Dictionary

All Word

9751 उन्मुक्त पोताश्रय ना. कुनै किसिमको कर नलाग्ने तथा प्रतिबन्ध नभएको पानीजहाज आउँदा जाँदा अड्ने बन्दरगाह; जहाजघाट ।
9752 उन्मुक्ति ना. १. उन्मुक्त हुनुको भाव वा अवस्था ।
9753 उन्मुक्ति ना. २. कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छोड्ने काम; छुटकारा ।
9754 उन्मुख वि. १. माथितिर मुख फर्काएको; ऊर्ध्वमुख ।
9755 उन्मुख वि. २. उत्सुक; उत्कण्ठित।
9756 उन्मुख वि. ३. कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको ।
9757 उन्मुख वि. ४. उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको ।
9758 उन्मूलक वि. उन्मूलन गर्ने; निर्मूल पार्ने ।
9759 उन्मूलन ना. फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन ।
9760 उन्मेष ना. १. आँखा खुल्ने वा उघ्रने क्रिया।
9761 उन्मेष ना. २. फुल्ने वा विकसित हुने क्रिया।
9762 उन्मेष ना. ३. सम्झने वा स्मरण गर्ने स्थिति।
9763 उन्मेष ना. ४. प्रकाश; चमक; टलक ।
9764 उन्मेषित वि. १. खुलेको वा उघ्रेको (आँखा)।
9765 उन्मेषित वि. २. विकसित; फुलेको ।
9766 उन्यू ना. हे. उनिउँ ।
9767 उप उप. १. शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग, उपवास, उपप्रधानमन्त्री, उपहार)। वि.
9768 उप उप. २. आफैँ अरूभन्दा जान्नेबुझ्ने हुन खोज्ने; बढ्ता; उद्धत। (उदा.- तिमी यस कुरामा उपबुज्रुक नहोऊ)।
9769 उपआयोग ना. कुनै खास कामको तर्जुमा वा कार्यान्वयनका निम्ति मुख्य आयोगभित्र गठित अर्को सानो आयोग; मुख्य आयोगलाई सहयोग गर्ने आयोग ।
9770 उपएकाइ ना. १. कुनै वस्तु वा विषयका निम्नतम एकाइको पनि सूक्ष्मतम एकाइ।
9771 उपएकाइ ना. २. एकाइ समानकै अर्को एकाइ ।
9772 उपकथन ना. १. पहिले भनिसकिएका कुरामा पछि थपिएको भाग; माथिबाट थपिएको कुरो ।
9773 उपकथन ना. २. बढी कुरो; फुर्क्याइएको कुरो ।
9774 उपकथा ना. ठुला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा; ठुलो कथाभित्रको सानो कथा ।
9775 उपकर ना. करमाथि वा करका अनुपातमा लगाइने थप कर ।
9776 उपकरण ना. १. कामकाज गर्ने सरसामान; औजार; सामग्री।
9777 उपकरण ना. २. छत्र, चामर आदि राजचिह्न।
9778 उपकर्ता वि. १. उपकार गर्ने; उपकारी ।
9779 उपकर्ता वि. २. कर्ताको सहायक ।
9780 उपकार ना. १. अरूको कष्ट निवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य ।
9781 उपकार ना. २. सेवा र सहायता ।
9782 उपकार ना. ३. कुनै असल र लाभदायक कार्य वा फल।
9783 उपकारक/उपकारी वि. अर्काको हित वा भलाई गर्ने; उपकार गर्ने ।
9784 उपकार्य वि. १. उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने । ना.
9785 उपकार्य वि. २. मुख्य कामका बिचमा आइपरेको कार्य; गौण कार्य ।
9786 उपकुलपति ना. विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान आदिको उपप्रधान अध्यक्ष (भाइस चान्सलर)।
9787 उपकृत वि. १. उपकार वा हित गरिएको; सहायता गरिएको ।
9788 उपकृत वि. २. कृतज्ञ ।
9789 उपक्रम ना. १. कुनै कामविशेषको आयोजना; तयारी ।
9790 उपक्रम ना. २. थालनी; सुरु; आरम्भ ।
9791 उपक्रम ना. ३. भूमिका; प्रस्तावना ।
9792 उपक्रमणिका ना. १. पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका।
9793 उपक्रमणिका ना. २. वेदका मन्त्र र सूक्तहरूका ॠषि तथा छन्दको उल्लेख भएको वैदिक ग्रन्थ ।
9794 उपक्षेत्र ना. मुख्य क्षेत्रभित्र पर्ने सानो क्षेत्र; सानो इलाका।
9795 उपक्षेत्रीय वि. उपक्षेत्रसम्बन्धी; उपक्षेत्रको ।
9796 उपक्षेत्रीय प्रसारकेन्द्र ना. क्षेत्रीय आधारमा स्थापना गरिएका प्रसारकेन्द्रदेखि अतिरिक्त ठाउँमा स्थापना गरिएको सानो प्रसारकेन्द्र ।
9797 उपक्षेप ना. १. अभिनयको प्रारम्भमा नाटकको कथावस्तु वा वृत्तान्तको सङ्क्षिप्त कथन ।
9798 उपक्षेप ना. २. फ्याँक्ने वा मिल्काउने काम ।
9799 उपक्षेप ना. ३. तिरस्कार ।
9800 उपखण्ड ना. कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड ।