Dictionary

All Word

10501 उल्टीकोट ना. १. बोलतुरुपमा विपक्षीले सबै प्वाइन्ट खाएमा हुने, तासको एक खेल वा दाउ ।
10502 उल्टीकोट ना. २. उल्टो पारेर लगाउन हुने कोट ।
10503 उल्टी म्याद ना. अदालतमा परेका मुद्दा छिनिएपछि हरुवाले हारेको सो मुद्दा उल्टाउनलाई माथिल्लो अदालतमा दायर गर्न तोकिएको समय।
10504 उल्टो वि. १. सामान्य गुण, अनुभव, धारणा र मान्यतासँग नमिल्ने; सुल्टोको विपरीत; बिब्लेँटो ।
10505 उल्टो वि. २. उल्टो स्वभावको; अधबेस्रो; वाममार्गी ।
10506 उल्टो चक्रवात ना. जुन दिशा भएर बहनुपर्ने हो सो नभई उल्टो दिशातिर बहने खालको वायुको गति; भुमरी; हुन्डरी।
10507 उल्टोपाल्टो ना. हे. उल्टापाल्टा; उल्टापाल्टी ।
10508 उल्टोसुल्टो वि. मनपरी; जथानाम ।
10509 उल्टो चपत ना. दोचन्डा; नोक्सानी ।
10510 उल्था ना. एक भाषामा लेखिएको वा भनिएको कुरा वा लेख अर्को भाषामा लेख्ने वा भन्ने काम; अनुवाद ।
10511 उल्थिनु अ.क्रि. उल्था हुनु; अनूदित हुनु ।
10512 उल्थ्याइ ना. उल्थिने भाव, क्रिया वा प्रक्रिया।
10513 उल्थ्याइनु क. क्रि. उल्था गरिनु; उल्थिन लाइनु ।
10514 उल्थ्याउनु स.क्रि./ प्रे. क्रि. उल्था गर्नु; उल्थिने पार्नु ।
10515 उल्फत/उल्फा वि. १. नचाहिँदो; फजुल; अनावश्यक | ना.
10516 उल्फत/उल्फा वि. २. नचाहिँदो काम कारबाई ।
10517 उल्फत/उल्फा वि. ३. फोकटको वस्तु ।
10518 उल्लङ्घन ना. १. नाघ्ने वा फड्कने क्रिया ।
10519 उल्लङ्घन ना. २. मर्यादाको त्याग; नियमको अवहेलना ।
10520 उल्लङ्घनीय/ उल्लङ्घ्य वि. उल्लङ्घन गर्न लायक ।
10521 उल्लसित वि. उल्लासमय; प्रसन्न ।
10522 उल्लास ना. १. आनन्द; हर्ष।
10523 उल्लास ना. २. प्रकाश; चमक।
10524 उल्लास ना. ३. ग्रन्थको विभाग; अध्याय ।
10525 उल्लास ना. ४. एउटाको गुण वा दोष अर्कामा गुण वा दोष हुन जाने एक काव्यालङ्कार ।
10526 उल्लासक वि. उल्लास दिने ।
10527 उल्लासित वि. उल्लास दिलाइएको; उल्लसित पारिएको ।
10528 उल्लासी वि. उल्लासपूर्ण (व्यक्ति इ.) ।
10529 उल्लिनु अ.क्रि. १. जिस्किनु; गिजिनु ।
10530 उल्लिनु अ.क्रि. २. उल्लु बन्नु; मूर्ख बन्नु ।
10531 उल्लिखित वि. १. उल्लेख गरिएको; पूर्वोक्त।
10532 उल्लिखित वि. २. लेखिएको; खोपिएको; कपिएको; उत्कीर्ण ।
10533 उल्लिखित वि. ३. चित्र वा तस्बिर लेखिएको; चित्रित; अङ्कित ।
10534 उल्लिखित वि. ४. सान गरिएको; इङ्गित।
10535 उल्लीबिल्ली ना. १. मर्म पर्ने वा पुऱ्याउने किसिमको ठट्टा; घोचपेचको दिल्लगी; छनक हानेर गरिएको ख्यालठट्टा ।
10536 उल्लीबिल्ली ना. २. हाँसोमा उडाएर जिल्ल पार्ने व्यङ्ग्य ।
10537 उल्लु ना. १. लाटोकोसेरो वा भुल्का । वि.
10538 उल्लु ना. २. निर्बुद्धि; मूर्ख, बेकुफ ।
10539 उल्लु ना. ३. उरन्ठेउलो; बदमास; सिल्ली।
10540 उल्लू ना. हे. उल्लु ।
10541 उल्लेख ना. १. कुनै कुरा, विचार आदि लेखको रूपमा ल्याउने वा लेख्ने क्रिया ।
10542 उल्लेख ना. २. लिखत; लेख।
10543 उल्लेख ना. ३. विवरण; वर्णन; उद्धरण; चर्चा; प्रसङ्ग ।
10544 उल्लेख ना. ४. एउटै व्यक्तिलाई धेरैले अनेक प्रकारका नाताले वा धेरैले एउटै नाताले उल्लेख गरेमा पर्ने एक अर्थालङ्कार ।
10545 उल्लेखनीय वि. उल्लेख गर्न योग्य ।
10546 उल्लोल ना. १. छाल; लहर; तरङ्ग । वि.
10547 उल्लोल ना. २. चञ्चल; अस्थिर; लल्याकलुलुक हुने ।
10548 उल्ल्याइँ ना. १. उल्लुमा हुने गुण; उल्लुपना ।२. हलुङ्गो ठट्टा; सिल्ल्याइँ ।
10549 उल्ल्याइ ना. उल्लिने भाव, क्रिया वा प्रक्रिया ।
10550 उल्ल्याइनु क. क्रि. उल्लिने पारिनु; उल्लिन लाउनु ।