Dictionary

All Word

9151 उत्ताल वि. १. धेरै अग्लो;ज्यादै उँचो ।
9152 उत्ताल वि. २. भयङ्कर; कडा; प्रचण्ड ।
9153 उत्ति वि. उति; त्यत्ति ।
9154 उत्तिको वि. ऊजत्तिको; उतिको ।
9155 उत्तिखेर क्रि.वि. भनेकै समयमा; तत्काल; त्यसै बेला; उसै समयमा ।
9156 उत्तिष्ठवानर ना. ढाड कुप्रो भए पनि आजको मान्छे झैँ पूरै दुई खुट्टाले टेकेर हिँड्ने आजभन्दा पाँच लाख वर्षपहिले सृष्टि भई लगभग सवा लाख वर्षसम्म पृथ्वीमा कायम रहेको आदिमानव; आग्नेय वानरभन्दा पछिको र नियन्डर मानवभन्दा पूर्वको आदिमानव; जाबा, केन्या, पेकिङ, हाइडेलवर्ग आदि ठाउँमा पाइएका जीवाश्मले प्रतिनिधित्व गरेको आदिम मानव ।
9157 उत्तिस ना. किम्बुको जस्तो फल हुने, लहरे फूल फुल्ने र तीनचार इन्च लामो केही चौडा पात हुने एक जातको रुख ।
9158 उत्तीर्ण वि. १. कुनै परीक्षा दिएर पास भएको; सफल ।
9159 उत्तीर्ण वि. २. झैझमेलाबाट पार भएको; समस्याबाट उम्केको ।
9160 उत्तीर्ण वि. ३. उत्रेको; निस्केको ।
9161 उत्तीर्ण वि. ४. नदी तरेको; पार भएको ।
9162 उत्तीर्णाङ्क ना. विद्यार्थीले खास पाठ्यांश वा पत्रमा सफलता हासिल गर्नका लागि पाउनुपर्ने आवश्यक न्यूनतम अङ्क ।
9163 उत्तुङ ना. एउटा खुट्टाले काम नदिने वा खुट्टो नभएका अपाङ्गहरूले हिँड्न र आडका लागि लिइने काठे लट्ठी ।
9164 उत्तुङ्ग वि. ज्यादै अग्लो; अति उच्च। (जस्तो- हिमालयको उत्तुङ्ग शिखर)।
9165 उत्तेजक वि. १. हौसला प्रदान गर्ने; प्रेरणा दिने; प्रेरक ।
9166 उत्तेजक वि. २. कसैलाई कुनै काममा उल्काउने वा उक्साउने; बिथोल्ने; उचाल्ने ।
9167 उत्तेजक वि. ३. उत्तेजना उत्पन्न गर्ने; जोस भरिदिने ।
9168 उत्तेजक वि. ४. चर्को प्रकाश फ्याँक्ने ।
9169 उत्तेजन ना. १. कसैलाई सुऱ्याउने वा जोस्याउने काम ।
9170 उत्तेजन ना. २. भड्काउने वा उचाल्ने काम ।
9171 उत्तेजन ना. ३. उत्तेजना ।
9172 उत्तेजना ना. १. हौसला दिने काम; प्रेरणा; प्रोत्साहन ।
9173 उत्तेजना ना. २. क्रोध; आवेश; रिस ।
9174 उत्तेजना ना. ३. भड्काउने प्रवृत्ति; खलबल्याउने चाल ।
9175 उत्तेजना ना. ४. मन चञ्चल पारी शीघ्रतापूर्वक कुनै काम गर्न प्रवृत्त गर्ने काम वा कुरा ।
9176 उत्तेजित वि. १. मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको ।
9177 उत्तेजित वि. २. हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित ।
9178 उत्तेजित वि. ३. भड्काइएको; उचालिएको ।
9179 उत्तेजित वि. ४. जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट ।
9180 उत्तोलक ना. १. मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल ।
9181 उत्तोलक ना. २. गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन।
9182 उत्तोलक ना. ३. बिजुलीको भरेङ; लिफ्ट ।
9183 उत्तोलक ना. ४. कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी ।
9184 उत्तोलक ना. ५. किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु । वि.
9185 उत्तोलक ना. ६. उभ्याउने; उठाउने; उचाल्ने ।
9186 उत्तोलन ना. १. उभ्याउने वा उठाउने काम ।
9187 उत्तोलन ना. २. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुऱ्याएर फहराउने काम (जस्तै- ध्वजोत्तोलन, झन्डोत्तोलन ) ।
9188 उत्थान ना. १. कुनै निम्न स्थितिबाट उन्नत वा उच्च स्तरमा पुग्ने अवस्था वा भाव; समृद्ध स्थिति; उन्नति; अभिवृद्धि ।
9189 उत्थान ना. २. कामको प्रारम्भ वा थाल्नी; उठान ।
9190 उत्थान ना. ३. उठ्ने वा उभिने काम ।
9191 उत्थापक वि. १. उत्थान गराउने; उभ्याउने; उठाउने ।
9192 उत्थापक वि. २. स्थापना गर्ने; थाल्ने; सुरु गर्ने।
9193 उत्थापक वि. ३. बिउँझाउने; जगाउने।
9194 उत्थापन ना. १. माथि उठाउने काम; उत्थान ।
9195 उत्थापन ना. २. जगाउने काम; बिउँझाउने काम ।
9196 उत्थापन ना. ३. स्थापना; प्रारम्भ।
9197 उत्थापित वि. १. उत्थापन गरिएको।
9198 उत्थापित वि. २. स्थापित ।
9199 उत्थित वि. १. उत्थान भएको; उन्नत; समृद्ध ।
9200 उत्थित वि. २. उठेको; उभिएको ।