Dictionary

All Word

10351 उम्त्याहा वि. उम्तिने स्वभावको; अहमत्याइँ लागेको ।
10352 उम्दा वि. उत्तम; बेस ।
10353 उम्मेद ना. आशा; भरोसा; इच्छा।
10354 उम्मेदवार वि. १. उमेद राख्ने; आशाकारी । ना.
10355 उम्मेदवार वि. २. कुनै नोकरी वा विद्या हासिल गर्ने अवसर पाउने आशा राख्ने व्यक्ति ।
10356 उम्मेदवार वि. ३. कुनै पदमा रोजिनाका निम्ति आवेदन दिने व्यक्ति; प्रत्याशी ।
10357 उम्मेदवारी ना. १. उम्मेदवार हुनाको क्रिया वा प्रक्रिया ।
10358 उम्मेदवारी ना. २. आशा; आसरा ।
10359 उम्मेदवारी ना. ३. पद वा सेवाका लागि औपचारिक रूपमा खडा हुने कार्य।
10360 उम्मेदवारी ना. ४. उम्मेदवारको दायित्व ।
10361 उम्रनु अ.क्रि. १. बीजबाट टुसा आउनु; टुसा निस्कनु; अङ्कुराउनु ।
10362 उम्रनु अ.क्रि. २. बोटबिरुवा आदि पैदा हुनु; उब्जनु ।
10363 उम्रनु अ.क्रि. ३. मनमा विचार उत्पन्न हुनु ।
10364 उम्राइ ना. उम्रने क्रिया वा प्रक्रिया ।
10365 उम्राइनु क.क्रि. उम्रने पारिनु ।
10366 उम्राउनु प्रे. क्रि. उम्रन वा उमार्न लगाउनु; उम्रने पार्नु ।
10367 उम्रिनु अ.क्रि. १. हे. उम्रनु ।
10368 उम्रिनु अ.क्रि. २. उम्रने होइनु ।
10369 उम्लनु अ.क्रि. धेरै ताताले गर्दा झोलिलो पदार्थ फिँज तथा बाफसहित भएर माथि उठ्नु; छड्कनु ।
10370 उम्लाइ ना. उम्लने क्रिया वा प्रक्रिया ।
10371 उम्लिनु अ.क्रि. उम्लनु ।
10372 उम्लाउनु प्रे. क्रि. १. उम्लन लगाउनु; उम्लने पार्नु ।
10373 उम्लाउनु प्रे. क्रि. २. उमाल्नु ।
10374 उम्ल्याइ ना. उम्लिने क्रिया वा प्रक्रिया; उम्लाइ ।
10375 उम्ल्याहट ना. उम्लिने क्रिया वा प्रक्रिया; उम्ल्याइ; उम्लाइ ।
10376 उर: पीडा ना. छाती दुख्ने क्रिया; छातीको दुखाइ; पेटदुखाइ ।
10377 उर ना. छाती; वक्षस्थल ।
10378 उरक्षत ना. १. कुनै कारणबाट फोक्सामा परेको प्वाल ।
10379 उरक्षत ना. २. श्वास निकाल्न छातीमा बनाइने प्वाल ।
10380 उरग ना. छातीले घस्रेर हिँड्ने जीव ।
10381 उरश्चिकित्सा ना. छातीका रोगको उपचार ।
10382 उरश्चिकित्सालय ना. छातीका रोगको उपचार गर्ने अस्पताल (चेस्ट क्लिनिक)।
10383 उरश्छेदन ना. मुटु, फोक्सो र ग्रासनलीको शल्यक्रिया गर्न छातीको सतहमा प्वाल पार्ने काम वा प्रणाली ।
10384 उरन्ठेउला उरन्ठेउली वि. बढ्ता चकचक गर्ने; आलाकाँचा; बुद्धि नछिप्पिएका (केटाकेटी ) ।
10385 उरन्ठेउली वि. आलीकाँची; अति चकचके; बुद्धि नछिप्पिएकी ।
10386 उरन्ठेउलो / उरन्ठ्याउलो वि. बढ्ता चकचके भई नचाहिँदो काम गर्ने स्वभावको; उटपट्याङ्गे; बुद्धि नछिप्पिएको; आलोकाँचो ।
10387 उरमुट्ट वि. १. सफासँग नचिनिने; घुर्मैलो ।
10388 उरमुट्ट वि. २. कुनै चिज कुनै भाँडामा कसिलोसँग खाँदिएको; अरमट्ट परेको ।
10389 उरमुट्ट वि. ३. ज्यादै डोलो र खँदिलो ।
10390 उरस्त्राण ना. युद्धमा छातीको बचाउ गर्न लगाइने वस्तु; कवच ।
10391 उराठ ना. नरमाइलोपन; दिक्दारी; विरक्ति ।
10392 उराठिनु अ.क्रि. उदास हुनु वा उराठ लाग्नु ।
10393 उराठिलो वि. उराठ लाग्ने; दिक्दार लाग्ने; नरमाइलो लाग्ने ।
10394 उराठे वि. १. उदास ।
10395 उराठे वि. २. उराठिलो ।
10396 उराल्नु स.क्रि. १. आकाशतिर फ्याँक्नु; उफार्नु ।
10397 उराल्नु स.क्रि. २. पुलपुल्याउनु; मत्त्याउनु ।
10398 उराल्नु स.क्रि. ३. बहकाउनु।
10399 उरालाइ ना. उराल्ने क्रिया वा प्रक्रिया।
10400 उरालिनु क.क्रि. उराल्ने काम गरिनु ।