Dictionary

All Word

10151 उपालम्भ ना. १. कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो ।
10152 उपालम्भ ना. २. निन्दा; अपवाद ।
10153 उपास्नु अ.क्रि. केही नखाईकन बस्नु; निराहार बस्नु; व्रत बस्नु ।
10154 उपासक वि. १. उपासना वा आराधना गर्ने; भक्त ।
10155 उपासक वि. २. भिक्षुदेखि बाहेकको बुद्धपूजक; बुद्धमार्गी ।
10156 उपासन / उपासना ना. १. देवता वा पूज्य व्यक्तिका छेउमा बसेर प्रसन्न तुल्याउनका निम्ति गरिने चिन्तन, पूजन वा आराधन ।
10157 उपासन / उपासना ना. २. कुनै विषय वा कुरामा ध्यान दिने वा लागिपर्ने काम ।
10158 उपासाइ ना. उपास्ने भाव, क्रिया वा प्रक्रिया ।
10159 उपासिनु अ.क्रि. केही नखाईकन बस्ने काम गरिनु; व्रत बसिनु ।
10160 उपासी वि. उपासना गर्ने; उपासक ।
10161 उपास्य वि. १. उपासना गर्न योग्य वा उचित; पूज्य; आराध्य ।
10162 उपास्य वि. २. सेवा गरिएको (देवता वा पूज्यजन) ।
10163 उपिउँ/ उपियाँ ना. जुम्राजत्रो,फडकेर हिँड्ने, कलेजी रङको, प्राणीको रगतचुसुवा किरो।
10164 उपेक्षक वि. १. उपेक्षा गर्ने; वास्ता नगर्ने; हेला गर्ने ।
10165 उपेक्षक वि. २. उदासीन ।
10166 उपेक्षणीय वि. उपेक्षा गर्न योग्य वा उचित; घृणा गर्न लायक ।
10167 उपेक्षा ना. १. कसैलाई अयोग्य वा तुच्छ ठानेर उसप्रति ध्यान नदिने काम; बेवास्ता; लापर्बाही ।
10168 उपेक्षा ना. २. तिरस्कार; निन्दा; अनादर ।
10169 उपेक्षित वि. उपेक्षा गरिएको; निन्दित; तिरस्कृत।
10170 उपेन्द्र ना. १. इन्द्रका कान्छो भाइको नाम ।
10171 उपेन्द्र ना. २. वामनरूप विष्णु ।
10172 उपेन्द्रवज्रा ना. जगण, तगण, जगण र दुई गुरु भएको प्रत्येक पाउमा एघार अक्षर हुने वार्णिक छन्द ।
10173 उपोद्घात ना. १. आरम्भ; थालनी; सुरु ।
10174 उपोद्घात ना. २. पुस्तकका प्रारम्भमा रहने वक्तव्य; भूमिका; प्रस्तावना ।
10175 उपोष्ण वि. कम उष्णता भएको; गर्मीले थोरै छोएको ।
10176 उपोष्ण प्रदेश ना. कम उष्णता भएको प्रदेश; उष्ण प्रदेशका छेउछाउको प्रदेश ।
10177 उप्कनु अ.क्रि. टाँसिएको वस्तु छुट्टिएर आउनु; पाप्रा निस्कनु ।
10178 उप्काइ ना. उप्कने भाव, क्रिया वा प्रक्रिया।
10179 उप्काइनु क.क्रि. उप्काउन लाइनु ।
10180 उप्काउनु प्रे. क्रि. १. उप्कने पार्नु । स.क्रि.
10181 उप्काउनु प्रे. क्रि. २. पाप्रा उप्काउने काम गर्नु।
10182 उप्किनु अ.क्रि. उप्कनु ।
10183 उप्रान्त अव्य. अब; उपरान्त ।
10184 उप्रीथुप्री क्रि.वि. एकमाथि अर्को भएर थुप्रने गरी; थपाथप; खातैखात; थोपरथापर ।
10185 उफान ना. १. दुध आदि उम्लेर माथि उठेको फिँजसहितको भाग; उमाल ।
10186 उफान ना. २. मनोद्वेग; मानसिक झोक्का ।
10187 उफार्नु स.क्रि. कुनै वस्तुलाई माथितिर हुत्त्याउनु; उँभो फाल्नु; उराल्नु ।
10188 उफाराइ ना. उफार्ने क्रिया वा प्रक्रिया ।
10189 उफारिनु क.क्रि. उफार्ने काम गरिनु; उफ्राइको पात्र हुनु ।
10190 उफ्रनु अ.क्रि. १. जमिन छाडेर माथि बुर्लुक्क हुत्तिनु वा उछिट्टिनु ।
10191 उफ्रनु अ.क्रि. २. नाघ्नु; फड्कनु ।
10192 उफ्रनु अ.क्रि. ३. मात्तिनु; औताउनु; उर्लनु ।
10193 उफ्रनु अ.क्रि. ४. अति क्रुद्ध हुनु ।
10194 उफ्राइ ना. उफ्रने क्रिया वा प्रक्रिया ।
10195 उफ्राउफ्री ना. उफ्री उफ्री हिँड्ने काम; परस्पर उफ्रने क्रिया; सामूहिक उफ्राइ ।
10196 उफ्रिनु अ.क्रि. १. हे. उफ्रनु।
10197 उफ्रिनु अ.क्रि. २. उफ्रने हुनु ।
10198 उफ्रौला ना. १. फुरौला (व्यङ्ग्यार्थमा) ।
10199 उफ्रौला ना. २. टुटुल्को (ऐजनमा) ।
10200 उबडखाबड वि. १. अग्लो र होचो भएको; खाल्डाखुल्डी परेको; गल्ड्याङगुल्डुङ; खल्ड्याङखुल्डु ङ । ना.