Dictionary

All Word

9501 उँचो वि. १. पृथ्वीको विपरीत दिशातिर लम्बिएको।
9502 उँचो वि. २. उचो; अग्लो; टडरो।
9503 उँट ना. लामो तानिएको घाँटी र लामा लामा खुट्टा हुने, खैरो रङको स्तनपायी तथा शाकाहारी; प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया।
9504 उँडोपुँडो ना. लगभगको स्थिति; झन्डै झन्डैको अवस्था; पुगनपुगको अवस्था।
9505 मुन्टे वि. १. उँधो मुन्टो लगाउने; मुन्टो निहुरेको; घोसे।
9506 मुन्टे वि. ना. २. पुरुषको लिङ्ग।
9507 उँधैउँभै ना. उखालपखाल; झाडाबान्ता।
9508 उँधो ना. यो. तल तलतिर, मन्तिर; मुनि।
9509 उँधोमुन्टो ना. निहुरेको वा निहुराएको मुन्टो; तलतिर फर्केको टाउको।
9510 उँधौली वि. १. तलतिरको मन्तिरको; उँधोको।
9511 उँधौली वि. २. मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहन पूर्णिमा (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ। त्यसैले यस दिनलाई उँधौली भनिएको हो। )।
9512 उधौली उँभौली ना. १ वैशाख र मङ्सिर पूर्णिमाका ताक गरिने गोठधूप र कुलदेवता आदिको पूजाआजा।
9513 उधौली उँभौली ना. २. उँधो झर्ने र उँभो लाग्नेहरूको ताँती, परदेश लाग्ने र घर फर्कनेहरूको लहर |
9514 उँभो ना. यो. माथितिर मास्तिर अग्लो ठाउँमा उचाइमा |
9515 उँभौली वि. १. मास्तिरको अग्लो ठाउँको।
9516 उँभौली वि. ना. २. वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा, वैशाखी पूर्णिमा।
9517 उँभौली वि. (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मी सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ। त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो। )।
9518 उ:- अव्य. १. कुनै वस्तुलाई औंल्याएर देखाउँदा बोलिने शब्द |
9519 उ:- अव्य. (उदा.- उ त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको।)।
9520 उ:- अव्य. २. आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द।
9521 उ:- अव्य. (उदा.- उ, जिन्दगीमा कहिल्यै सुख पाइएन।)।
9522 उइँटनु स.क्रि. यन्त्रमा कपास हालेर बियाँ छुट्ट्याउनु वा अलग्याउनु कपास केलाउनु।
9523 उइँटाइ ना. उइँटने काम वा प्रक्रिया |
9524 उइँटाइनु क.क्रि. उइँटाउने काम गरिनु।
9525 उइँटाउनु प्रे. क्रि. उइँटन लाउनु।
9526 उइँटिनु क.क्रि. उइँटने काम गरिनु।
9527 उइँटो ना. कपासका बियाँ वा गेडा अलग्याउने यन्त्र वा साधन।
9528 उइँट्याइ ना. १. उइँटिने क्रिया वा प्रक्रिया |
9529 उइँट्याइ ना. [उइँट्याउ+आइ] २. उइँट्याउने क्रिया वा प्रक्रिया |
9530 उइँट्याइनु क.क्रि. उइँटने काम गरिनु।
9531 उइँट्याउनु स.क्रि. / प्रे. क्रि. उइँटिने काम गर्नु, कपास केलाउनु।
9532 उऋण वि. ऋणबाट मुक्त भएको; रिन चुक्ता गरेको; रिन तिरिसकेको; ऋणमुक्त |
9533 उकल्चिनु अ.क्रि. एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच पल्टनु।
9534 उकल्च्याइ ना. उकल्चिने काम वा प्रक्रिया |
9535 उकल्च्याइनु क.क्रि. उकल्च्याउने काम गरिनु।
9536 उकल्च्याउनु प्रे. क्रि. उकल्चिने पार्नु; उकल्चिन लाउनु।
9537 उकार ना. उ' अक्षर, व्यञ्जनवर्णका मुनि लाग्ने चिह्न; तर्कुले ( ु)।
9538 उकाल्नु स.क्रि. कुनै वस्तुलाई अग्लो ठाउँमा पुऱ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु।
9539 उकालाइ ना. उकाल्ने क्रिया वा भाव।
9540 उकालिनु क.क्रि. उकाल्ने काम गरिनु।
9541 उकाली ना. उकालोको लघु रूप; छोटोसानो उकालो।
9542 उकालीओराली ना. सानाठुला उकाला ओराला; उकाली र ओरालीको समूह |
9543 उकालो १. होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो; ठाडो बाटो; उकाली।
9544 उकालो २. चढाउ; ठाडो।
9545 उकास्नु स.क्रि. १. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुऱ्याउनु।
9546 उकास्नु स.क्रि. २. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु।
9547 उकास्नु स.क्रि. ३. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुऱ्याउनु; उठाउनु।
9548 उकास्नु स.क्रि. ४. आपतविपतबाट छुटकारा दिलाउनु।
9549 उकास ना. १. चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल।
9550 उकास ना. २. कुनै ठाउँको उठेको भाग; उघाउनी।