Dictionary

All Word

9401 उदासीन वि. २. कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ; निरपेक्ष।
9402 उदासीन वि. ३. विषयप्रपञ्चबाट अलग रहेको।
9403 उदासीन वि. ४. सन्न्यासीको एक भेद ।
9404 उदासीन अंसियार ना. कुनै व्यापार, उद्योग आदिमा लगानी गरे तापनि त्यसप्रति कुनै वास्ता नगर्ने भागीदार वा साझेदार व्यक्ति ।
9405 उदासीनता ना. १. उदासीन हुनाको भाव वा अवस्था; विरक्ति ।
9406 उदासीनता ना. २. तटस्थता; मध्यस्थता; निर्लिप्तता ।
9407 उदासीनता ना. ३. दिग्दारी; खिन्नता ।
9408 उदासे ना. १. मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार।
9409 उदासे ना. २. नचाहिँदो खर्च गर्ने; उडन्ता ।
9410 उदाहरण ना. १. कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य; नमुना; दृष्टान्त; उपमा।
9411 उदाहरण ना. २. अनुसरण वा अनुकरण गर्न प्रोत्साहित गरिने कुनै आचरण वा क्रियाकलाप ।
9412 उदाहरणार्थ क्रि.वि. उदाहरणका लागि; उदाहरणका निम्ति ।
9413 उदाहरणीय वि. उदाहरण दिन लायक; उदाहरण दिन योग्य ।
9414 उदाहृत वि. १. भनिएको; कथित ।
9415 उदाहृत वि. २. वर्णन गरिएको; वर्णित।
9416 उदाहृत वि. ३. उपमा वा दृष्टान्त दिइएको; उदाहरणका रूपमा प्रस्तुत ।
9417 उदित १. उदय भएको; उदाएको ।
9418 उदित २. प्रकट भएको; निस्केको ।
9419 उदित ३. उज्ज्वल; स्वच्छ ।
9420 उदित ४. प्रचलित ।
9421 उदितयौवना ना. भर्खर बैँस चढेकी स्त्री; भर्खरै जवानीमा प्रवेश गरेकी नायिका; मुग्धानायिका ।
9422 उदीची ना. उत्तर दिशा ।
9423 उदीच्य वि. उत्तर दिशाको; उत्तर दिशासम्बन्धी ।
9424 उदीच्य संस्कृत ना. शौरसेनीजस्ता प्राकृतलाई जन्माउने, संस्कृत भाषाको उत्तरी भाषिका ।
9425 उदीयमान वि. १. उदय भइरहेको; उदाइरहेको ।
9426 उदीयमान वि. २. पहिलेदेखि नै असल वा महान् हुने लक्षण देखिएको; होनहार; फलोन्मुख ।
9427 उदेक ना. अचम्म; गजब; आश्चर्य; ताजुब ।
9428 उदेकाइ ना. उदेकाउने क्रिया वा प्रक्रिया ।
9429 उदेकाइनु अ.क्रि. उदेक मान्ने होइनु; छक्क परिनु ।
9430 उदेकाउनु अ.क्रि. छक्क पर्नु; अचम्म मान्नु; उदेक मान्नु ।
9431 उदेकिलो वि. उदेकलाग्दो; छक्क पार्ने खालको; अचम्मको ।
9432 उद्‍गम ना. १. उदय; आविर्भाव; प्रादुर्भाव ।
9433 उद्‍गम ना. २. मुहान; मूल ।
9434 उद्‍गम ना. ३. उत्पत्तिस्थान; पैदा हुने ठाउँ ।
9435 उद्‍गमन ना. सबैका सामु देखिने वा प्रकट हुने काम; उदय ।
9436 उद्गाता वि. १. यज्ञहरूमा वैदिक पाठको गायन गर्ने; सारस्वरसहित सामवेदका मन्त्र गाउने; सामवेदी । ना.
9437 उद्गाता वि. २. वैदिक मन्त्र पाठ गर्ने व्यक्ति ।
9438 उद्गार ना. १. हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति ।
9439 उद्गार ना. २. मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रिया ।
9440 उद्गार चिह्न ना. हर्ष, आनन्द, शोक आदि बुझाउने शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न (!) ।
9441 उद्गारित वि. १. उद्गारका रूपमा व्यक्त ।
9442 उद्गारित वि. २. मुखबाट बाहिर निकालिएको; ओकलिएको ।
9443 उद्गारी वि. १. मनको भाव प्रकट गर्ने ।
9444 उद्गारी वि. २. उद्गार निकाल्ने । द्ग ।
9445 उद्गीथ ना. १. वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश ।
9446 उद्गीथ ना. २. सामवेद ।
9447 उद्गीथ ना. ३. मङ्गलमय सामूहिक गान वा नारा ।
9448 उद्ग्रहण ना. ॠण, शुल्क, कर आदि असुलउपर गर्ने काम ।
9449 उद्घाटक वि. १. उद्घाटन गर्ने; खोल्ने । ना.
9450 उद्घाटक वि. २. साँचो ।