Dictionary

All Word

9951 उठबस ना. २. बसाउठी; मेलमिलाप ।
9952 उठबस ना. ३. सजाय वा व्यायामका निम्ति उठ्तै बस्तै गर्ने प्रक्रिया ।
9953 उठाइ ना. उठ्ने भाव, क्रिया वा प्रक्रिया ।
9954 उठाइनु क.क्रि. उठाउन लाइनु ; बिउँझाइनु ।
9955 उठाउनु प्रे. क्रि. १. निद्राबाट जगाउनु; बिउँझाउनु ।
9956 उठाउनु प्रे. क्रि. २. ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु।
9957 उठाउनु प्रे. क्रि. ३. बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु ।
9958 उठाउनु प्रे. क्रि. ४. आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु ।
9959 उठाउनु प्रे. क्रि. स.क्रि. ५. कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु ।
9960 उठाउनु प्रे. क्रि. ६. कामको जिम्मा लिनु; अभिभारा बोक्नु ।
9961 उठाउनु प्रे. क्रि. ७. कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु ।
9962 उठाउनु प्रे. क्रि. ८. कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु ।
9963 उठाउनु प्रे. क्रि. ९. उचाल्नु; धाप दिनु; माथि पुऱ्याउनु ।
9964 उठाउनी ना. उठाउने काम वा उठाएको भाग ।
9965 उठान ना. थालनी; सुरु; आरम्भ; प्रारम्भ; उत्थान ।
9966 उठानपठान ना. उठाउने र पठाउने काम; मरेका पितृका नाउँमा शय्या आदि दान दिने काम ।
9967 उठानबैठान ना. आरम्भ र समाप्ति; थालनी र तुर्नी; खेवारा र मैझारो ।
9968 उठिनु अ.क्रि. उठ्ने काम होइनु; उभिनु ।
9969 उठीचिल्ली ना. १. उट्ठीबास ।
9970 उठीचिल्ली ना. २. बसोबास गरेको ठाउँ बलात् छाड्नुपर्दा आइपर्ने दुखेसो; बिचल्ली; चिल्लीबिल्ली ।
9971 उठीबास ना. हे. उट्ठावास; उट्ठीबास ।
9972 उड्नु अ.क्रि. १. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु ।
9973 उड्नु अ.क्रि. २. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गद्वारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु ।
9974 उड्नु अ.क्रि. ३. सिद्धिनु; खतम हुनु; नासिनु ।
9975 उड्नु अ.क्रि. ४. हटाउनु; मेटिनु ।
9976 उड्नु अ.क्रि. ५. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु ।
9977 उडका ना. लामो चुच्चो हुने बट्टाईका रङ्गको सारौँजत्रो, सिमसारमा पाइने एक चरो; चाहा; लामचुच्चे ।
9978 उडन ना. उड्ने काम ।
9979 उडनतस्तरी ना. परीकथाहरूमा पाइने आकाशमा उड्ने डुङ्गा; काल्पनिक हवाईजहाज ।
9980 उडनधर्मी वि. उड्ने वा उडेर बिलाउने स्वभावको (चरो, हावा, कपुर आदि) ।
9981 उडन्ता वि. १. कुनै प्रमाण वा दसी नभएको; प्रमाणको उडुवा ( हल्ला वा कुरा ) ।
9982 उडन्ता वि. २. नचाहिँदो किसिमले खर्च गर्ने; फजुलखर्ची; खर्चालु ।
9983 उडन्ता वि. ३. जहाँतहीँ पुग्ने; घुमन्ता ।
9984 उडन्ताम् वि. हे. उडन्ता ।
9985 उडन्ती वि. हे. उडन्ता ।
9986 उडन्ते वि. उड्ने जातको; उडुवा ।
9987 उडाइ ना. उड्ने भाव, क्रिया वा प्रक्रिया ।
9988 उडाइनु क.क्रि. उड्ने पारिनु; उड्न लाइनु ।
9989 उडाउनु प्रे. क्रि. १. उड्न लाउनु; उड्ने पार्नु ।
9990 उडाउनु प्रे. क्रि. स.क्रि. २. खिसिटिउरी गर्नु; गिज्याउनु ।
9991 उडाउनु प्रे. क्रि. ३. भएनभएको कुरा गाँसेर उराल्नु; फुर्क्याउनु ।
9992 उडाउनु प्रे. क्रि. ४. नचाहिँदो किसिमले धनपैसा मास्नु; बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु।
9993 उडाउनु प्रे. क्रि. ५. बतासले धुलोमाटो आदि सगरमा लानु ।
9994 उडाउनु प्रे. क्रि. ६. नाइलो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु ।
9995 उडाउनु प्रे. क्रि. ७. कुनै वस्तु थाहा नपाई लानु; चोर्नु ।
9996 उडाउनु प्रे. क्रि. ८. कुनै कामकुरो मिलिक्कै सक्नु।
9997 उडाउनु प्रे. क्रि. ९. खानेकुरो फुर्तीसाथ छिटै खानु ।
9998 उडान ना. १. पखेटा वा अन्य साधनको सहायताले आकाशमा माथिसम्म पुग्ने काम; हवाईजहाजद्वारा एक ठाउँबाट अर्को ठाउँका लागि गरिने प्रस्थान।
9999 उडान ना. २. उड्ने क्रिया वा भाव; उडाइ ।
10000 उडान कर ना. हवाईजहाजबाट प्रस्थान गर्दा विमानस्थलमा उठाइने अतिरिक्त शुल्क।