Dictionary

All Word

10751 उन्नायक वि. २. अग्ल्याउने; उन्नत पार्ने ।
10752 उन्नायक वि. ३. बढाउने; वृद्धि गर्ने ।
10753 उन्नायक वि. ४. सपार्ने ।
10754 उन्निद्र वि. १. निद्रा नलाग्ने; निद्रा नपर्ने ।
10755 उन्निद्र वि. २. फुलेको; विकसित ।
10756 उन्निद्र वि. ना. ३. निद्रा नलाग्ने वा साह्रै कम निद्रा लाग्ने एक रोग ।
10757 उन्नैस ना. हे. उन्नाइस ।
10758 उन्नैसौँ वि. उन्नाइसौँ ।
10759 उन्मत्त वि. १. मात्तिएको; उद्धत ।
10760 उन्मत्त वि. २. नसा लागेको; मदमत्त; मदान्ध ।
10761 उन्मत्त वि. ३. सिल्ली; बहुलाहा ।
10762 उन्मत्तता ना. उन्मत्त हुनुको भाव वा अवस्था; उद्धतपना; पागलपन।
10763 उन्मत्त भैरव ना. पशुपतिनाथका मन्दिरदेखि दक्षिणपट्टि रहेका एक प्रसिद्ध भैरव ।
10764 उन्मत्तलिङ्गी वि. बहुलाएको वा छँटाएको बहाना गर्ने; सन्कीको स्वाङ पार्ने ।
10765 उन्मनी ना. एकनाससित नाकका टुप्पामा दृष्टि लगाउने हठयोगको एक क्रिया वा स्थिति ।
10766 उन्माद ना. १. मन ठेगानमा नरहने र जे पायो त्यही बोल्ने वा काम गर्न थाल्ने मस्तिष्कको रोग; छाँटा; पागलपन; बहुलट्टी ।
10767 उन्माद ना. २. शोक, वियोग आदिले चित्तविभ्रम हुने सञ्चारी भावको एक भेद ।
10768 उन्मादक वि. उन्माद चढाउने; मात लाउने; नसाले लट्ठ पार्ने ।
10769 उन्मादग्रस्त वि. १. उन्मादको रोग लागेको; बहुलाएको ।
10770 उन्मादग्रस्त वि. ना. २. बहुलाहा ।
10771 उन्मादी वि. १. मात चढेको; नसा लागेको; उन्मत्त |
10772 उन्मादी वि. ना. २. बहुलाए; पागल ।
10773 उन्मीलन ना. १. आँखा खुल्ने वा उघ्रने काम ।
10774 उन्मीलन ना. २. फुल्ने क्रिया वा अवस्था (फूल) ।
10775 उन्मीलन ना. ३. विकसित हुने काम ।
10776 उन्मीलन ना. ४. प्रकट हुने वा सामुन्ने आउने काम ।
10777 उन्मीलित वि. १. खुलेको; उघ्रेको ।
10778 उन्मीलित वि. २. फुलेको; विकसित ।
10779 उन्मीलित वि. ३. मीलित भई दबिएको कुरा थाहा भएमा हुने एक अलङ्कार ।
10780 उन्मुक्त वि. १. मुक्त गरिएको; छाडिएको ।
10781 उन्मुक्त वि. २. बन्धनरहित; स्वतन्त्र ।
10782 उन्मुक्त पोताश्रय ना. कुनै किसिमको कर नलाग्ने तथा प्रतिबन्ध नभएको पानीजहाज आउँदा जाँदा अड्ने बन्दरगाह; जहाजघाट ।
10783 उन्मुक्ति ना. १. उन्मुक्त हुनुको भाव वा अवस्था ।
10784 उन्मुक्ति ना. २. कुनै प्रकारको बन्धन, अभियोग आदिबाट छोड्ने काम; छुटकारा ।
10785 उन्मुख वि. १. माथितिर मुख फर्काएको; ऊर्ध्वमुख ।
10786 उन्मुख वि. २. उत्सुक; उत्कण्ठि।
10787 उन्मुख वि. ३. कुनै दिशातिर लागेको; कसैपट्टि फर्केको ।
10788 उन्मुख वि. ४. उत्कण्ठापूर्वक प्रतीक्षा गरिरहेको ।
10789 उन्मूलक वि. उन्मूलन गर्ने; निर्मूल पार्ने ।
10790 उन्मूलन ना. फेद वा जरैदेखि उखेल्ने क्रिया वा भाव; समूल नष्ट पार्ने काम; मूलोच्छेदन ।
10791 उन्मेष ना. १. आँखा खुल्ने वा उघ्रने क्रिया ।
10792 उन्मेष ना. २. फुल्ने वा विकसित हुने क्रिया ।
10793 उन्मेष ना. ३. सम्झने वा स्मरण गर्ने स्थिति ।
10794 उन्मेष ना. ४. प्रकाश; चमक; टलक ।
10795 उन्मेषित वि. १. खुलेको वा उघ्रेको (आँखा) ।
10796 उन्मेषित वि. २. विकसित; फुलेको ।
10797 उन्यू ना. हे. उनिउँ ।
10798 उप उप. १. शब्दका अगाडि लागेर अधिकता, अतिरिक्तता, न्यूनता, सामीप्य, व्याप्ति, सहायक भाव आदि अर्थ बुझाउने उपसर्ग (उपयोग, उपवास, उपप्रधानमन्त्री, उपहार ) ।
10799 उप उप. वि. २. आफैँ अरूभन्दा जान्नेबुझ्ने हुन खोज्ने; बढ्ता; उद्धत (उदा.- तिमी यस कुरामा उपबुज्रुक नहोऊ) ।
10800 उपआयोग ना. कुनै खास कामको तर्जुमा वा कार्यान्वयनका निम्ति मुख्य आयोगभित्र गठित अर्को सानो आयोग; मुख्य आयोगलाई सहयोग गर्ने आयोग ।