Dictionary

All Word

9301 उत्साहित वि. उत्साह पाएको; प्रेरणा पाएको; हौसिएको ।
9302 उत्साही वि. उत्साह भएको; हौसला बढेको ।
9303 उत्सुक वि. १. कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित।
9304 उत्सुक वि. २. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर ।
9305 उत्सुकता ना. उत्सुक हुनाको भाव वा अवस्था; उत्कण्ठा; सकसकी।
9306 उत्सृष्ट वि. १. उत्सर्ग भएको वा गरिएको ।
9307 उत्सृष्ट वि. २. छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति) ।
9308 उत्सृष्ट वि. ३. उपयोगमा ल्याइएको; प्रयुक्त ।
9309 उत्सृष्ट वृत्ति ना. अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति ।
9310 उत्सृष्टाङ्क ना. कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने, कराउने, वाग्युद्ध भई जय, पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दश भेदमध्ये एक ।
9311 उत्सेचन ना. १. पानी आदि तरल पदार्थ छर्कने वा छम्कने काम; सिञ्चन ।
9312 उत्सेचन ना. २. उमालाइ; उबाल ।
9313 उत्स्वेदन ना. पानी बाफ बन्ने प्रक्रिया; जलवाष्पीकरण ।
9314 उथलपुथल ना. १. माथिको तल र तलको माथि हुने काम; उलटपुलट ।
9315 उथलपुथल ना. २. ठुलो परिवर्तन; हेरफेर; अदलबदल ।
9316 उथलपुथल ना. ३. ठुलो हलचल; चर्को आन्दोलन ।
9317 उद् उप. शब्दको अगाडि लागेर माथि, अघि, पारि, प्रबलता आदि अर्थ बुझाउने उपसर्ग (उद्बोधन, उद्‍गम, उत्तीर्ण इ.) ।
9318 उद ना. न्याउरी मुसोजस्तो, पानीमा पसी माछा मार्ने एक प्रकारको जन्तु; ओत; ओद; पानीबिरालो ।
9319 उदक ना. पानी; जल।
9320 उदक क्रिया ना. पितृहरूलाई तृप्त पार्नका लागि दिइने तर्पण; तिलाञ्जलि।
9321 उदजन ना. एक किसिमको दृश्य, गन्ध र वर्णहीन बाष्प; हाइड्रोजन।
9322 उदजन बम ना. उदजन बाष्पको बम; हाइड्रोजन बम।
9323 उदधि ना. १. समुद्र; सागर।
9324 उदधि ना. २. मेघ; बादल ।
9325 उदधि ना. ३. कलश; घडा ।
9326 उदय ना. १. मास्तिर उठ्ने वा बढ्ने काम ।
9327 उदय ना. २. उदाउने वा झुल्कने क्रिया ।
9328 उदय ना. ३. ग्रह, नक्षत्र आदि क्षितिजबाट उठेर आकाशमा आउने तथा देखिने अवस्था ।
9329 उदय ना. ४. प्रकट वा प्रत्यक्ष हुने काम ।
9330 उदय ना. ५. पद आदिमा हुने उन्नति; बनिबनाउ; दबदबा ।
9331 उदय ना. ६. उत्पत्तिस्थान; उद्‍गम ।
9332 उदय ना. ७. अधिकारप्राप्ति ।
9333 उदयगिरि ना. हे. उदयाचल ।
9334 उदयन ना. १. 'स्वप्नवासवदत्ता' नाटकका नायक वत्सराज ।
9335 उदयन ना. २. कुसुमाञ्जलिकार उदयनाचार्य ।
9336 उदयपुर ना. नेपालको पूर्वाञ्चल विकासक्षेत्रभित्र पर्ने सगरमाथा अञ्चलअन्तर्गत धेरै पहाडी भाग र केही भित्री मधेस पनि भएको एक जिल्ला ।
9337 उदयपुरगढी ना. उदयपुरमा रहेको एक प्रमुख क्षेत्र वा गढी ।
9338 उदयाचल ना. सूर्य उदाउने पूर्वतर्फको पहाड; उदयगिरि ।
9339 उदयास्त ना. १. सप्रने वा भत्कने क्रिया वा अवस्था; उत्थानपतन ।
9340 उदयास्त ना. २. उदय र अस्त ।
9341 उदयी वि. १. उदाउने; उदय हुने; झुल्कने ।
9342 उदयी वि. २. उन्नतिशील ।
9343 उदयोन्मुख वि. १. उदाउने बेलाको ।
9344 उदयोन्मुख वि. २. उन्नति गर्नपट्टि लागेको; विकासोन्मुख ।
9345 उदर ना. १. पेट।
9346 उदर ना. २. शरीरको बिचको भाग; भुँडी ।
9347 उदरगुहा ना. पेटका विभिन्न अङ्ग रहनका निम्ति बनेको खोक्रो स्थान ।
9348 उदरपीडा ना. पेट दुख्ने क्रिया; पेट दुखाइ ।
9349 उदरम्भर वि. १. पेट भर्न पाए पुग्ने ।
9350 उदरम्भर वि. २. स्वार्थी; मतलबी ।