Dictionary

All Word

9201 इचङ्गु नारायण ना. चार नारायणमध्ये इचङ्गुमा रहेका एक नारायण।
9202 इचला ना. १. खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो।
9203 इचला ना. २. आँचल।
9204 इचा ना. चुच्चो बाङ्गो भएको र डेढ फुटजति लामो, धातुका भाँडाहरूको निर्माण गर्दा प्रयोग गरिने एक खालको ज्याबल।
9205 इच्छा ना. १. कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, हास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा।
9206 इच्छा ना. २. चाहना; लालसा।
9207 इच्छाधीन वि. इच्छामा अडेको वा रहेको; इच्छामुताबिकको; रोजीछाडी; ऐच्छिक।
9208 इच्छानुरूप वि. चाहनाअनुसारको; भनेजस्तो।
9209 इच्छापत्र ना. राजीखुसीले आफ्नो अधिकारमा रहेको चलअचल सम्पत्ति अरू कुनै पनि व्यक्तिले पाउने गरी लेखिदिएको काग।
9210 इच्छाभोजन ना. चाहेबमोजिमको भोजन; मनमाफिकको खाना।
9211 इच्छित वि. इच्छा गरिएको; चिताइएको; वाञ्छि।
9212 इच्छिनु अ.क्रि. आफ्नो अधिकारको कुनै मालताल अरू कसैलाई दिने इच्छा हुनु।
9213 इच्छु वि. इच्छा गर्ने; चाहना गर्ने; इच्छुक (प्रायः शब्दको पछिल्तिर गाँसिएर प्रयुक्त हुने, जस्तै- शुभेच्छु, हितेच्छु इ. )।
9214 इच्छुक वि. इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी।
9215 इच्छ्याइनु क.क्रि. इच्छ्याउने काम होइनु।
9216 इच्छ्याउनु स.क्रि. १. इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु।
9217 इच्छ्याउनु स.क्रि. २. आफ्ना हकभित्रको जायजेथा वा चल, अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु।
9218 इच्छ्याउनु स.क्रि. ३. आफ्नो साटो कुनै काम गर्न वा आफूले पाउने कुनै कुरा भन्न, लिन अर्को व्यक्तिलाई रोज्नु।
9219 इजरायल ना. एसियाको पश्चिमी भागमा अवस्थित, जेरुसेलम राजधानी भएको, यहुदीहरूको स्वतन्त्र राष्ट्र।
9220 इजरायली वि. इजरायल देशको; इजरायलसम्बन्धी।
9221 इजलास ना. १. मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; अदालत; न्यायालय; कचहरी।
9222 इजलास ना. २. मुद्दा बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च।
9223 इजलास ना. ३. सभा; बैठक।
9224 इजहार ना. १. अदालतले सोधेका सवाल वा प्रश्नको लिखित वा मौखिक जवाफ; अदालतमा दिइने बयान।
9225 इजहार ना. २. फिरादपत्र; उजुरीपत्र; नालिस।
9226 इजहारा ना. इजार ठेक्कापट्टा; ठेक्का; ठेक; इजारा।
9227 इजा ना. (खास गरी डोटी, जुम्ला भेगका लोकसाहित्यमा प्रचलित ) आमा।
9228 इजाजत ना. १. कुनै अख्तियारवाला अड्डा वा कार्यालयले कुनै कामकुराका निम्ति दिएको अनुमति, आज्ञा, मन्जुरी वा स्वीकृति।
9229 इजाजत ना. २. लाइसेन्स।
9230 इजाजत पत्र ना. कुनै कामकुराका निम्ति सम्बन्धित संस्थाबाट इजाजत दिइएको बेहोरा जनाई सो प्रमाणित गरिएको कागत; अनुमतिपत्र; लाइसेन्स।
9231 इजाजत प्राप्त वि. कुनै कामकुरा, ठेक्कापट्टा आदिका निम्ति सम्बन्धित अड्डा वा कार्यालयबाट इजाजत पाएको।
9232 इजार ना. हे. इँजार।
9233 इजारा ना. १. ठेक; ठेक्कापट्टा।
9234 इजारा ना. २. कुनै काम गरेबापत त्यसका बदलामा ज्याला वा त्यस्तै अन्य कुनै कुरा दिइने बन्दोबस्।
9235 इज्जत ना. १. समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा।
9236 इज्जत ना. २. हुर्मत; आबरु।
9237 इज्जतदार वि. इज्जत कमाएको; प्रतिष्ठित; सम्मानि।
9238 इज्या ना. १. यज्ञ; होम; हवन।
9239 इज्या ना. २. धार्मिक अनुष्ठान।
9240 इज्या ना. ३. हिन्दू धर्मका आठ अङ्ग (इज्या, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र अलोभ) मध्ये पहिलो।
9241 इटाचपली ना. प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान ढोकामा ) रुखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो; पुरानो न्यायाधिकरण; प्राचीन फौजदारी अदाल।
9242 इटाली ना. युरोप महाद्वीपको दक्षिणी भागमा भूमध्यसागरको किनारामा अवस्थित, रोममा राजधानी रहेको एक देश।
9243 इटालेली वि. १. इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको।
9244 इटालेली वि. ना. २. भारोपेली भाषापरिवारिभित्रको एक शाखा।
9245 इडली ना. चामलका पिठाको डल्लो पारी बनाइने एक प्रकारको दक्षिण भारतीय खाद्य पदार्।
9246 इडा ना. १. शरीका पिठ्यूँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद- इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो।
9247 इडा ना. २. वैवस्वत मनुकी कान्छी रानी।
9248 इतर वि. १. अर्को; दोस्रो; अन्य; भिन्न।
9249 इतर वि. २. अतिरिक्त; बाहेक।
9250 इतर वि. ३. कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य, भिन्न, बाहेक वा अतिरिक्त आदि अर्थ बुझाउने शब्द (उदा.- नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्)।