Dictionary

All Word

10051 उतार्नी ना. कसैको पछाडि उसको दोषको बखान गर्ने काम; अर्काको कुरा काट्ने काम; बदख्वाइँ ।
10052 उति वि. १. पहिलेको नाप वा भनाइसरह; ऊजति; उत्ति; त्यत्ति; जति ।
10053 उति वि. २. धेरै; प्रशस्त ।
10054 उतिको वि. त्यति धेरै; भने जस्तै बढी; धेरै; ज्यादा; उत्तिको ।
10055 उतिन्जेल क्रि.वि. तोकिएको बेलासम्म; त्यतिबेरसम्म; त्यतिन्जेल; उतिन्ज्याल ।
10056 उतिन्ज्याल क्रि.वि. उतिन्जेल ।
10057 उतिमाथि क्रि.वि. यति भनेर पनि; भन्दाभन्दै; एक पटक फेरि राम्ररी बुझाएर पनि ।
10058 उतिस ना. हे. उत्तिस ।
10059 उत्कट वि. ज्यादै तीव्र; कडा ।
10060 उत्कटता ना. उत्कट हुनाको भाव वा अवस्था; तीव्रता; कडापन; उग्रता ।
10061 उत्कण्ठा ना. कुनै विषयबारे सुन्न, देख्न वा कुनै वस्तु पाउनका निम्ति हुने छटपटी; प्रबल इच्छा; चौचौ; उत्सुकता ।
10062 उत्कण्ठित ना. उत्सुक ।
10063 उत्कण्ठितता ना. उत्कण्ठित हुने भाव वा अवस्था ।
10064 उत्कण्ठिता ना. साहित्यमा सङ्केतस्थानमा आफ्नो इष्ट नायकसँग भेट नहुँदा नाना तर्क गर्ने नायिका ।
10065 उत्कर्ष ना. १. मास्तिर तान्ने वा खिच्ने काम; उठाउने काम ।
10066 उत्कर्ष ना. २. बढोत्तरी; उन्नति; समृद्धि ।
10067 उत्कर्ष ना. ३. भाउ, मूल्य आदिमा हुने वृद्धि ।
10068 उत्कर्षक वि. १. मास्तिर तान्ने ।
10069 उत्कर्षक वि. २. उत्कर्ष वा उन्नति गर्ने; उन्नायक ।
10070 उत्कर्षण ना. खनजोत गर्ने काम; तान्ने वा घिच्च्याउने काम ।
10071 उत्कर्षी वि. उत्कर्ष गराउने ।
10072 उत्कालिका ना. १. उत्कण्ठा; उत्सुकता ।
10073 उत्कालिका ना. २. फूलको कोपिला ।
10074 उत्कालिका ना. ३. तरङ्ग; लहर ।
10075 उत्कालिका ना. ४. लामो लामो समास हुने गद्य ।
10076 उत्कीर्ण वि. १. धातु, शिलापत्र आदिमा खोपिएको; कुँदिएको ।
10077 उत्कीर्ण वि. २. लेखिएको; लिखित; अङ्कित ।
10078 उत्कीर्ण वि. ३. छरिएको; छिरलिएको ।
10079 उत्कीर्ण वि. ४. जडिएको; खचित ।
10080 उत्कृष्ट वि. १. सबभन्दा राम्रो; उम्दा; असल; श्रेष्ठ; उत्तम ।
10081 उत्कृष्ट वि. २. माथि उठेको; चढेको ।
10082 उत्कृष्ट वि. ३. राम्रोसँग खनजोत गरिएको; जोतिएको ।
10083 उत्कृष्टता ना. उत्कृष्ट हुनाको भाव वा अवस्था ।
10084 उत्कोच ना. अधिकारवालालाई आफ्नो हुँदो गर्न प्रलोभनका निम्ति दिइने वस्तु वा पैसा; घुस ।
10085 उत्क्रम ना. १. माथि चढ्ने वा उक्लने काम; उत्थान ।
10086 उत्क्रम ना. २. हिँड्ने काम; प्रस्थान ।
10087 उत्क्रमण ना. उत्क्रम।
10088 उत्क्रान्ति ना. १. बहिर्गमन; प्रस्थान; हिँड्ने काम ।
10089 उत्क्रान्ति ना. २. उफ्रने काम; फड्को ।
10090 उत्क्रान्ति ना. ३. प्राणत्याग; मृत्यु ।
10091 उत्क्रान्ति धेनु ना. धर्मशास्त्रअनुसार प्राण जाने बेलामा गरिने गाईदान ।
10092 उत्क्रोश ना. १. ठुलो स्वर; ठुलो खलबली; कोलाहल; चिच्च्याहट ।
10093 उत्क्रोश ना. २. घोषणा; गर्जन ।
10094 उत्क्षिप्त ना. १. जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि ।
10095 उत्क्षिप्त ना. वि. २. उफारिएको; मास्तिर फ्याँकिएको ।
10096 उत्क्षेप / उत्क्षेपण ना. १. मास्तिर फ्याँक्ने काम; प्रक्षेपण; माथि पठाउने काम ।
10097 उत्खनक वि. माटामुनि गडेदबेका धन, माल आदि खनेर निकाल्ने; जमिन खनेर पुरातात्त्विक अवशेषको खोजी गर्ने (व्यक्ति)।
10098 उत्खनन ना. १. जमिनमुनि खनेर पुरातात्विक अवशेष खोज्ने काम; प्रागैतिहासिक कालको अवशेष पत्ता लाउन जमिन खोतल्ने काम।
10099 उत्खनन ना. २. गडेको धन, माल आदि झिक्न जमिन खन्ने काम ।
10100 उत्तप्त वि. १. ज्यादै तातो पारिएको; धकधकाउँदो ।