Dictionary

All Word

9901 उपनिर्देशक वि. निर्देशकभन्दा तल्लो वा निर्देशकको सहायकका रूपमा काम गर्ने कर्मचारी ( डेपुटी डाइरेक्टर) ।
9902 उपनिर्वाचन ना. कुनै निर्वाचित सदस्यको स्थान वा पद कारणवश निर्धारित अवधिभन्दा पहिले रिक्त भएमा त्यसको पूर्तिका निम्ति हुने अर्को चुनाव; उपचुनाव ।
9903 उपनिवेश ना. १. कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खास खास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्त ।
9904 उपनिवेश ना. २. त्यस्तो शक्तिशाली देशले सार्वभौम सत्तासम्पन्न अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति ।
9905 उपनिवेश ना. ३. सामयिक आवासहेतु बनाइएका घरहरूको समूह ।
9906 उपनिवेश ना. ४. अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्ती ।
9907 उपनिवेशवाद ना. उपनिवेश बनाउने वा कायम गर्ने सिद्धान्त ।
9908 उपनिवेशवादी वि. उपनिवेशवादको अनुयायी वा समर्थक ।
9909 उपनिवेशी वि. १. उपनिवेशमा बस्ने; उपनिवेशवासी ।
9910 उपनिवेशी वि. २. उपनिवेशसम्बन्धी; उपनिवेशको ।
9911 उपनिषत् ना. आर्यहरूको गूढ आध्यात्मिक र दार्शनिक विचार भरिएको तथा आत्मा र परमात्माको निरूपण गर्ने, वेदका शाखाहरूमध्ये ब्राह्मण अंशको पछिल्लो भाग ।
9912 उपनेता ना. १. नेताको सहायक पात्र; उपनायक । वि.
9913 उपनेता ना. २. उपनयन संस्कार गराउने ( गुरु वा आचार्य) ।
9914 उपनेता ना. ३. नजिक लैजाने ।
9915 उपनेत्र ना. चस्मा ।
9916 उपन्यास ना. १. धेरै अध्याय वा खण्डहरूमा लेखिने लामो साहित्यिक कथा; चरित्रप्रधान गद्य महाकाव्य ।
9917 उपन्यास ना. २. वाक्यको उपक्रम ।
9918 उपन्यासकार ना. उपन्यास लेख्ने व्यक्ति; उपन्यासको लेखक ।
9919 उपपति ना. परस्त्रीसँग प्रेम गर्ने वा लसपस गर्ने व्यक्ति; अवैध पति; नाठो ।
9920 उपपत्ति ना. १. कारणद्वारा शब्द वा कुनै वस्तुको स्थितिलाई निश्चित गर्ने काम; व्युत्पत्ति; निर्वचन।
9921 उपपत्ति ना. २. जन्मस्थान; उत्पत्तिस्थान; प्रजनन स्थान ।
9922 उपपत्ति ना. ३. चरितार्थ हुने क्रिया; सङ्गति ।
9923 उपपत्ति ना. ४. युक्ति; प्रमाण ।
9924 उपपत्नी ना. ल्याइएकी स्त्री; रखौटी स्वास्नी ।
9925 उपपद ना. १. सम्मिलित शब्दमा पहिले आउने वा पढिने पद; समासको प्रारम्भिक पद ।
9926 उपपद ना. २. उपाधि; पदवी ।
9927 उपपद समास ना. समास नहुँदा स्वतन्त्र रूपले प्रयोगमा नआउने तर कृदन्तका साथ उत्तरपदका रूपमा आउने समास ।
9928 उपपरिच्छेद ना. पुस्तकको मूल परिच्छेदबाहेकको सानो परिच्छेद ।
9929 उपपादक ना. कुनै विषय, तर्क वा तथ्यलाई प्रमाण दिएर सिद्ध गर्ने; उपपत्ति वा उपपादन गर्ने ।
9930 उपपादन ना. १. कुनै कुरा वा तर्कलाई युक्तिपूर्वक सिद्ध गर्ने काम; राम्ररी प्रतिपादन गर्ने कामकुरो ।
9931 उपपादन ना. २. काम फत्ते गर्ने प्रक्रिया; कार्य सिद्ध गर्ने विधि ।
9932 उपपाद्य वि. प्रमाण दिएर सिद्ध गर्न लायक; उपपत्ति वा उपपादन गर्न योग्य ।
9933 उपपुराण ना. अठार महापुराणदेखि अतिरिक्त अरू ससाना पुराण (सनत्कुमार, नारसिंह, नारदीय, शिव, दुर्वासा, कपिल, मानव, औशनस, वरुण, कालिक, शाम्ब, नन्दी, सौर, पराशर, आदित्य, माहेश्वर, भार्गव र वशिष्ठ आदि) ।
9934 उपप्रधान वि. प्रधानदेखि तल्लो तहको; मुख्यभन्दा एक तह सानो ।
9935 उपप्रधानपञ्च ना. पञ्चायती व्यवस्था छँदा स्थापित भएको गाउँ वा नगरपञ्चायतको प्रधान पञ्चपछिको पञ्चले पाएको पद ।
9936 उपप्रधानमन्त्री ना. प्रधानमन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठुलो तहको तथा प्रधानमन्त्रीको अनुपस्थितिमा उनको सट्टा मन्त्रिमण्डलको नेतृत्व गर्ने मन्त्री ।
9937 उपप्रशासक ना. प्रशासनका तहमा सहायक प्रशासकभन्दा माथिल्लो र सहप्रशासकभन्दा तल्लो, राजपत्राङ्कित द्वितीय श्रेणी स्तरको कर्मचारी ।
9938 उपप्रशिक्षक ना. प्रशिक्षकको तहभन्दा तल्लो तहको शिक्षक ।
9939 उपप्रश्न ना. प्रश्नभित्र उठेको अर्को प्रश्न; पूरक प्रश्न; गौण प्रश्न ।
9940 उपप्राचार्य ना. क्याम्पस वा महाविद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यसञ्चालन गर्ने उपप्रमुख वा अधिकारी ।
9941 उपप्राध्यापक ना. विश्वविद्यालय, महाविद्यालय आदिमा पढाउने प्राध्यापकका चार तहका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक र सहायक प्राध्यापकमध्ये तेस्रो तहको प्राध्यापक; द्वितीय श्रेणीको प्राध्यापक ।
9942 उपबन्ध ना. १. कुनै सम्भावनालाई ध्यानमा राखी प्रबन्ध गरिएको कुनै विधि वा प्रलेखको अङ्ग वा धारा; उपदफा ।
9943 उपबन्ध ना. २. सानोतिनो संयोग; मेल।
9944 उपबन्ध ना. ३. रतिक्रियाको एक आसन ।
9945 उपबुज्रुक ना. बुज्रुकमाथि पनि बुज्रुक बन्न खोज्ने तर खँदिलो तर्क र निर्णय दिन नसक्ने व्यक्ति; जान्ने नभए पनि जान्ने हुन चाहने व्यक्ति ।
9946 उपभाषा ना. कुनै पनि देशको राष्ट्रभाषा वा प्रधान भाषादेखि भिन्न भाषा; भाषिका ।
9947 उपभाषिका ना. भाषिकाको उपभेद ।
9948 उपभुक्त वि. १. भोग वा उपयोग गरिएको ।
9949 उपभुक्त वि. २. जुठो; उच्छिष्ट ।
9950 उपभोक्ता वि. काममा ल्याउने वा व्यवहार गर्ने; उपभोग गर्ने (व्यक्ति) ।