Dictionary

All Word

9651 उध्राइ ना. उध्रने क्रिया वा प्रक्रिया ।
9652 उध्रिनु अ.क्रि. उध्रने काम होइनु; सिउनी वा बन्धन खुस्कनु ।
9653 उन्नु स.क्रि. १. सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु ।
9654 उन्नु स.क्रि. २. पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु; गुँथ्नु ।
9655 उन१ सर्व. विभक्ति प्रत्यय लाग्दा तिर्यक् रूपमा परिवर्तित हुने 'ऊ' को रूप (उनलाई; उनको इ.) ।
9656 उन२ ना. च्याङ्ग्रा, भेडा आदि पशुहरूको नरम रौँ ।
9657 उन मैन ना. वनस्पतिबाट प्राप्त हुने एक खालको मैन; रुखका चोपबाट बनाइएको मैन; खोटो।
9658 उनी वि. उनबाट बनेको; उनको ।
9659 उनन्चालिस ना. १. तिस र नौको योग हुँदाको सङ्ख्या; ३९ को अङ्क। वि.
9660 उनन्चालिस ना. २. तिस र नौका योगसङ्ख्याको; एक कम चालिस ।
9661 उनन्चालिसौँ वि. तिस र नौको योगसङ्ख्यामा आउने; गणनाका क्रमले उनन्चालिस सङ्ख्यामा पर्ने ।
9662 उनन्चालीस ना. हे. उनन्चालिस ।
9663 उनन्चालीसौँ वि. हे. उनन्चालिसौँ ।
9664 उनन्चास ना. १. चालिस र नौको योग हुँदाको सङ्ख्या; ४९ को अङ्क । वि.
9665 उनन्चास ना. २. चालिस र नौका योगसङ्ख्याको ।
9666 उनन्चासौँ वि. गणनाका क्रमले उनन्चास सङ्ख्यामा आउने; उनन्चास सङ्ख्यामा पर्ने ।
9667 उनन्तिस ना. १. बिस र नौको योगसङ्ख्या; २९ को अङ्क। वि.
9668 उनन्तिस ना. २. बिस र नौका योगसङ्ख्याको ।
9669 उनन्तिसौँ वि. गणनाका क्रमले उनन्तिसमा परेको; उन्तिस सङ्ख्यामा आउने वा आएको ।
9670 उनन्तीस ना. हे. उनन्तिस ।
9671 उनन्तीसौँ वि. हे. उनन्तिसौँ ।
9672 उनन्सत्तरी ना. १. साठी र नौको योगसङ्ख्या; ६९ को अङ्क। वि.
9673 उनन्सत्तरी ना. २. साठी र नौको योगसङ्ख्याको ।
9674 उनन्सत्तरिऔँ/उनन्सत्तरियौँ वि. गणनाका क्रमले उनन्सत्तरी सङ्ख्यामा पर्ने; उनन्सत्तरी सङ्ख्यामा आउने ।
9675 उनसट्ठी/उनसाठी ना. १. पचास र नौको योग; ५९ को अङ्क। वि.
9676 उनसट्ठी/उनसाठी ना. २. पचास र नौको योगसङ्ख्याको; एक कम साठी।
9677 उनन्साठिऔँ/उनसाठियौँ वि. गणनाक्रमले उनन्साठीमा पर्ने; उनन्साठी सङ्ख्यामा आउने ।
9678 उनहत्तर ना. १. साठी र नौको योगबाट बन्ने सङ्ख्या; ६९ को अङ्क । वि.
9679 उनहत्तर ना. २. साठी र नौको योग हुने सङ्ख्याको ।
9680 उनहत्तरौँ वि. गन्तीका क्रमले उनहत्तर सङ्ख्यामा परेको; उनहत्तर सङ्ख्यामा आउने ।
9681 उनाइ ना. उन्ने भाव, क्रिया वा प्रक्रिया ।
9682 उनाइनु क.क्रि. उन्न लाइनु; उन्ने पारिनु; गुथाइनु ।
9683 उनाउनु प्रे.क्रि. उन्न लाउनु; उन्ने पार्नु; गुथाउनु ।
9684 उनाउलो ना. निखुर्को वा पतझडमा सुकेका खर, बाबियो, सालिम्बो आदि घाँसपातहरू ग्रीष्मकालीन वर्षापछि पुनः पलाएको अवस्था (उदा.- उनाउलो नपलाएसम्म बस्तुले चरन पाउँदैनन्।)।
9685 उनाऊ वि. १. कुनै खास वर्गदेखि बाहिरको ।
9686 उनाऊ वि. २. तोकिएको भन्दा बढ्ता ।
9687 उनाऊ वि. ३. नचाहिँदो; काम नलाग्ने; फाल्तु ।
9688 उनाऊ वि. ४. सम्बन्ध नभएको ।
9689 उनान्नब्बे ना. १. असी र नौको योगसङ्ख्या; ८९ को अङ्क । वि.
9690 उनान्नब्बे ना. २. असी र नौका योगसङ्ख्याको; एक कम नब्बे ।
9691 उनान्नब्बेऔँ/उनान्ब्बेयौँ वि. गणनाका क्रममा उनान्नब्बे सङ्ख्यामा पर्ने; उनान्नब्बे सङ्ख्यामा आउने।
9692 उनान्सय ना. १. नब्बे र नौको योगसङ्ख्या; ९९ को अङ्क । वि.
9693 उनान्सय ना. २. नब्बे र नौको योगसङ्ख्याको; एक कम सय ।
9694 उनान्सयौँ वि. गणनाका क्रमले उनान्सय सङ्ख्यामा पर्ने; उनान्सय सङ्ख्यामा आउने ।
9695 उनासी ना. १. सत्तरी र नौको योगसङ्ख्या; ७९ को अङ्क। वि.
9696 उनासी ना. २. सत्तरी र नौका योगसङ्ख्याको; एक कम असी ।
9697 उनासिऔँ/उनासियौँ वि. गन्ती गर्दा उनासी सङ्ख्यामा पुगेको; उनासी सङ्ख्याको।
9698 उनिउँ ना. फल र फूल नहुने, मसिनो पात र कलेजी रङको वा हरियो, सेतो मिलेको डाँठ हुने, डाँठको कलम पनि बनाइने एक झार; उन्यु ।
9699 उनिनु क.क्रि. उन्ने काम गरिनु; गुथिनु ।
9700 उनियाँ ना. मधेसतिर सुर्की कुट्ने काम वा पेसा भएको मानिस वा एक जाति ।