Dictionary

All Word

10101 उत्तप्त वि. २. अतासिएको; सन्तप्।
10102 उत्तप्त वि. ३. रिसाएको; क्रुद्ध ।
10103 उत्तम वि. १. सबैभन्दा असल; जाती; बेस; उम्दा ।
10104 उत्तमता ना. उत्तम बन्नाको भाव वा अवस्था; श्रेष्ठता ।
10105 उत्तम पुरुष ना. १. सबै कुराबाट माथिल्लो तहको मानिस ।
10106 उत्तम पुरुष ना. २. संस्कृत तथा नेपाली व्याकरणका अनुसार बोल्ने व्यक्तिलाई बुझाउने सर्वनाम ( म, हामी ) ।
10107 उत्तमा ना. १. श्रेष्ठ स्त्री ।
10108 उत्तमा ना. २. एक प्रकारको जडीबुटी ।
10109 उत्तमा दूती ना. साहित्यमा मिठा मिठा र राम्रा कुराले नायक नायिकालाई सम्झाई बुझाई गर्ने दूती ।
10110 उत्तमा नायिका ना. क्रुद्ध पतिलाई समेत सँभालेर अनुकूल बनाउने पतिव्रता नायिका; स्वकीया नायिका ।
10111 उत्तमाङ्गुल ना. १. आठ जौ बराबरको नापो; पौने इन्ची ।
10112 उत्तमाङ्गुल ना. २. ठुलो औँला; मानक अङ्गुल ।
10113 उत्तमोत्तम वि. सबभन्दा असल; सर्वोत्तम; सर्वश्रेष्ठ ।
10114 उत्तर ना. १. कुनै प्रश्न, शङ्का आदिको समाधानका निम्ति भनिने कुरो; जवाफ ।
10115 उत्तर ना. २. परीक्षामा सोधिएका प्रश्नका सम्बन्धमा लिखित वा मौखिक रूपमा दिइने बयान वा कुरा ।
10116 उत्तर ना. ३. सूर्योदय भएतिर मुख फर्काउँदा देब्रेतिर पर्ने दिशा; दक्षिण दिशाको विपरीत दिशा ।
10117 उत्तर ना. ४. पछि आउने समय।
10118 उत्तर ना. ५. महाभारतकालीन विराट् राजाको छोराको नाम।
10119 उत्तर ना. वि. ६.पछिको; पछिल्लो ।
10120 उत्तरकाण्ड ना. उत्तरार्धका कथा वा घटनाको वर्णन भएको अंश (रामायणको उत्तरकाण्ड)।
10121 उत्तरकाल ना. आउँदो समय; भविष्यत्काल ।
10122 उत्तरक्रिया ना. मानिसको प्राण गएपछि मृतकका उद्धारका लागि गरिने काजक्रिया; दाहसंस्कार; अन्त्येष्टि ।
10123 उत्तर तर्फका कम्यान्डिङ जनरल ना. राणाशासन कालमा दक्षिणतर्फका कम्यान्डिङ जनरलपछिको रोलवाला ।
10124 उत्तरदाता वि. १. उत्तर दिने; जवाफ दिने ।
10125 उत्तरदाता वि. २. उत्तरदायी; जिम्मेवार ।
10126 उत्तरदायित्व ना. जवाफदेही; जिम्मेवारी ।
10127 उत्तरदायी वि. जिम्मेवार; जवाफदेही हुने ।
10128 उत्तरपक्ष ना. प्रश्नको मण्डन वा खण्डन; जवाफ; पछिल्लो भाग ।
10129 उत्तरपत्र ना. परीक्षा आदिमा प्रश्नको जवाफ लेख्ने कापी; उत्तरपुस्तिका ।
10130 उत्तरपद ना. समस्त पदका पछिल्लो वा अन्तमा आउने पद; अन्तिम पद ।
10131 उत्तर पुस्तिका ना. प्रश्नको उत्तर दिने पुस्तिका वा कागत ।
10132 उत्तर मध्यमा ना. संस्कृततर्फ पूर्वमध्यमा र शास्त्रीका बिचको इन्टर वा प्रमाणपत्र समकक्षको परीक्षा वा तह ।
10133 उत्तर प्रत्युत्तर ना. जवाफ सवाल; प्रश्नोत्तर; भनाभन ।
10134 उत्तर फाल्गुनी ना. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; बाह्रौँ नक्षत्र ।
10135 उत्तर भाद्रपद ना. सत्ताइस नक्षत्रमध्ये एक; छब्बिसौँ नक्षत्र ।
10136 उत्तर मीमांसा ना. पूर्वमीमांसा र उत्तरमीमांसामध्ये एक; वेदान्त दर्शन ।
10137 उत्तरा ना. १. उत्तर; जवाफ ।
10138 उत्तरा ना. २. महाभारतप्रसिद्ध अभिमन्युकी पत्नी ।
10139 उत्तराकाङ्क्षी वि. जवाफ चाहने; उत्तरको आशा गर्ने (व्यक्ति)।
10140 उत्तराखण्ड ना. देवदेवताको निवासस्थल तथा पुण्यभूमि मानिएको भारतवर्षको उत्तरपट्टिको भाग; हिमालका आसपासको खण्ड ।
10141 उत्तराधिकार ना. कुनै व्यक्ति मरेपछि वा उसको हक छुटेपछि निजको सम्पत्ति, अधिकार वा पद आदि पाउने हक ।
10142 उत्तराधिकारी वि. उत्तराधिकार पाउने; हकवाला ।
10143 उत्तरापेक्षी वि. जवाफको आशा गर्ने; उत्तर चाहने ।
10144 उत्तराभिमुख वि. १. उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको ।
10145 उत्तराभिमुख वि. २. उत्तर दिन तम्सेको ।
10146 उत्तरायण ना. १. पृथ्वीका गोलार्धमा सूर्य उत्तर दिशातिर ढल्कने माघे सङ्क्रान्तिदेखि आषाढ मसान्तसम्मको लगभग छ महिनाको समय ।
10147 उत्तरायण ना. २. सूर्य मकररेखाबाट उत्तरतर्फ लाग्ने काम ।
10148 उत्तरार्द्ध / उत्तरार्ध ना. कुनै वस्तुको पछिल्लो आधा भाग; पछिल्लो आधा; दुई भागमध्ये अन्तिम भाग ( ग्रन्थ आदिको ); अर्धी।
10149 उत्तराषाढा ना. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; एक्काइसौँ नक्षत्र ।
10150 उत्तरित वि. जवाफ दिइसकिएको; उत्तर दिइएको ।