Dictionary

All Word

10001 उपरतली ना. छाद्ने र छेर्ने अवस्था वा रोग; झाडाबान्ता; दिसा र बमन; हैजा ।
10002 उपरत्न ना. खास रत्नभन्दा तल्लो र कम दर्जाको रत्न; कमसल खालको रत्न (स्फटिक, सिपी आदि) ।
10003 उपरथुपर ना. भइरहेका काममाथिको थप काम; थपमाथि थप; थपका थप ।
10004 उपरस ना. १. पारो जस्तै गुणकारी मानिएको रस वा खनिज पदार्थ ।
10005 उपरस ना. २. चित्तमा पैदा भएको निर्विकार सोचाइ; भाव (साहित्यमा)।
10006 उपराज ना. १. राजाको अनुपस्थिति वा असमर्थतामा प्रतिनिधि भएर काम गर्ने व्यक्ति ।
10007 उपराज ना. २. सामन्त राजा ।
10008 उपरान्त अव्य. कसैको अन्तमा; पछिबाट; त्यसपछि; अलिपछि; अनन्तर ।
10009 उपराष्ट्रपति ना. गणतान्त्रिक राष्ट्रमा राष्ट्रपतिको कार्यभार सघाउने वा राष्ट्रपतिको अनुपस्थिति र असमर्थतामा राष्ट्रपतिको कार्य-सम्पादनसमेत गर्ने राष्ट्रपतिभन्दा मुनिको पद ।
10010 उपरि ना. यो. माथि; उपर; हे. सर्वोपरि ।
10011 उपरिया ना. १. मालसामान किनेर बिचैमा नाफा खाई बिक्री गर्ने व्यापारी; मालसामान बोकी घरघर घुमेर बेच्ने व्यक्ति ।
10012 उपरिया ना. २. उनाऊ व्यक्ति ।
10013 उपरीक्षक ना. १. हेरविचार गर्ने व्यक्ति; अधीक्षक ।
10014 उपरीक्षक ना. २. निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी ।
10015 उपरूपक ना. प्रमुख दशवटा रूपकदेखि भिन्न अठार प्रकारका दृश्यकाव्य ( नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्यरासक, प्रस्थान, उल्लाप्य, काव्य, प्रेक्षण, रासक, संलापक, श्रीगदित, शिल्पक, विलासिका, दुर्मल्लिका, प्रकरणिका, हल्लीश र भाणिका) ।
10016 उपरोक्त वि. हे. उपर्युक्त ।
10017 उपर्झट वि. १. अकस्मात् आइपरेको । क्रि.वि.
10018 उपर्झट वि. २. अपर्झट ।
10019 उपर्ना ना. १. ओढ्ने पछेउरा; उत्तरीय ।
10020 उपर्ना ना. २. माथिल्लो अङ्गमा प्रयोग गरिने उनी कपडा ।
10021 उपर्युक्त वि. माथि बताइएको; माथि भनिएको; अगाडि उल्लेख गरिएको; उपरोक्त ।
10022 उपलक्षण ना. १. कुनै खास लक्षणभित्रको गौण लक्षण; कुनै स्पष्ट निर्देश भएका तत्त्वको छनक दिने गौण कुरो ।
10023 उपलक्षण ना. २. गौरसँग हेर्ने काम; निरीक्षण ।
10024 उपलक्षण ना. ३. कुनै अस्थायी चिह्न वा सङ्केत ।
10025 उपलक्ष्य ना. १. कुनै कुराको लक्षण, चिह्न वा सङ्केत ।
10026 उपलक्ष्य ना. २. लक्ष्य; उद्देश्य।
10027 उपलक्ष्य ना. ३. भइसकेको वा पछि हुने कुनै राम्रो कामकुराको अवसर (पूजा, उत्सव, भोज इ.) ।
10028 उपलब्ध वि. १. पाइएको; प्राप्त ।
10029 उपलब्ध वि. २. थाहा पाइएको; ज्ञात ।
10030 उपलब्धि ना. १. उपलब्ध हुने अवस्था, क्रिया वा भाव; प्राप्ति ।
10031 उपलब्धि ना. २. खास खोज वा अध्ययनबाट प्राप्त सफलता वा निष्कर्ष ।
10032 उपलब्धि ना. ३. अनुभूति; ज्ञान ।
10033 उपलब्धि ना. ४. बुद्धि ।
10034 उपलभ्य वि. १. प्राप्त गर्न सकिने; उपलब्ध गर्न योग्य; प्राप्य ।
10035 उपलभ्य वि. २. ज्ञान गर्न लायक; जान्न योग्य ।
10036 उपलभ्य वि. ३. आदर वा प्रशंसा गर्न योग्य।
10037 उपल्ली वि. माथिको; माथि रहेको; माथिल्लो ।
10038 उपल्ली बिस ना. पहिलो बिस; पूर्वार्धतिरको बिस।
10039 उपल्ली वेद ना. शुक्लयजुर्वेदका पहिला अध्यायदेखि बिसौँ अध्यायसम्मको खण्ड; अघिल्लो बिस अध्यायमा हुने वेद ।
10040 उपल्लो वि. माथिल्लो; मास्तिरको; उँभोको ।
10041 उपवक्ता वि. मूल वक्ताको सहायक; उपवाचक ।
10042 उपवचन ना. द्वित्वीभूत शब्दहरूमा आंशिक द्वित्व भएर बनेका शब्दका अगाडि आउने पद (झैझगडा, तरतमसुक, बरबन्दोबस्त इ.)।
10043 उपवन ना. १. ससानो वन वा जङ्गल ।
10044 उपवन ना. २. खुला मैदान वा चौर भएको बगैँचा; फूलबारी; उद्यान ।
10045 उपवन ना. ३. कृत्रिम जङ्गल ।
10046 उपवर्ग ना. कुनै खास वर्गभित्र रहेका ससाना वर्गको समूह; समूहभित्रको सानो समूह; उपसमूह ।
10047 उपवाक्य ना. ठुलो वाक्यभित्र रहेको कुनै समापिका क्रियासहितको सानो वाक्य ।
10048 उपवाचक वि. पुराण आदिका वाचकको सहायक; पुराण आदि बाच्ता मुख्य वाचकीका बिरामहरूको विचार गरी सच्याउने (व्यक्ति) ।
10049 उपवाणिज्यदूत ना. वाणिज्यदूतका अनुपस्थितिमा कार्यभार ग्रहण गरी कार्य सञ्चालन गर्ने दूत ।
10050 उपवास ना. १. दिनभर वा अहोरात्र भोजन नगर्ने काम; केही पनि नखाई व्रत बस्ने काम; निराहार ।