Dictionary

All Word

10401 उदान ना. प्राणीका शरीरमा डकार, हिक्का आदिका रूपमा माथि आउने वायु; शरीरका पाँच वायु प्राण, अपान, समान, व्यान र उदानमध्ये एक ।
10402 उदार्नु स.क्रि. हे. उधार्नु ।
10403 उदार वि. १. दिन र खान सक्ने मन भएको; मनकारी; दाता; दिलदार ।
10404 उदार वि. २. उत्तम; श्रेष्ठ; विशिष्ट ।
10405 उदार वि. ३. सङ्कुचित विचारधारा र स्वार्थदेखि टाढा रहेर विचार गर्ने ।
10406 उदारचरित वि. १. असल चरित्र भएको; सच्चरित्र ।
10407 उदारचरित वि. २. सबैलाई समान रूपले व्यवहार गर्ने ।
10408 उदारचेता वि. उदार चित्त भएको; उदारचरित ।
10409 उदारता ना. १. उदार हुनाको अवस्था वा गुण ।
10410 उदारता ना. २. उच्च तथा उत्तम विचार; हितकारी भावना ।
10411 उदारता ना. ३. ग्रामीणता नहुने र पद नाचेजस्तो हुने, काव्यका दश गुणमध्ये एक ।
10412 उदारवाद ना. १. आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित, सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त ।
10413 उदारवाद ना. २. उदार नीति भएको विचार वा म।
10414 उदारवादिता ना. उदारवादको भाव वा अवस्था ।
10415 उदारवादी वि. १. उदारवादको अनुयायी वा समर्थक; उदार विचार राख्ने ।
10416 उदारवादी वि. २. उदारतासम्बन्धी; उदार विचार भएको ।
10417 उदाराइ ना. उदार्ने काम वा प्रक्रिया; उधाराइ ।
10418 उदाराशय वि. १. उच्च विचार भएको; ठुलो उद्देश्य लिने ।
10419 उदाराशय वि. २. उदार आशय भएको ।
10420 उदारिनु क.क्रि. उदार्ने काम गरिनु ।
10421 उदारीकरण ना. राजनीतिक, आर्थिक क्षेत्रमा अँगालिने उदार नीति ।
10422 उदास वि. १. कुनै कुराको अभाव वा भावी अनिष्टको आशङ्काले मन चिन्तित र खिन्न हुने अवस्था; दिक्क; दिकदार; विरक्त ।
10423 उदास वि. २. कसैका पक्षमा नलागेको; तटस्।
10424 उदास वि. ३. दुःखी ।
10425 उदास वि. ४. नचाहिँदो खर्च गर्ने; उडन्ता ।
10426 उदास वि. ना ५. बुद्ध धर्मावलम्बी नेवार जातिको एक भेद ।
10427 उदासिलो वि. उदास लाग्ने किसिमको; उदासलाग्दो; उराठलाग्दो; नरमाइलो ।
10428 उदासी वि. १. उदास; दिकदार ना. २. सन्न्यासीको एक भेद ।
10429 उदासीन वि. १. विरक्त; उदास ।
10430 उदासीन वि. २. कसैको पक्ष नलिने; निर्लिप्त; तटस्थ; निरपेक्ष ।
10431 उदासीन वि. ३. विषयप्रपञ्चबाट अलग रहेको ।
10432 उदासीन वि. ४. सन्न्यासीको एक भेद ।
10433 उदासीन अंसियार ना. कुनै व्यापार, उद्योग आदिमा लगानी गरे तापनि त्यसप्रति कुनै वास्ता नगर्ने भागीदार वा साझेदार व्यक्ति ।
10434 उदासीनता ना. १. उदासीन हुनाको भाव वा अवस्था; विरक्ति ।
10435 उदासीनता ना. २. तटस्थता; मध्यस्थता; निर्लिप्तता ।
10436 उदासीनता ना. ३. दिग्दारी; खिन्नता ।
10437 उदासे ना. १. मसिनो फूल फुल्ने र हरिया डाँक्ला हुने एक प्रकारको झार ।
10438 उदासे ना. २. नचाहिँदो खर्च गर्ने; उडन्ता ।
10439 उदाहरण ना. १. कुनै कथन, सिद्धान्त आदिको तुलना, प्रमाण, सत्यता आदि सिद्ध गर्न प्रकट गरिने कुरा वा तथ्य; नमुना; दृष्टान्त; उपमा।
10440 उदाहरण ना. २. अनुसरण वा अनुकरण गर्न प्रोत्साहित गरिने कुनै आचरण वा क्रियाकलाप ।
10441 उदाहरणार्थ क्रि.वि. उदाहरणका लागि; उदाहरणका निम्ति ।
10442 उदाहरणीय वि. उदाहरण दिन लायक; उदाहरण दिन योग्य ।
10443 उदाहृत वि. १. भनिएको; कथित ।
10444 उदाहृत वि. २. वर्णन गरिएको; वर्णित ।
10445 उदाहृत वि. ३. उपमा वा दृष्टान्त दिइएको; उदाहरणका रूपमा प्रस्तुत ।
10446 उदित १. उदय भएको; उदाएको ।
10447 उदित २. प्रकट भएको; निस्केको ।
10448 उदित ३. उज्ज्वल; स्वच्छ ।
10449 उदित ४. प्रचलित ।
10450 उदितयौवना ना. भर्खर बैँस चढेकी स्त्री; भर्खरै जवानीमा प्रवेश गरेकी नायिका; मुग्धानायिका ।