Dictionary

All Word

9851 उपदान ना. १. निवृत्तिभरण नपाईकनै सेवाबाट छुटेका कर्मचारीले पाउने वा सम्बन्धित निकायद्वारा नियमानुसार निजलाई दिइने एकमुस्ट रकम ।
9852 उपदान ना. २. कोसेली; भेट ।
9853 उपदान ना. ३. घुस ।
9854 उपदिशा ना. दुई दिशाका बिचमा रहेको दिशा; विदिशा; कोण (आग्नेय, नैऋत्य, वायव्य र ईशान ) ।
9855 उपदिष्ट वि. १. उपदेश गरिएको; अर्ती दिइएको ।
9856 उपदिष्ट वि. २. शास्त्रअनुसारको मनोहर वाक्य भन्ने अर्थ बुझाउने नाटकको एक लक्षण ।
9857 उपदेश ना. १. कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती ।
9858 उपदेश ना. २. आज्ञा; निर्देश।
9859 उपदेश ना. ३. गुरुमन्त्र; दीक्षा ।
9860 उपदेश ना. ४. धर्मसम्बन्धी प्रवचन; धार्मिक व्याख्यान ।
9861 उपदेशक वि. १. उपदेश दिने; अर्ती दिने । ना.
9862 उपदेशक वि. २. गुरु; शिक्षक; अध्यापक ।
9863 उपदेशन ना. साहित्यमा शिक्षा दिने तात्पर्य भएको नाट्यालङ्कारको एक भेद ।
9864 उपद्रव ना. १. बिजाइँ; उत्पात।
9865 उपद्रव ना. २. आकस्मिक आपत्ति; सङ्कट |
9866 उपद्रव ना. ३. हे. उपद्रो ।
9867 उपद्रवी वि. उपद्रव मचाउने; बिजाइँ गर्ने; उपद्र्याहा ।
9868 उपद्रो ना. १. कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव ।
9869 उपद्रो ना. २. भाँडभैलो; उधुम; उत्पात।
9870 उपद्र्याइँ ना. उपद्रवीको काम; उपद्रव; बिजाइँ ।
9871 उपद्र्याहा वि. १. उपद्रो गर्ने; उपद्रवी ।
9872 उपद्र्याहा वि. २. फटाहा; हुल्याहा ।
9873 उपद्वार ना. मूल ढोकाभन्दा बाहेकको अर्को सानो ढोका; जस्केलो।
9874 उपद्विप ना. सानो द्वीप; टापु ।
9875 उपधर्म ना. कुनै प्रमुख धर्मभित्र रहेको वा गाँसिएको अर्को गौण वा सानो धर्म ।
9876 उपधर्मी वि. उपधर्म मान्ने ।
9877 उपधातु ना. १. प्रधान वा मिश्रित धातुदेखि भिन्न धातु; अप्रधान धातु ( सुनामक्खी, रूपामक्खी, निलोतुथो, मुर्दासङ्ख, सिन्दूर, धाउ इ.)।
9878 उपधातु ना. २. शरीरका प्रधान सात धातुबाट उत्पन्न हुने अप्रधान धातु (दुध, रगत, बोसो, पसिना, दाँत, कपाल, ओठ)।
9879 उपधान ना. १. तकिया; बालिस्ट; अडेस ।
9880 उपधान ना. २. विशेषता; व्यक्तित्व ।
9881 उपधान ना. ३. स्नेह; कृपा ।
9882 उपधान ना. ४. नजिकै राख्ने क्रिया वा भाव।
9883 उपधानी ना. १. तकिया ।
9884 उपधानी ना. २. सिंहासनका मनि पाउ राख्नलाई राखिने सानो पिर्काका आकारको चौकी; पादपीठ, पाउदानी।
9885 उपधारा ना. कुनै नियम, विधान आदिभित्र रहेको सानो विभाग वा खण्ड; उपदफा ।
9886 उपध्वनि ना. कुनै पनि मूल ध्वनिको स्थानानुसारी भेद ।
9887 उपनक्षत्र ना. १. गौण नक्षत्र; सत्ताइस नक्षत्रदेखि बाहेकका नक्षत्र ।
9888 उपनक्षत्र ना. २. मनुष्यद्वारा निर्मित ग्रह ।
9889 उपनगर ना. ठुलो सहरका बाहिरी भागमा वा त्यसैको क्रममा बसेको सानो सहर; शाखा नगर ।
9890 उपनदी ना. कुनै ठुलो नदीमा मिसिने सानो नदी; सहायक नदी ।
9891 उपनयन ना. व्रतबन्ध; यज्ञोपवीत संस्कार ।
9892 उपनागरिका ना. १. वृत्त्यनुप्रासको एक भेद मानिएको, ट ठ ड ढ वर्णहरूलाई छोडेर श्रुतिमधुर वर्ण मात्र बारम्बार आउने, ससाना र थोरै समास हुने एक शैली वा वृत्ति ।
9893 उपनाम ना. १. कुनै व्यक्तिको खास नाउँदेखि बेग्लै अर्को प्रसिद्ध नाम; बोलाउने नाउँ।
9894 उपनाम ना. २. आफ्नो वास्तविक नामदेखि अतिरिक्त कवि, लेखकहरूले राखेको अर्को छोटकरी नाम ।
9895 उपनाम ना. ३. वंशपरम्परादेखि चलिआएको, नामका आखिरमा रहने नाम; थर ।
9896 उपनायक ना. १. अगुवाको अधिकार पाएको सहयोगी; उपनेता ।
9897 उपनायक ना. २. काव्यमा प्रधान नायकको सहायकका रूपमा रहने पात्र; अप्रधान नायक; गौण नायक । स्त्री. उपनायिका ।
9898 उपनिक्षेप ना. धरौटी; नासो ।
9899 उपनियम ना. कुनै नियमअन्तर्गत बनेको सानो नियम; सहायक नियम ।
9900 उपनिरीक्षक ना. निरीक्षकभन्दा तल्लो वा निरीक्षकको सहायकका रूपमा काम गर्ने कर्मचारी ।