Dictionary

All Word

10801 उपएकाइ ना. १. कुनै वस्तु वा विषयका निम्नतम एकाइको पनि सूक्ष्मतम एकाइ।
10802 उपएकाइ ना. २. एकाइ समानकै अर्को एकाइ ।
10803 उपकथन ना. १. पहिले भनिसकिएका कुरामा पछि थपिएको भाग; माथिबाट थपिएको कुरो ।
10804 उपकथन ना. २. बढी कुरो; फुर्क्याइएको कुरो ।
10805 उपकथा ना. ठुला कथालाई पुष्ट पार्न वा रोचक तुल्याउनका निम्ति थपिएको अतिरिक्त कथा; ठुलो कथाभित्रको सानो कथा ।
10806 उपकर ना. करमाथि वा करका अनुपातमा लगाइने थप कर ।
10807 उपकरण ना. १. कामकाज गर्ने सरसामान; औजार; सामग्री ।
10808 उपकरण ना. २. छत्र, चामर आदि राजचिह्न ।
10809 उपकर्ता वि. १. उपकार गर्ने; उपकारी ।
10810 उपकर्ता वि. २. कर्ताको सहायक ।
10811 उपकार ना. १. अरूको कष्ट निवारण तथा हित वा भलाइका निम्ति गरिने कुनै असल वा शुभ कार्य ।
10812 उपकार ना. २. सेवा र सहायता ।
10813 उपकार ना. ३. कुनै असल र लाभदायक कार्य वा फल ।
10814 उपकारक / उपकारी वि. अर्काको हित वा भलाई गर्ने; उपकार गर्ने ।
10815 उपकार्य वि. १. उपकार गर्न योग्य; भलाइ वा हित गर्नुपर्ने ।
10816 उपकार्य वि. ना. २. मुख्य कामका बिचमा आइपरेको कार्य; गौण कार्य ।
10817 उपकुलपति ना. विश्वविद्यालय, प्रज्ञाप्रतिष्ठान आदिको उपप्रधान अध्यक्ष (भाइस चान्सलर)।
10818 उपकृत वि. १. उपकार वा हित गरिएको; सहायता गरिएको ।
10819 उपकृत वि. २. कृतज्ञ ।
10820 उपक्रम ना. १. कुनै कामविशेषको आयोजना; तयारी ।
10821 उपक्रम ना. २. थालनी; सुरु; आरम्भ ।
10822 उपक्रम ना. ३. भूमिका; प्रस्तावना ।
10823 उपक्रमणिका ना. १. पुस्तक, पत्रिका आदिमा दिइएको विषयसूची; अनुक्रमणिका ।
10824 उपक्रमणिका ना. २. वेदका मन्त्र र सूक्तहरूका ऋषि तथा छन्दको उल्लेख भएको वैदिक ग्रन्थ ।
10825 उपक्षेत्र ना. मुख्य क्षेत्रभित्र पर्ने सानो क्षेत्र; सानो इलाका।
10826 उपक्षेत्रीय वि. उपक्षेत्रसम्बन्धी; उपक्षेत्रको ।
10827 उपक्षेत्रीय प्रसारकेन्द्र ना. क्षेत्रीय आधारमा स्थापना गरिएका प्रसारकेन्द्रदेखि अतिरिक्त ठाउँमा स्थापना गरिएको सानो प्रसारकेन्द्र ।
10828 उपक्षेप ना. १. अभिनयको प्रारम्भमा नाटकको कथावस्तु वा वृत्तान्तको सङ्क्षिप्त कथन ।
10829 उपक्षेप ना. २. फ्याँक्ने वा मिल्काउने काम ।
10830 उपक्षेप ना. ३. तिरस्कार ।
10831 उपखण्ड ना. कुनै ग्रन्थ वा पुस्तकका पछि थपिएको भाग; क्षेपकखण्ड ।
10832 उपगीति ना. आर्या छन्दअन्तर्गतको, सम चरणमा पन्ध्र पन्ध्र र विषम चरणमा बाह्र बाह मात्रा हुने एक छन्द ।
10833 उपग्रह ना. १. कुनै ठुलो ग्रह वा पृथ्वीको चारैतिर घुम्ने अपेक्षाकृत सानो ग्रह ।
10834 उपग्रह ना. २. अचेलभरि पृथ्वी आदि ग्रहको परिक्रमा गर्नका निम्ति आकाशमा छोडिने कुनै यान्त्रिक गोला वा आणविक उपकरण।
10835 उपग्रह ना. ३. पक्राउ; गिरफ्तारी ।
10836 उपग्रह ना. ४. कैदी; थुनुवा ।
10837 उपग्रहण ना. १. पक्रने वा गिरफ्तार गर्ने काम ।
10838 उपग्रहण ना. २. नजरबन्दी ।
10839 उपग्रहण ना. ३. संस्कारपूर्वक वेदको अध्ययन गर्ने क्रिया ।
10840 उपघात ना. १. सकेसम्मको जोड लगाउने काम; हत्ते हलाइ ।
10841 उपघात ना. २. काटमार गर्ने काम; प्रहार; वध; चोट; नाश; संहार ।
10842 उपघात ना. ३. इन्द्रिय शिथिल हुने क्रिया ।
10843 उपघातक / उपघाती वि. उपघात गर्ने; प्रहार गर्ने; आघात पुऱ्याउने ।
10844 उपचर्चा ना. १. सेवा; टहल; शुश्रूषा ।
10845 उपचर्चा ना. २. उपचार; चिकित्सा ।
10846 उपचार ना. १. बिरामीका छेउमा रहेर रोग निको पार्नका निम्ति गरिने उपाय वा कार्य; ओखतीमुलो;इलाज ।
10847 उपचार ना. २. बिरामीको सेवा शुश्रूषा वा टहल चाकरी।
10848 उपचार ना. ३. देखावटी सत्कार; बनावटी मानभाउ ।
10849 उपचार ना. ४. पूजाको अङ्ग वा विधान ।
10850 उपचार ना. ५. खुसामद ।