Dictionary

All Word

10601 उद्भूत वि. १. पैदा भएको; उत्पन्न।
10602 उद्भूत वि. २. प्रकट भएको; देखिएको ।
10603 उद्भूति ना. १. जन्म उत्पत्ति; उद्भव ।
10604 उद्भूति ना. २. अभिवृद्धि; उन्नति ।
10605 उद्भेद / उद्भेदन ना. १. बीजबाट अङ्कुर फुट्ने काम; टुसाउने क्रिया ।
10606 उद्भेद / उद्भेदन ना. २. प्रकट हुने वा बाहिर आउने काम; आविर्भाव ।
10607 उद्भ्रम ना. १. चारैतिर घुम्ने क्रिया; चक्कर ।
10608 उद्भ्रम ना. २. मिथ्या बोध; भ्रान्ति ।
10609 उद्भ्रम ना. ३. दिमाग चक्कराउने काम; रिँगटा ।
10610 उद्भ्रम ना. ४. मनको उद्वेग; तरङ्ग ।
10611 उद्भ्रान्त वि. १. चक्कर खाएको वा घुमेको ।
10612 उद्भ्रान्त वि. २. भ्रममा परेको; झुक्किएको ।
10613 उद्भ्रान्त वि. ३. छक्क परेको; चकित ।
10614 उद्भ्रान्त वि. ४. सिल्ली; पागल; बौलाहा; छँटाहा ।
10615 उद्भ्रान्त वि. ५. विह्वल; उद्विग्न।
10616 उद्भ्रान्त वि. ६. बाटो बिराएको ।
10617 उद्यत वि. १. मास्तिर ल्याइएको; उठाइएको ।
10618 उद्यत वि. २. तयार भएको; तत्पर ।
10619 उद्यत वि. ३. काममा लागेको ।
10620 उद्यम ना. १. जीविकाका लागि गरिने उपार्जन वा कुनै उद्देश्यको सिद्धिका निम्ति गरिने शारीरिक कार्य वा व्यापार; उद्योग ।
10621 उद्यम ना. २. मेहनत; परिश्रम ।
10622 उद्यम ना. ३. पेसा; रोजगार; इलम ।
10623 उद्यमी वि. १. उद्यममा लाग्ने वा लागेको; उद्योग गर्ने; उद्योगी ।
10624 उद्यमी वि. २. मिहिनेती; परिश्रमी ।
10625 उद्याइ ना. उद्याउने क्रिया वा प्रक्रिया ।
10626 उद्याइनु क.क्रि. उद्याउने पारिनु; उद्याउन लाइनु ।
10627 उद्याउनु स.क्रि. काट्ने हतियारलाई लाग्ने तुल्याउन ढुङ्गा, सान आदिमा धार घोट्नु; सान लगाउनु; उध्याउनु।
10628 उद्यान ना. १. फलफूलको बारी; फूलबारी; बगैँचा ।
10629 उद्यान ना. २. प्रायः प्राकृतिक रुखहरू भएको ठुलो बगैँचा ।
10630 उद्यापन ना. १. कुनै यज्ञ वा व्रतको समाप्तिमा गरिने पूजा, हवन, दान आदि प्रतिष्ठापूर्ण कार्य; साङ्गे ।
10631 उद्यापन ना. २. विधिपूर्वक कुनै कार्य पूरा गर्ने क्रिया; उपसंहार ।
10632 उद्योग ना. १. कुनै उद्देश्य वा कार्यसिद्धिका निम्ति परिश्रमपूर्वक लाग्ने काम; उद्यम ।
10633 उद्योग ना. २. प्रयत्न; कोसिस; प्रयास ।
10634 उद्योग ना. ३. परिश्रम; मिहिनेत ।
10635 उद्योग धन्दा ना. कच्चा मालबाट व्यवहारमा चाहिने मालसामान बनाउने व्यवस्था वा कारखाना; इलम उद्योग ।
10636 उद्योगपति ना. उपभोगका मालसामान बनाउने कारखानाको मालिक; उद्योग स्थापना गर्ने व्यक्ति; कारखानाको अधिपति ।
10637 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ना. उद्योग, वाणिज्य र आपूर्तिसम्बन्धी विभागको कार्य सञ्चालन गर्ने मन्त्रालय ।
10638 उद्योग विभाग ना. उद्योग तथा वाणिज्यसम्बन्धी काम गर्ने विभाग ।
10639 उद्योगी वि. उद्योग गर्ने वा प्रयत्न गर्ने; कुनै उद्योग खोल्ने; मिहिनेती; उद्यमी ।
10640 उद्रनु अ.क्रि. हे. उध्रनु ।
10641 उद्रिनु अ.क्रि. उध्रिनु ।
10642 उद्रेक ना. १. भावनाहरू उकुसमुकुस भएर मनमा नअटाउने अवस्था वा भाव; विचार प्रवाहको आधिक्य ।
10643 उद्रेक ना. २. अधिकता; प्रचुरता ।
10644 उद्विग्न वि. १. उद्वेगले भरिएको; आकुल; व्याकुल ।
10645 उद्विग्न वि. २. भय र त्रासले आतङ्कित; चिन्तित; दुःखित ।
10646 उद्विग्नता ना. उद्विग्न हुनुको भाव; आकुलता; चिन्ता; व्याकुलता ।
10647 उद्विक्षण ना. मास्तिर हेर्ने काम; टाढासम्म हेर्ने क्रिया वा अवस्था; दूरवीक्षण।
10648 उद्वेग ना. १. तीव्र वेग वा गति; छिटो हिँडाइ ।
10649 उद्वेग ना. २. मनको हडबडी; अस्थिर स्थिति ।
10650 उद्वेग ना. ३. रिसको आवेग; झोक ।