Dictionary

All Word

10701 ॠजुता ना. २. सौजन्य ।
10702 ॠजुता ना. ३. सरल स्वभाव वा प्रवृत्ति ।
10703 ॠण ना. पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरुलाई दिइएको धन; कर्जा; सापट; रिन ।
10704 ॠणकर्ता वि. १. ऋण काढ्ने वा ऋण लिने । ना.
10705 ॠणकर्ता वि. २. ॠण लिने मान्छे; असामी ।
10706 ॠणग्राही वि. अर्काबाट ॠण लिने; रिनमा डुबेको; ॠणी; असामी ।
10707 ॠणदाता वि. कसैलाई ॠण दिने; कर्जा दिने; साहु ।
10708 ॠणपत्र ना. १. असामीले ॠण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक ।
10709 ॠणपत्र ना. २. राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र ।
10710 ॠणमुक्त वि. लिएको ॠण तिरिसकेको; ॠणबाट छुटकारा पाएको; अॠणी ।
10711 ॠणमुक्ति / मोचन ना. ॠणबाट मुक्त हुने काम; ॠण तिरिसकेको अवस्था; रिनबाट छुटकारा ।
10712 ॠणसीमा ना. किसानहरूलाई ॠण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ॠणको अवधि; रिन फर्काउने भाका वा म्याद ।
10713 ॠणात्मक वि. ॠणका रूपमा लिइएको; ॠणरूप। विप. धनात्मक ।
10714 ॠणात्मक कण ना. धन विद्युत्कण (प्रोटोन) का वरिपरि घुमिरहने ॠण विद्युत् शक्तिको सूक्ष्म कण ।
10715 ॠणी वि. १. पछि फिर्ता गर्ने गरी कसैबाट सापट लिने; ॠ ॠण लिने (व्यक्ति) ।
10716 ॠणी वि. २. आफूलाई गरेको उपकारलाई सम्झने; कृतज्ञ; अनुगृहीत; आभारी ।
10717 ॠणी पक्ष ना. १. ॠण लिनेको पक्ष; असामीको तरफदारी ।
10718 ॠणी पक्ष ना. २. ॠणीको जमात वा डफ्फा ।
10719 ॠत वि. १. सत्य; साँचो ।
10720 ॠत वि. २. उचित; ठिक ।
10721 ॠत वि. ३. पूजा गरिएको; सम्मान गरिएको ।
10722 ॠत वि. ४. चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो | ना.
10723 ॠत वि. ५. मुक्ति; मोक्ष ।
10724 ॠत वि. ६. सृष्टिको आदि तत्त्व वा कारण ।
10725 ॠत वि. ७. ईश्वरीय नियम ।
10726 ॠतम्भरा ना. १. सत्यको धारणालाई बल दिने वा पुष्ट पार्ने चित्तवृत्ति ।
10727 ॠतम्भरा ना. २. सधैँ एकरस वा एकनास रहने सात्त्विक वृत्ति वा बुद्धि ।
10728 ॠतव्रत वि. १. साँचो बोल्ने; सत्यवादी । ना.
10729 ॠतव्रत वि. २. साँचो बोल्ने व्रत ।
10730 ॠतु ना. १. प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय ।
10731 ॠतु ना. २. प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर र वसन्त) ।
10732 ॠतु ना. ३. स्त्रीहरू गर्भधारण गर्न योग्य हुने \ रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय ।
10733 ॠतु ना. ४. आइमाईको मासिक रजःस्रावका चार दिन ।
10734 ॠतु ना. ५. आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति।
10735 ॠतु ना. ६. कुनै बोट बिरुवा आदिको फल्नेफुल्ने, उपयुक्त तथा निश्चित समय ।
10736 ॠतु अपक्षय ना. घाम, वर्षा, वायु आदि मौसमी तत्त्वद्वारा धरातल खिइने क्रिया ।
10737 ॠतुग्रह ना. यज्ञमा सोमरस हवन गर्ने पात्र ।
10738 ॠतुचर्या ना. १. ॠतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण ।
10739 ॠतुचर्या ना. २. ॠतुअनुसारको खानपिन; ॠतुअनुसारको आहारविहार ।
10740 ॠतुदान ना. सन्तानका इच्छाले ॠतुकालपछि ॠतुमती स्त्रीका साथ गरिने सम्भोग; गर्भाधान ।
10741 ॠतुमती वि. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; पन्छिएकी; रजोवती (स्त्री) ।
10742 ॠतुराज ना. वसन्त ॠतु ।
10743 ॠतुविपर्यय ना. कुनै ॠतुमा देखा पर्ने इतर ॠतुसम्बन्धी गुण वा परिस्थिति।
10744 ॠतुसन्धि ना. एउटा ॠतु सकिएर अर्को ऋतु सुरु हुने समय; दुई ॠतुका बिचको समय; दुई ॠतुको मध्यकाल ।
10745 ॠतुस्नान ना. रजस्वला भएकी स्त्रीले चौथो दिनमा गर्ने स्नान ।
10746 ॠत्विज् ना. १. यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घरमा यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा ।
10747 ॠत्विज् ना. २. प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति ।
10748 ॠद्ध वि. १. समृद्ध; सम्पन्न ।
10749 ॠद्धि ना. १. धनधान्य आदिको प्रचुरता वा अधिकता; बढिबढाउ; समृद्धि; सम्पन्नता ।
10750 ॠद्धि ना. २. उद्देश्यको सफलता; साफल्य; सिद्धि।