Dictionary

All Word

10251 उभयमुखी वि. २. दुईतिर हेर्ने ।
10252 उभयमुखी वि. ३. दुईतिर आशा गर्ने ।
10253 उभयलिङ्गी वि. १. व्याकरणमा दुवै लिङ्गमा प्रयोग हुने; स्त्रीलिङ्ग र पुलिङ्ग नछुट्टिने ।
10254 उभयलिङ्गी वि. २. स्त्री र पुरुष दुवैको चिह्न भएको ।
10255 उभयसङ्कट ना. काम गरे पनि, नगरे पनि आइपर्ने सङ्कट; धर्मसङ्कट ।
10256 उभयार्थी वि. दुई अर्थ लाग्ने (शब्द वा वाक्य ) ।
10257 उभयालङ्कार ना. शब्द र अर्थ दुवैमा भएको अलङ्कार ।
10258 उभाइ ना. उभाउने क्रिया वा प्रक्रिया ।
10259 उभाइनु क.क्रि. उभाउने काम गरिनु ।
10260 उभाउनु स.क्रि. उबाउनु ।
10261 उभाइनु स.क्रि. उत्तेजित पार्नु; भड्काउनु; उकास्नु ।
10262 उभाडाइ ना. उभाड्ने क्रिया वा प्रक्रिया ।
10263 उभाडिनु क.क्रि. उभाड्ने काम गरिनु ।
10264 उभार्नु स.क्रि. हे. उबार्नु ।
10265 उभार ना. उबार ।
10266 उभाराइ ना. उभार्ने क्रिया वा प्रक्रिया ।
10267 उभारिनु क.क्रि. उभार्ने काम गरिनु ।
10268 उभारु वि. उबारु ।
10269 उभिनु अ.क्रि. १. खडा हुनु; ठडिनु ।
10270 उभिनु अ.क्रि. २. उठ्नु; ठिङ्गिनु ।
10271 उभिन्डिनु अ.क्रि. टाउको तल र खुट्टा माथि पर्नु; उभिन्डो हुनु; उँधमुन्टिनु ।
10272 उभिन्डो वि. १. टाउको वा मुख मुन्तिर परेको; घोप्टो परेको ।
10273 उभिन्डो वि. २. उल्टो ।
10274 उभिन्डो कोटेरो ना. १. सिमलजस्ता अग्ला रुखका हाँगामा तलैतला वा कोठैकोठा भएको उभिन्डो गुँड बनाउने चरो; तोपचरो; दमाईचरो; बगेडी ।
10275 उभिन्डो कोटेरो ना. २. गोडा र टाउको जथाभाबी पारी सुतेको मान्छे।
10276 उभिन्डो कोटेरो ना. ३. उल्टो काम गर्ने वा कोग्ल्याँटो बुद्धिको मान्छे ।
10277 उभिन्ड्याइ ना. उभिन्डिने क्रिया वा प्रक्रिया ।
10278 उभिन्ड्याइनु क.क्रि. उभिन्डो पारिनु ।
10279 उभिन्ड्याउनु प्रे. क्रि. उभिन्डो पार्नु वा पार्न लगाउनु; उभिन्डिने पार्नु ।
10280 उभेटो ना. केही कुरो ढल्न नदिन आश्रयका रूपमा ठाडो किसिमले राखिएको टेवा (थाम, बाँस, घोचो इ.) ।
10281 उभ्याइ ना. उभिने क्रिया वा प्रक्रिया।
10282 उभ्याइनु क.क्रि. उभ्याउने काम गरिनु ।
10283 उभ्याउनु प्रे. क्रि. १. उभिने पार्नु; उभिन लाउनु ।
10284 उभ्याउनु प्रे. क्रि. २. ठड्याउनु; ठाडो पार्नु ।
10285 उम्नु अ.क्रि. उँग्नु; उङ्नु ।
10286 उम ना. उङ; उँघ।
10287 उमङ्ग ना. कुनै इच्छा लागेको काम गर्नलाई मनमा उब्जेको उत्साह; उल्लास; मनको उद्वेग; फुर्ती; तत्परता ।
10288 उमङ्गशील वि. उमङ्ग भएको; उत्साही; फुर्तिलो ।
10289 उमठ्नु अ.क्रि. भित्रको वस्तु कुनै विकारद्वारा हुँडलिनु; पेटका आन्द्रा उमेठिनु; मडारिनु; बटारिनु ।
10290 उमठाइ ना. उमठ्ने क्रिया वा प्रक्रिया ।
10291 उमठाइनु क.क्रि. उमठ्ने पारिनु ।
10292 उमठाउनु प्रे. क्रि. उमठ्ने पार्नु ।
10293 उमठिनु अ.क्रि. उमठ्ने होइनु वा हुनु ।
10294 उमराउ / उमराव ना. १. अमिर; धनीमानी ।
10295 उमराउ / उमराव ना. २. भाइभारदार ।
10296 उमर्कनु अ.क्रि. उमर्कोद्वारा सास रोक्नु; निसासिलो हुनु ।
10297 उमर्काइ ना. उमर्कने क्रिया वा प्रक्रिया ।
10298 उमर्काइनु अ.क्रि. उमर्कने पारिनु ।
10299 उमर्काउनु प्रे. क्रि. उमर्कन लाउनु ।
10300 उमर्किनु अ.क्रि. सास रोकिनु; निसासिनु; उमर्कनु ।