Dictionary

All Word

10651 ऊर्ध्वगामी वि. २. मुक्त; निर्वाणप्राप्त ।
10652 ऊर्ध्वदेह ना. मरेपछि प्राप्त हुने शरीर; प्रेतशरीर ।
10653 ऊर्ध्वपातन ना. तरल पदार्थलाई बाफ बनाई मास्तिर हुत्त्याउने वा फ्याँक्ने क्रिया ।
10654 ऊर्ध्वपुण्ड्र ना. वैष्णव सम्प्रदायका अनुयायीहरूले लगाउने टिको; ठाडो टिको।
10655 ऊर्ध्वबाहु ना. १. एउटा हात देवताका नाउँमा माथि उठाइराख्ने तपस्वी | वि.
10656 ऊर्ध्वबाहु ना. २. माथितिर हात उठाएको ।
10657 ऊर्ध्वमुख वि. १. मास्तिर मुख फर्केको। ना.
10658 ऊर्ध्वमुख वि. २. आगो ।
10659 ऊर्ध्वमूल वि. १. माथितिर जरा हुने ( वेदवृक्ष) । ना.
10660 ऊर्ध्वमूल वि. २. संसार; जगत्।
10661 ऊर्ध्वरेखा ना. हात वा पैतालाको बिचमा हुने भाग्यसूचक ठाडो रेखा; भाग्यरेखा ।
10662 ऊर्ध्वरेता वि. वीर्यस्खलन नभई ऊर्ध्वगामी भएको (पूर्ण ब्रह्मचारी) ।
10663 ऊर्ध्वलोक ना. हे. स्वर्ग ।
10664 ऊर्ध्ववायु ना. डकार ।
10665 ऊर्ध्वश्वास ना. मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास।
10666 ऊर्मि ना. १. नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग ।
10667 ऊर्मि ना. २. दुःख; पीडा ।
10668 ऊर्मिल वि. लहर उठेको; छाल उठेको; तरङ्गित।
10669 ऊषर ना. हे. ऊसर ।
10670 ऊषा ना. हे. उषा ।
10671 ऊष्म ना. १. तातोपना; गर्मी; उष्णता । वि.
10672 ऊष्म ना. २. गरम; तातो; उष्ण (वस्तु आदि) ।
10673 ऊष्मवर्ण ना. उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह- यी चार वर्ण ।
10674 ऊष्मा ना. १. ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम।
10675 ऊष्मा ना. २. तातोपना; ताप; गर्मी ।
10676 ऊष्मा ना. ३. तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप ।
10677 ऊष्मीभवन ना. कुनै ध्वनि ऊष्मध्वनिमा परिवर्तित हुने प्रक्रिया ।
10678 ऊष्मीभूत वि. पृष्ठध्वनिमा घर्षण उत्पन्न भएर सास छिर्न पाउँदा उच्चरित हुने (व्यञ्जन); घृष्ट; सङ्घर्षी (व्यञ्जन)।
10679 ऊसर ना. हे. उसर ।
10680 ऊह ना. १. कुनै वस्तु वा विषयका सम्बन्धमा गरिने तर्क; विचार ।
10681 ऊह ना. २. अनुमान; अन्दाज ।
10682 ऊहापोह ना. मनमा उठ्ने अनेक प्रकारका तर्कवितर्क वा सोचविचार ।
10683 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये सातौँ स्वरवर्ण; परम्परागत रूपमा मूर्द्धास्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र नेपाली भाषामा 'रि' का रूपमा उच्चारण गरिने वर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
10684 ॠक् ना. १. पद्यमा लेखिएको वेदमन्त्र; ॠचा ।
10685 ॠक् ना. २. चार वेदमध्ये पहिलो वेद; ॠग्वेद ।
10686 ॠकार ना. १. 'ॠ ' अक्षर।
10687 ॠकार ना. २. व्यञ्जनवर्णमा ॠस्वर जोड्दा दिइने चिह्न (ृ) ।
10688 ॠक्ष ना. १. नक्षत्र; तारा।
10689 ॠक्ष ना. २. भालु।
10690 ॠक्षपति १. चन्द्रमा ।
10691 ॠक्षपति २. रामको सेनापतिका रूपमा काम गर्ने रामायणप्रसिद्ध भालु; जाम्बवान् ।
10692 ॠग्वेद ना. चार वेदमध्ये पहिलो वेद; वेदको पद्यसंहिता ।
10693 ॠग्वेदी वि. १. ॠग्वेदको ज्ञाता ।
10694 ॠग्वेदी वि. २. ॠग्वेद पाठ गर्ने वा ॠग्वेदको अनुयायी ।
10695 ॠग्वेदी वि. ३. ॠग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्राह्मण) ।
10696 ॠचा ना. पद्यमा लेखिएको वैदिक मन्त्र; वेदको पद्यसंहिता; कण्डिका ।
10697 ॠजु वि. १. बाङ्गो वा टेढो नभएको; सोझो; सरल।
10698 ॠजु वि. २. छल, प्रपञ्च नभएको; सिधासाधा; सज्जन ।
10699 ॠजु वि. ३. अनुकूल ।
10700 ॠजुता ना. १. ॠजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता ।