Dictionary

All Word

9451 इष्टदेव / इष्टदेवता ना. १. कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता ।
9452 इष्टदेव / इष्टदेवता ना. २. दीक्षामन्त्रका अधिष्ठाता देवता ।
9453 इष्टमित्र ना. १. कल्याण चाहने व्यक्ति; हितैषी मानिस; साथी; मित्र ।
9454 इष्टमित्र ना. २. नातेदार; बन्धुबान्धव; सम्बन्धी ।
9455 इष्टापत्ति ना. अरूबाट गरिएको कुभलो पनि आफ्ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति ।
9456 इस् अव्य. रिस वा झोक प्रकट गर्दा अरूलाई खिस्स्याएर प्रयोग गरिने शब्द; लोप्पा ख्वाउँदा भनिने लवज (उदा.- इस् , तैँले भन्दैमा पत्याउँछु र !)।
9457 इसबगोल ना. रछायो किसिमको वा फुस्रो रङको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा भुसी।
9458 इसा ना. इसाई वा क्रिश्चियन धर्मका प्रवर्तक; इसाई धर्म चलाउने महापुरुष; यिसुख्रिस्ट ।
9459 इसाई वि. इसाले चलाएको धर्म मान्ने; इसाई धर्मको अनुयायी; क्रिस्चियन; क्रिस्तान ।
9460 इसारा ना. १. नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा ।
9461 इसारा ना. २. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ ।
9462 इस्कुल ना. हे. इस्कुस ।
9463 इस्कुस ना. लहरामा फल्ने केही लाम्चो र ससानो मेवाका ढबको, फलमा काँढा हुने वा नहुने हरियो तरकारी; इस्कुल ।
9464 इस्टकोट ना. कोटका साथमा वा कोटबाहेक नै लगाइने, बाउला नभएको, कम्मरसम्म आउने भित्री सानो कोट; इस्कोट ।
9465 इस्तिफा ना. आफूले गर्दै आएको सेवा वा नोकरी छोड्नका लागि दिइने निवेदनपत्र; त्यागपत्र; राजीनामा |
9466 इस्तिरी ना. कोइला वा विद्युत्शक्तिले तताएर धोएका कपडा सम्याउने, मिलाउने फलामे साधन; इस्त्री (आइरन) ।
9467 इस्त्री ना. हे. इस्तिरी ।
9468 इस्तिहार ना. सरकारका तर्फबाट सम्बन्धित समुदायलाई सार्वजनिक रूपमा दिइने सूचना वा विशेष आदेश; विज्ञप्ति; जनाउ; इस्तिहार ।
9469 इस्तेमाल ना. कुनै वस्तुलाई प्रयोगमा ल्याउने प्रक्रिया; उपयोग; प्रयोग; व्यवहार ।
9470 इस्पात ना. १. प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम |
9471 इस्पात ना. वि. २. ज्यादै चतुरो;चलाक; बित्पाते।
9472 इस्लाम ना. १. ईश्वरका मार्गमा प्राण दिन प्रस्तुत हुने काम ।
9473 इस्लाम ना. २. मुहम्मदले प्रचलनमा ल्याएको मुसलमानी धर्म ।
9474 इस्लाम ना. ३. मुस्लिमहरूको धार्मिक सम्प्रदाय वा मत ।
9475 इस्लाम ना. ४. मुसलमान हुने क्रिया ।
9476 इस्वी ना. १. इसाको मरणकालपछि चलेको संवत्; सन् ।
9477 इस्वी ना. वि. २. इसाको; इसासम्बन्धी ।
9478 इह सर्व यहाँ ।
9479 इहलीला ना. यस लोकको जिन्दगानी; सांसारिक प्रपञ्च; जिन्दगी ।
9480 इहलोक ना. १. यो लोक; देखिने संसार ।
9481 इहलोक ना. २. यो जीवन; सांसारिक जन्म।
9482 इहलौकिक वि. यस लोकको; यस लोकसँग सम्बन्धित ।
9483 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पाँचौं स्वरवर्ण; परम्परागत रूपमा ओष्ठ्यस्थानबाट उच्चारण हुने ह्रस्व स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च, बन्द, गोलित स्वरवर्ण।
9484 लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
9485 उँ शरीरको कुनै स्थलमा पीडा हुँदा सहन नसकी भित्रबाट ‘ऐय्या’ को सट्टामा प्रकट हुन आउने अव्यक्त शब्द l कष्ट परेर सहन बल पर्दा वा कन्दा वा रुँदा वा रुनु पर्ने अवस्थाको असमर्थता आइपर्दा एक्कासी प्रकट हुने अव्यय शब्द l।
9486 उँ निपा. १. तिरस्कार वा उपेक्षापूर्ण भाव व्यक्त गर्दा भनिने अव्यय शब्द।
9487 उँ निपा. (उदा.- उँ, अर्कालाई त्यसै पनि जिस्क्याउने ! )।
9488 उँ निपा. २. रिस उठ्ने कुरा सुन्दा वा जोस निकाल्दा प्रयुक्त हुने अव्यय।
9489 उँ निपा. (उदा.- उँ, त्यस पाजीले मसँग घमन्ड गर्ने ? )।
9490 उँग्नु अ.क्रि. बस्दाबस्दै निद्राले लट्ठिएर फुल्नु; अर्धनिद्राको वशमा पर्नु; आधा होस, आधा बेहोसजस्तो भएर झकाउनु; तन्द्रामा पुग्नु; उँघ्नु।
9491 उँग ना. उँग- बस्दाबस्दै निद्राको जोडले आँखा लट्ठिने स्थिति निद्रा लाग्ने लाग्ने बेलाको पूर्वरूप; झकाइ; तन्द्रा; उँघ; उङ।
9492 उँगाइ ना. उँग्ने भाव, क्रिया वा प्रक्रिया |
9493 उँगाइनु क.क्रि. उँग्न लाइनु।
9494 उँगाउनु प्रे. क्रि. उँग्न लाउनु।
9495 उँघ्नु अ.क्रि. हे. उँग्नु।
9496 उँघ ना. हे. उँग।
9497 उँघाइ ना. उँगाइ।
9498 उँघाइनु क.क्रि. उँघ्न लाइनु।
9499 उँघाउनु प्रे. क्रि. उँघ्न लाउनु।
9500 उँचाइ ना. हे. उचाइ।