Dictionary

All Word

9351 इन्द्रध्वजोत्थान ना. भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ।)।
9352 इन्द्रनील ना. निलो रङ्गको मणि; नीर; नीरमणि।
9353 इन्द्रपुर ना. इन्द्रको सहर; सुखी ठाउँ।
9354 इन्द्रप्रस्थ ना. महाभारतकालीन पाण्डवहरूको राजधानी (वर्तमान दिल्लीको नजिक )।
9355 इन्द्रयात्रा ना. इन्द्रजात्रा।
9356 इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार ना. कलाका क्षेत्रमा उल्लेखनीय साधना गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिएको एक पुरस्कार।
9357 इन्द्रलोक ना. स्वर्ग।
9358 इन्द्रवंशा ना. दुई तगण, एक जगण र एक रगण हुने वार्णिक छन्द।
9359 इन्द्रवज्रा ना. दुई तगण, एक जगण र दुई गुरुवर्ण हुने एक वार्णिक छन्द।
9360 इन्द्रसभा ना. इन्द्रको सभा; देवसभा; सुधर्मा।
9361 इन्द्राणी ना. १. इन्द्रकी पत्नी।
9362 इन्द्राणी ना. २. सेता वा पहेँला धर्सा परेका निला फल फल्ने, राता, निला र पहेँला फूल फुल्ने एक लहरो।
9363 इन्द्रायुध ना. १. इन्द्रधनु; इन्द्रेनी।
9364 इन्द्रायुध ना. २. इन्द्रको हतियार; वज्र।
9365 इन्द्रावती ना. सप्तकोसीका सातमध्ये एक नदी; पूर्वी नेपालको जुगल हिमालको पाँचपोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने एक नदी।
9366 इन्द्रासन ना. १. इन्द्रको सिंहासन।
9367 इन्द्रासन ना. २. राजसिंहासन; राजगद्दी।
9368 इन्द्रासन ना. ३. सबै किसिमको सुख मिल्ने ठाउँ।
9369 इन्द्रिय ना. १. ज्ञानशक्ति र कर्मशक्तिका मानवीय अङ्ग वा साधन; पाँच ज्ञानेन्द्रिय (आँखा, कान, नाक, जिब्रो र छाला) र पाँच कर्मेन्द्रिय (वाक्, पाणि, पाद, वायु र उपस्थ) का सामूहिक वा अलग अलग नाम।
9370 इन्द्रिय ना. २. माथिका आधारमा पाँचको सङ्ख्या।
9371 इन्द्रिय ना. ३. योनि वा लिङ्ग।
9372 इन्द्रिय ना. ४. जननेन्द्रिय।
9373 इन्द्रिय ना. ५ एक अङ्गुलको पाँच गुना बराबरको नाप; पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
9374 इन्द्रियगोचर ना. इन्द्रियको विषय; इन्द्रियद्वारा संवेदन गर्न सकिने; इन्द्रियग्राह्य।
9375 इन्द्रियग्राम ना. पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको समूह।
9376 इन्द्रियजित् वि. इन्द्रियको दमन गर्न सक्ने; जितेन्द्रिय।
9377 इन्द्रिय निग्रह ना. इन्द्रियलाई वशमा राख्ने काम।
9378 इन्द्रिय संवेद्य वि. इन्द्रियद्वारा छिटै ग्रहण गरिने।
9379 इन्द्रियातीत वि. इन्द्रियद्वारा ज्ञान गर्न नसकिने; अगोचर।
9380 इन्द्रियार्थवाद ना. इन्द्रियहरूको अनुभूतिद्वारा नै सबै किसिमको ज्ञान प्राप्त हुन्छ भन्ने दार्शनिक सिद्धान्त; इन्द्रियद्वारा सुखभोग गर्ने काम।
9381 इन्द्रेनी ना. घामपानी भएको बेला घामको विपरीत दिशातर्फ देखिने अस्मानी, निलो, हरियो, पहेँलो, रातो बैजनी र सुन्तला रङ हुने, धनुका आकारको अर्धवृत्त; इन्द्रधनु; इन्द्रधनुष।
9382 इन्धन ना. १. उष्णता वा तापको माध्यमबाट शक्ति प्रदान गर्ने साधन।
9383 इन्धन ना. २. दाउरा वा त्यसको बदलामा अरू केही बालेर ताप वा शक्ति पैदा गर्ने उपकरण ( मट्टीतेल, डिजेल, पेट्रोल, कोइला आदि)।
9384 इन्धन संस्थान ना. इन्धनसँग सम्बन्धित कारोबार गर्ने तथा आवश्यक इन्धन जुटाउने अधिकारप्राप्त संस्थान।
9385 इन्साफ ना. १. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ; निसाफ।
9386 इन्साफ ना. २. अदालतबाट वादी, प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला।
9387 इन्सेट ना. ठुलो चित्रभित्रको सानो चित्र।
9388 इन्स्टिच्युट ना. अध्ययन संस्थान।
9389 इन्स्पेक्टर ना. प्रहरी सेवाको एक दर्जा; प्रहरी निरीक्षक।
9390 इबी ना. मनमा गुप्त रूपमा राखिएको ईख; धेरै पहिलेदेखिको ईख; दगा।
9391 इबी अदावत ना. दगा वा निहुँ झिक्ने बाटो; चुक देखाउने निहूँ।
9392 इमर्जेन्सी ना. १. एकाएक आइपर्ने दुःखद घटना; आकस्मिक दुर्घटना।
9393 इमर्जेन्सी ना. २. आकस्मिक दुर्घटना वा बिमारीले पीडित व्यक्तिका लागि गरिने उपचार वा त्यस्तो उपचार गरिने कक्ष।
9394 इमर्जेन्सी लाइट ना. विद्युत् आपूर्ति बन्द हुँदा प्रयोग गरिने, विद्युत्तरङ्गबाटै बल्ने एक किसिमको बिजुली लालटिन ।
9395 इमान ना. १. लेनदेन, नियम, अनुशासन आदि व्यवहारमा गरिने सत्यता; सच्चाई; छलकपटरहित व्यवहार; असल नियत ।
9396 इमान ना. २. ईश्वर वा धर्मप्रति रहेको विश्वास; आस्तिक बुद्धि ।
9397 इमानजमान ना. बोलेअनुसार व्यवहार गर्ने प्रकृति; व्यवहारमा कामकुराको ठिक ठिक पालना; सत्यनिष्ठा; कर्तव्यपरायणता ।
9398 इमानदार वि. इमान भएको; निष्कपट; बोलेको कुरा पुऱ्याउने; सत्यनिष्ठ ।
9399 इमानदारी ना. इमानदार बन्नाको भाव वा अवस्था; सत्यनिष्ठा; सच्चाइ ।
9400 इमारत ना. भव्य तथा पक्की घर; विशालकाय भवन; महल ।