Dictionary

All Word

9801 उच्छेत्ता वि. १. उच्छेद वा नष्ट गर्ने; नाश पार्ने ।
9802 उच्छेत्ता वि. २. लछारपछार पार्ने; लुछ्ने; उखेल्ने ।
9803 उच्छेद / उच्छेदन ना. १. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो ।
9804 उच्छेद / उच्छेदन ना. २. सत्यानाश; विनाश; संहार ।
9805 उच्छेद / उच्छेदन ना. ३. खण्डन ।
9806 उच्छली ना. १. प्रेमीप्रेमिकाका बिच आपसमा गरिने बिगार; बिठ्याइँ ।
9807 उच्छली ना. २. कसुर; अपराध ।
9808 उच्छली ना. ३. भाँडभैलो ।
9809 उच्छ्वसित वि. १. हर्षले फुलेको; ज्यादै प्रसन्न; हर्षित |
9810 उच्छ्वसित वि. २. मूर्च्छाबाट ब्युँझिएको; सास फेरेको ।
9811 उच्छ्वास ना. १. वेदना प्रकट गर्ने सूचकका रूपमा निस्कने मास्तिर तानिएको लामो सास ।
9812 उच्छ्वास ना. २. गहिरो र लामो सास; सुस्केरा ।
9813 उच्छ्वास ना. ३. आख्यायिका, उपन्यास आदि प्रबन्धकाव्यको अध्याय; सर्ग ।
9814 उच्छ्वासी वि. १. लामो सास फेर्ने; सुस्केरा हाल्ने ।
9815 उच्छ्वासी वि. २. वैलाएको ।
9816 उच्छ्वासी वि. ३. मर्न लागेको; मरणासन्न ।
9817 उछार ना. फुर्सद; अवकाश ।
9818 उछारपछार ना. १. अवसर; मौका; फुर्सद; अवकाश ।
9819 उछारपछार ना. २. लुगा आदि वस्तु धुँदा थिचथाच पार्ने काम ।
9820 उछारपाटो ना. केटाकेटीले अलमल्याएर केही काम गर्न नदिने स्थिति; मेलोमेसो नपाइने अवस्था; उछारपछार ।
9821 उछाल ना. वमन; बान्ता; उल्टी ।
9822 उछिट्टिनु अ.क्रि. १. कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु ।
9823 उछिट्टिनु अ.क्रि. २. उम्कनु ; भाग्नु; फुत्कनु ।
9824 उछिट्टिनु अ.क्रि. ३. टाप कस्नु ।
9825 उछिट्ट्याइ ना. उछिट्टिने अवस्था वा काम ।
9826 उछिट्ट्याइनु क.क्रि. उछिट्टिने पारिनु ।
9827 उछिट्ट्याउनु प्रे. क्रि. उछिट्टिने गराउनु; उछिट्टिन लाउनु; उम्काउनु ।
9828 उछितो / उछित्तो ना. १. सर्वनाश; सत्यनाश; उठीबास ।
9829 उछितो / उछित्तो ना. २. मृत्यु; मरण ।
9830 उछिन्नु स.क्रि. १. कुनै कामकुरामा आफूभन्दा अगाडि भएकालाई जितेर स्वयम् अघि लाग्नु; अघि हुनु; जित्नु ।
9831 उछिन्नु स.क्रि. २. अर्काको पालो मिच्नु ।
9832 उछिनपाछिन ना. तँछाडमछाड गरेर अगाडि लाग्ने प्रतिस्पर्धा; परस्परको उछिनाइ ।
9833 उछिनाइ ना. उछिन्ने क्रिया वा प्रक्रिया ।
9834 उछिनाइनु क.क्रि. उछिन्न लाइनु; अघि लगाइनु ।
9835 उछिनाउछिन ना. उछिनपाछिन ।
9836 उछिनाउनु प्रे. क्रि. उछिन्न लाउनु; उछिन्ने पार्नु ।
9837 उछिनिनु क.क्रि. उछिन्ने काम गरिनु; अगि लागिनु ।
9838 उछिल्लिनु अ.क्रि. १. चाहिँदो नचाहिँदो कुरा मात्र गरिरहनु; छिल्लिनु; उचक्का हुनु ।
9839 उछिल्लिनु अ.क्रि. २. मात निकाल्नु; पात्तिनु ।
9840 उछिल्ल्याइँ ना. उछिल्लिने क्रिया वा भाव; छिहिल्याइ; उटुङ्ग्याइँ ।
9841 उछिल्ल्याइ ना. उछिल्लिने काम वा प्रक्रिया ।
9842 उछिल्ल्याइनु क.क्रि. उछिल्लिन लाइनु ।
9843 उछिल्ल्याउनु प्रे. क्रि. उछिल्लिने पार्नु ।
9844 उछिल्ल्याहा वि. उछिल्ल्याइँ गर्ने; उछिल्लिएको; उच्छृङ्खल ।
9845 उछ्रनु अ.क्रि. गर्मीले, ज्वर आदिका उत्तापले, जुठो खानाले र त्यस्तै विषाक्त कुरो लाग्नाले छालामा ससाना बिमिरा वा फोकाहरू निस्कनु; डाबर उठ्नु ।
9846 उछ्राइ ना. उछ्रने भाव वा क्रियाप्रक्रिया ।
9847 उछ्राइनु क.क्रि. उछ्रिने पारिनु ।
9848 उछ्राउनु प्रे. क्रि. उछ्रन लाउनु ।
9849 उछ्रिनु अ.क्रि. हे. उछ्रनु ।
9850 उजन्ड वि. हे. उज्जन्ड ।