Dictionary

All Word

9601 उक्साइनु क.क्रि. उक्सने पारिनु; उक्सन लाइनु ।
9602 उक्साउनु प्रे. क्रि. उक्सने पार्नु; उक्सन लाउनु ।
9603 उक्सिनु अ.क्रि. १. उक्सनु ।
9604 उक्सिनु अ.क्रि. २. उक्सने काम होइनु ।
9605 उखडा ना. रैतीका नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगदी वा जिन्सी उठाउन पाउने गरी कमाउन दिने जमिन; रैतीले कमाउने त्यस्तो व्यवस्था भएको जग्गा ।
9606 उखडा ना. ( १९८१ सालमा 'क' नं. को फारम खडा गरी जमिनदारले 'उखडा' का नाउँमा दर्ता गरेको यस्तो जग्गा भूमिसुधार ऐन, २०२० लागु भएपछि केही मुआबजा दिएर रैतीका नाउँमा दर्ता गरिएको छ र उखडा उन्मूलन भइसकेको छ । ) ।
9607 उखन्ड वि. ज्यादा; अति; बिछट्ट; धेरै; असाध्यै ।
9608 उखन्ड वि. रैतीका नाउँमा दर्ता नभई सरकारको अधीनमा रहेको (जमिन) ।
9609 उखरमाउलो ना. १. टन्टलापुर घाम, घामको चर्को वा पोल्ने राप ।
9610 उखरमाउलो ना. २. ज्यादै कडा गर्मी; भावर।
9611 उखरमाउलो ना. ३. छुकछुके बानी; अति चञ्चलता ।
9612 उखरमाउलो ना. ४. उच्छृङ्खलता ।
9613 उखरमाउलो ना. ५. प्रेमीप्रेमिका आदिका बिच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख ।
9614 उखरमाउलो ना. ६. सहिनसक्नु झगडा |
9615 उखरमाउलो ना. वि. ७. ज्यादै चञ्चल; अस्थिर ।
9616 उखाड्नु स.क्रि. १. बोटबिरुवा आदिलाई जरसहित उखेल्नु ।
9617 उखाड्नु स.क्रि. २. रहेबसेको ठाउँबाट हटाउनु; झिक्नु ।
9618 उखाडाइ ना. उखाड्ने क्रिया वा प्रक्रिया ।
9619 उखाडिनु क.क्रि. उखाड्ने काम गरिनु ।
9620 उखान ना. लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला उक्ति; लोकोक्ति; आहान; कहावत ।
9621 उखान तुक्का / टुक्का ना. लोकोक्ति र मुहावरा ।
9622 उखार्ता ना. उखुको टुप्पो; उखुको बिउ ।
9623 उखाल ना. वमन; वान्ता; छाद; उल्टी; वाक ।
9624 उखालपखाल क्रि.वि. १. सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम); उपर्तली ।
9625 उखालपखाल क्रि.वि. २. थामिनसक्ने गरी (काम पर्ने चाल ); छेलोखेलो।
9626 उखाल्नु स.क्रि. १. कसैलाई उठीबास लाउनु; ढुटीमाटी पार्नु ।
9627 उखाल्नु स.क्रि. २. बोटबिरुवा आदि जरैसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु ।
9628 उखाल्नु स.क्रि. ३. व्यापार, व्यवसाय बिगारेर टाट उल्टाउनु ।
9629 उखालाइ ना. उखाल्ने क्रिया वा प्रक्रिया ।
9630 उखालिनु क.क्रि. उखाल्ने काम गरिनु; उठीवास लाइनु ।
9631 उखु ना. सुलुत्त परेको तथा आँख्लादार डाँठ हुने, चपाउँदा वा पेल्दा गुलियो रस निस्कने र चिनी, सखर आदि बनाइने गेमरा, ढोडे, कोसेर, सिटे आदि नामले प्रसिद्ध बोट; इक्षु ।
9632 उखुम ना. १. कडा घाम; चर्को गर्मी; असह्य ताप ।
9633 उखुम ना. वि. २. ज्यादै; असाद्धे; असह्य (गर्मी) ।
9634 उखेतो ना. उखु काटिसकेपछि छोडिएको भागबाट पलाउने उखु; उखु काटिसकेपछि खँगारेको पात, टुप्पो आदि वस्तु ।
9635 उखेतो ना. (खर नपाइने ठाउँमा उखेतोबाट पनि घर छाउने गरिन्छ । ) ।
9636 उखेल्नु स.क्रि. १. जरैसहित बोटबिरुवा आदि उक्काउनु; गाडेको बाँस, खम्बा, किला आदिलाई बाहिर झिक्नु; उखाल्नु ।
9637 उखेल्नु स.क्रि. २. रहेको ठाउँबाट हटाउनु; उखाइनु ।
9638 उखेल ना. उखेल्ने काम ।
9639 उखेलपाखेल ना. उखेल्ने र जथाभावी फ्याँक्ने काम ।
9640 उखेलाइ ना. उखेल्ने क्रिया वा प्रक्रिया ।
9641 उखेलाइनु क.क्रि. उखेल्न वा उखाड्न लाउनु ।
9642 उखेलाउनु प्रे. क्रि. उखेल्न लाउनु; उखाड्न लाउनु ।
9643 उखेलिनु क.क्रि. उखेल्ने काम गरिनु; उखाडिनु ।
9644 उखोधर्म ना. १. कुनै कामकुरामा एकोहोरिने काम; खुरन्धार ।
9645 उखोधर्म ना. २. नहुने वा नपाइने कामकुरामा पनि लिसो लाग्ने प्रवृत्ति वा झिँजोल्ने चाल ।
9646 उखोधर्म ना. क्रि.वि. ३. असाद्धे; ज्यादै; अति ।
9647 उखौतो ना. हे. उखेतो।
9648 उगल्चिनु अ.क्रि. उकुच पल्टनु; उकल्चिनु ।
9649 उगल्च्याइ ना. उगल्चिने काम वा प्रक्रिया ।
9650 उगल्च्याइनु क.क्रि. उगल्च्याउने काम गरिनु ।