Dictionary

All Word

9701 उघाउनी ना. १. पानी आदि उघाउने भाँडो ।
9702 उघाउनी ना. २. एकपल्ट उभाएर भाँडामा झिकेको वस्तु ।
9703 उघाउनी ना. ३. चन्दा वा दान उभाएर जम्मा पार्ने काम; सङ्ग्रह ।
9704 उघाउनी ना. ४. साउने सङ्क्रान्ति, फागुजस्ता पर्वमा प्रायः गाउँघरतिर उठाइने नगद वा जिन्सी ।
9705 उघाउनी ना. ५. योग; योगदान वि. ६. बचेको; बाँकी रहेको ।
9706 उघाउनीपुघाउनी ना. गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई माल कार्यालयमा बुझाउने काम ।
9707 उघार्नु स.क्रि. १. आवरण वा खोल हटाउनु; खोल्नु; खुला पार्नु ।
9708 उघार्नु स.क्रि. २. ढप्काएको खापा आदिलाई घुचेडेर एक कुनामा पुऱ्याउनु; ह्वाङ्ङ पार्नु ।
9709 उघाराइ ना. उघार्ने क्रिया वा प्रक्रिया ।
9710 उघारिनु क.क्रि. उघार्ने काम गरिनु ।
9711 उघारो वि. १. कहीँ कतै पनि बारबन्देज वा छेक्थुन केही नभएको; चारैतिर खुला रहेको ( ठाउँ) ।
9712 उघारो वि. २. सबैतिर निकास भएको (जग्गा) ।
9713 उघारो वि. ३. झरी, बादल, तुवाँलो आदि नभएको ( दिन); खुलेर घाम लागेको ।
9714 उघ्रँदो वि. उघ्रन लागेको; उघ्रिएको; खुल्दो; छ्याङ्ङ ।
9715 उघ्रनु अ.क्रि. १. ढोकाको खापा आदि खुलेको हुनु; उधारो हुनु; खुल्नु ।
9716 उघ्रनु अ.क्रि. २. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु ।
9717 उघ्रनु अ.क्रि. ३. राम्रो देखिनु ; सुहाउनु ।
9718 उघ्रनु अ.क्रि. ४. सफा हुनु; कञ्चन देखिनु ।
9719 उघ्राइ ना. उघ्रने भाव, क्रिया वा प्रक्रिया ।
9720 उघ्राइनु क.क्रि. उघार्ने काम गरिनु; उघ्रन लाइनु ।
9721 उघ्राउनु प्रे. क्रि. उघारो पार्नु; उघ्रन लाउनु; उघार्नु।
9722 उघ्रिनु अ.क्रि. उघ्रनु ।
9723 उङ्नु अ.क्रि. बस्दाबस्दै निद्राले झुल्नु; उँग लाग्नु ।
9724 उङ ना. निद्राले लट्ठ्याएको स्थिति; निद्राको तन्द्रा; उँग ।
9725 उङाइ ना. उङ्ने भाव, क्रिया वा प्रक्रिया ।
9726 उङाइनु क.क्रि. उङ्न लाइनु; उङ्ने पारिनु ।
9727 उङाउनु प्रे. क्रि. उङ्न लाउनु; उङ्ने पार्नु ।
9728 उङिनु अ.क्रि. उङ्ने काम होइनु ।
9729 उचनिच ना. १. अज्ञान वा भुलले भएको त्रुटि;प्रमाद; तलमाथि परेको कुरा; भुलचुक ।
9730 उचनीच ना. हे. उचनिच ।
9731 उचाइ ना. उच्च हुनाको भाव वा अवस्था; अग्लोपना; उँचाइ ।
9732 उचाल्नु स.क्रि. १. जमिनमा वा कुनै आडमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; मास्तिर उठाउनु ।
9733 उचाल्नु स.क्रि. २. पिठ्यूँमा हाल्नु; बोक्नु ।
9734 उचाल्नु स.क्रि. ३. कसैलाई कुनै खराब काम गर्न उक्साउनु; उराल्नु ।
9735 उचाल्नु स.क्रि. ४. अग्ल्याउनु; उँचो पार्नु ।
9736 उचालाइ ना. उचाल्ने क्रिया वा प्रक्रिया ।
9737 उचालिनु क.क्रि. उचाल्ने काम गरिनु; उठाइनु ।
9738 उचित वि. कुनै अवसर, परिस्थिति आदिका निम्ति उपयुक्त वा अनुकूल; जस्तो हुनुपर्ने हो त्यस्तै; सुहाउँदो; ठिक्क; योग्य; मिल्दो; मुनासिब ।
9739 उचेर्नु स.क्रि. छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु ।
9740 उचेराइ ना. उचेर्ने काम वा प्रक्रिया ।
9741 उचेराइनु क.क्रि. उचेर्न लाइनु ।
9742 उचेराउनु प्रे. क्रि. उचेर्न वा उघार्न लाउनु ।
9743 उचेरिनु क.क्रि. उचेर्ने काम गरिनु; उघारिनु ।
9744 उचेरो ना. नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो ।
9745 उच्च वि. १. अरूको अपेक्षा बढी उचाइ भएको; अग्लो; उँचो ।
9746 उच्च वि. २. असल; श्रेष्ठ; उत्तम; विशिष्ट ।
9747 उच्च वि. ३. सबभन्दा माथि रहेको; माथिल्लो ।
9748 उच्च वि. ४. उपल्लो तहको; स्तरीय ।
9749 उच्च अदालत ना. १.जिल्ला अदालतभन्दा माथिल्लो र सर्वोच्च अदालतभन्दा तल्लो तहको न्यायालय; क्षेत्रीय अदालत ।
9750 उच्च अदालत ना. २. प्रादेशिक अदालत ।