Dictionary

All Word

10551 उद्धव ना. ३. उत्सव; पर्व ।
10552 उद्धार ना. १. कसैलाई दयनीय वा कष्टपूर्ण स्थितिबाट उठाएर वा उतारेर उन्नत अवस्थामा पुऱ्याउने वा पार लगाउने काम;त्यसरी नै कष्ट, विपत्ति वा सङ्कटबाट छुटकारा दिलाउने काम; उपकार; भलाइ ।
10553 उद्धार ना. २. तलबाट उठाएर मास्तिर राख्ने काम; झिक्ने क्रिया ।
10554 उद्धार ना. ३. सुधार; मर्मत; जीर्णोद्धार ।
10555 उद्धारक वि. १. उद्धार गर्ने; उपकार गर्ने; सच्याउने ।
10556 उद्धृत वि. १. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश) ।
10557 उद्धृत वि. २. माथि उठाइएको; ठड्याइएको; मास्तिर तानिएको ।
10558 उद्धृत वि. ३. उखेलिएको; उक्काइएको; उक्साइएको ।
10559 उद्धृत वि. ४. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको ।
10560 उद्धृत वि. ५. खोलिएको; उधारिएको ।
10561 उद्बन्ध ना. १. पासो लगाउने वा झुन्डिने काम; उद्बन्धन ।
10562 उद्बन्ध ना. २. मास्तिरबाट कसिएको बन्धन ।
10563 उद्बन्ध ना. वि. ३. बन्धनबाट छुटेको; नबाँधिएको ।
10564 उद्बन्धन ना. हे. उद्बन्ध ।
10565 उद्बुद्ध वि. १. ज्ञान पाएको; प्रबुद्ध।
10566 उद्बुद्ध वि. २. बिउँझएको; जागेको; जागृत ।
10567 उद्बोध ना. १. बोध वा ज्ञान प्राप्त हुने काम; जागृति; जागरण ।
10568 उद्बोध ना. २. फेरि पनि हेक्का हुने स्थिति वा क्रिया; अनुस्मरण ।
10569 उद्बोधक वि. १. बोध वा ज्ञान गराउने; सम्यक् ज्ञान दिने ।
10570 उद्बोधक वि. २. सम्झना दिलाउने ।
10571 उद्बोधक वि. ३. उद्दीप्त गराउने; जगाउने ।
10572 उद्बोधन ना. १. बोध वा ज्ञान गराउने क्रिया वा भाव ।
10573 उद्बोधन ना. २. बिउँझाउने वा जाग्रत् गराउने काम ।
10574 उद्बोधित वि. बोध गराइएको; ज्ञान गराइएको ।
10575 उद्बोधनीय वि. उद्बोधन गर्न लायक; ज्ञान गराउन योग्य; बिउँझाउन उचित ।
10576 उद्भट वि. १. उत्कृष्ट; श्रेष्ठ; उत्तम; असल ।
10577 उद्भट वि. २. प्रचण्ड; प्रकाण्ड; प्रबल ।
10578 उद्भट वि. ३. ज्यादै ठुलो; अजङको ।
10579 उद्भाव ना. १. प्रत्यक्ष हुने वा अस्तित्वमा आउने काम; जन्म; उत्पत्ति; प्रादुर्भाव।
10580 उद्भाव ना. २. उद्गम; मूल ।
10581 उद्भाव ना. ३. वृद्धि; उन्नति ।
10582 उद्भाव / उद्भावना ना. १. उत्पन्न हुने वा अस्तित्वमा आउने क्रिया ।
10583 उद्भाव / उद्भावना ना. २. मनमा उब्जने अनौठो भाव वा विचार ।
10584 उद्भाव / उद्भावना ना. ३. कल्पनाबाट प्राप्त हुने भाव वा विचार ।
10585 उद्भाव / उद्भावना ना. ४. कुनै नयाँ विचार आदिलाई जनसमक्ष प्रस्तुत गर्ने सुझ वा कुरा ।
10586 उद्भावित वि. १. मनमा कल्पना गरिएको; अजमाइएको ।
10587 उद्भावित वि. २. उब्जाइएको; जन्माइएको ।
10588 उद्भास ना. १. दीप्ति; चमक; कान्ति ।
10589 उद्भास ना. २. उदय; उन्नति ।
10590 उद्भास ना. ३. मनमा हुने वैचारिक स्फुरण ।
10591 उद्भास ना. ४. विवेक; ज्ञान ।
10592 उद्भासित वि. १. सुन्दर रूपमा भएको; चमकदार; प्रज्वलित ।
10593 उद्भासित वि. २. फुरेको; उदि।
10594 उद्भासी वि. १. चहकिलो; चम्किलो; जाज्वल्यमान ।
10595 उद्भासी वि. २. प्रकटमा ल्याउने; प्रकाशित गराउने ।
10596 उद्भिद् / उद्भिद ना. १. जमिनबाट उम्रने रुख, लहरा, झार आदि वनस्पति; बोटबिरुवा ।
10597 उद्भिद् / उद्भिद ना. २. समुद्री नुन, धुलो नुन ।
10598 उद्भिद् / उद्भिद ना. वि. ३. जमिनबाट उम्रने वा निस्कने ।
10599 उद्भिद् / उद्भिद ना. ४. आँकुरा हालेको; टुसाएको ।
10600 उद्भिद् / उद्भिदविद्या ना. वनस्पतिशास्त्र ।