगण, एक जगण र एक रगण हुने वार्णिक छन्द।
9042 इन्द्रवज्रा ना. दुई तगण, एक जगण र दुई गुरुवर्ण हुने एक वार्णिक छन्द।
9043 इन्द्रसभा ना. इन्द्रको सभा; देवसभा; सुधर्मा।
9044 इन्द्राणी ना. १. इन्द्रकी पत्नी।
9045 इन्द्राणी ना. २. सेता वा पहेँला धर्सा परेका निला फल फल्ने, राता, निला र पहेँला फूल फुल्ने एक लहरो।
9046 इन्द्रायुध ना. १. इन्द्रधनु; इन्द्रेनी।
9047 इन्द्रायुध ना. २. इन्द्रको हतियार; वज्र।
9048 इन्द्रावती ना. सप्तकोसीका सातमध्ये एक नदी; पूर्वी नेपालको जुगल हिमालको पाँचपोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने एक नदी।
9049 इन्द्रासन ना. १. इन्द्रको सिंहासन।
9050 इन्द्रासन ना. २. राजसिंहासन; राजगद्दी।