Dictionary

All Word

9551 उद्भाव ना. ३. वृद्धि; उन्नति ।
9552 उद्भाव/उद्भावना ना. १. उत्पन्न हुने वा अस्तित्वमा आउने क्रिया ।
9553 उद्भाव/उद्भावना ना. २. मनमा उब्जने अनौठो भाव वा विचार ।
9554 उद्भाव/उद्भावना ना. ३. कल्पनाबाट प्राप्त हुने भाव वा विचार ।
9555 उद्भाव/उद्भावना ना. ४. कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ वा कुरा ।
9556 उद्भावित वि. १. मनमा कल्पना गरिएको; अजमाइएको ।
9557 उद्भावित वि. २. उब्जाइएको; जन्माइएको ।
9558 उद्भास ना. १. दीप्ति; चमक; कान्ति।
9559 उद्भास ना. २. उदय; उन्नति ।
9560 उद्भास ना. ३. मनमा हुने वैचारिक स्फुरण ।
9561 उद्भास ना. ४. विवेक; ज्ञान।
9562 उद्भासित वि. १. सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित ।
9563 उद्भासित वि. २. फुरेको; उदित।
9564 उद्भासी वि. १. चहकिलो; चम्किलो; जाज्वल्यमान ।
9565 उद्भासी वि. २. प्रकटमा ल्याउने; प्रकाशित गराउने ।
9566 उद्भिद् / उद्भिद ना. १. जमिनबाट उम्रने रुख, लहरा, झार आदि वनस्पति; बोटबिरुवा ।
9567 उद्भिद् / उद्भिद ना. २. समुद्री नुन, धुलो नुन । वि.
9568 उद्भिद् / उद्भिद ना. ३. जमिनबाट उम्रने वा निस्कने ।
9569 उद्भिद् / उद्भिद ना. ४. आँकुरा हालेको; टुसाएको ।
9570 उद्भिद् / उद्भिदविद्या ना. वनस्पतिशास्त्र ।
9571 उद्भूत वि. १. पैदा भएको; उत्पन्न।
9572 उद्भूत वि. २. प्रकट भएको; देखिएको ।
9573 उद्भूति ना. १. जन्म उत्पत्ति; उद्भव ।
9574 उद्भूति ना. २. अभिवृद्धि; उन्नति ।
9575 उद्भेद/उद्भेदन ना. १. बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया ।
9576 उद्भेद/उद्भेदन ना. २. प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव ।
9577 उद्भ्रम ना. १. चारैतिर घुम्ने क्रिया; चक्कर ।
9578 उद्भ्रम ना. २. मिथ्या बोध; भ्रान्ति ।
9579 उद्भ्रम ना. ३. दिमाग चक्कराउने काम; रिँगटा ।
9580 उद्भ्रम ना. ४. मनको उद्वेग; तरङ्ग ।
9581 उद्भ्रान्त वि. १. चक्कर खाएको वा घुमेको।
9582 उद्भ्रान्त वि. २. भ्रममा परेको; झुक्किएको ।
9583 उद्भ्रान्त वि. ३. छक्क परेको; चकित ।
9584 उद्भ्रान्त वि. ४. सिल्ली; पागल; बौलाहा; छँटाहा ।
9585 उद्भ्रान्त वि. ५. विह्वल; उद्विग्न।
9586 उद्भ्रान्त वि. ६. बाटो बिराएको ।
9587 उद्यत वि. १. मास्तिर ल्याइएको; उठाइएको ।
9588 उद्यत वि. २. तयार भएको; तत्पर ।
9589 उद्यत वि. ३. काममा लागेको ।
9590 उद्यम ना. १. जीविकाका लागि गरिने उपार्जन वा कुनै उद्देश्यको सिद्धिका निम्ति गरिने शारीरिक कार्य वा व्यापार; उद्योग ।
9591 उद्यम ना. २. मेहनत; परिश्रम ।
9592 उद्यम ना. ३. पेसा; रोजगार; इलम ।
9593 उद्यमी वि. १. उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी ।
9594 उद्यमी वि. २. मिहिनेती; परिश्रमी ।
9595 उद्याइ ना. उद्याउने क्रिया वा प्रक्रिया ।
9596 उद्याइनु क.क्रि. उद्याउने पारिनु; उद्याउन लाइनु ।
9597 उद्याउनु स.क्रि. काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु; सान लगाउनु; उध्याउनु।
9598 उद्यान ना. १. फलफूलको बारी; फूलबारी; बगैँचा ।
9599 उद्यान ना. २. प्रायः प्राकृतिक रुखहरू भएको ठुलो बगैँचा ।
9600 उद्यापन ना. १. कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे ।