Dictionary

All Word

10301 उत्राइनु क.क्रि. उत्रने पारिनु; उत्रन लाइनु ।
10302 उत्राउनु प्रे.क्रि. उत्रने पार्नु; उतार्नु ।
10303 उत्रिनु अ.क्रि. १. उत्रनु ।
10304 उत्रिनु अ.क्रि. २. उत्रने काम गरिनु ।
10305 उत्रुङ ना. लामो लट्ठीको छेउमा वा बिचमा फल्याक घुसारी त्यसमा टेकेर हिँड्दै खेलतमासा देखाउने र कसरत गर्ने साधन ।
10306 उत्रो वि. १. ऊजस्तो; त्यत्रो; उति ठुलो; ऊजति ठुलो ।
10307 उत्रो वि. २. धेरै ठुलो; ज्यादै ठुलो ।
10308 उत्स ना. १. बगिरहेको पानीको स्रोत वा धारा ।
10309 उत्स ना. २. झरना; छाँगो |
10310 उत्स ना. ३. भित्री भाग; चुरो; सारतत्त्व ।
10311 उत्स ना. ४. कोख ।
10312 उत्सर्ग ना. १. कुनै विशिष्ट कार्यका निम्ति कुनै कुरा छाड्ने वा त्याग्ने काम; त्याग।
10313 उत्सर्ग ना. २. छुट्ट्याउने वा अलग पार्ने काम ।
10314 उत्सर्ग ना. ३. कसैलाई दान आदि दिने काम; दान ।
10315 उत्सर्ग ना. ४. पितृका उद्देश्यले गरिने कार्य (वृषोत्सर्ग)।
10316 उत्सर्गी वि. उत्सर्ग गर्ने; त्यागी ।
10317 उत्सर्जन ना. १. छाड्ने वा त्याग्ने काम ।
10318 उत्सर्जन ना. २. दिने वा दान गर्ने काम।
10319 उत्सर्जन ना. ३. त्याग; उत्सर्ग ।
10320 उत्सर्जन ना. ४. कसैलाई कुनै पदबाट हटाउने क्रिया ।
10321 उत्सर्जित वि. त्यागिएको; उत्सर्जन गरिएको ।
10322 उत्सव ना. १. कुनै विशेष अवसरमा खुसियाली मनाउँदै धूमधामसँग गरिने सार्वजनिक पर्व वा मङ्गल कार्य ।
10323 उत्सव ना. २. सांस्कृतिक महत्त्व भएको वा राष्ट्रिय विभूतिहरूको जीवन र पुरुषार्थसँग सम्बन्धित त्यस्तो पर्व मनाइने विशेष दिन; चाडपर्व ।
10324 उत्साह ना. १. तत्परतापूर्वक कामकुरा गर्ने कुनै मनोवृत्ति; आँट; हिम्मत; साहस ।
10325 उत्साह ना. २. हौसला; उमेद ।
10326 उत्साह ना. ३. जोस; उमङ्ग; फुर्ती ।
10327 उत्साह ना. ४. प्रेरणा ।
10328 उत्साह ना. ५. वीररसको स्थायी भाव ।
10329 उत्साहक वि. उत्साह दिने; उत्साहित गर्ने; उत्साही; आँटी; साहसी ।
10330 उत्साहप्रद वि. उत्साह दिने; रउस लाग्ने ; हौसला बढाउने ।
10331 उत्साहित वि. उत्साह पाएको; प्रेरणा पाएको; हौसिएको ।
10332 उत्साही वि. उत्साह भएको; हौसला बढेको ।
10333 उत्सुक वि. १. कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठि।
10334 उत्सुक वि. २. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर ।
10335 उत्सुकता ना. उत्सुक हुनाको भाव वा अवस्था; उत्कण्ठा; सकसकी।
10336 उत्सृष्ट वि. १. उत्सर्ग भएको वा गरिएको ।
10337 उत्सृष्ट वि. २. छोडिएको; बन्धनमुक्त भएको (व्यक्ति) ।
10338 उत्सृष्ट वि. ३. उपयोगमा ल्याइएको; प्रयुक्त ।
10339 उत्सृष्ट वृत्ति ना. अरूले त्यागेको वा छाडेको अन्नले निर्वाह गर्ने वृत्ति ।
10340 उत्सृष्टाङ्क ना. कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने, कराउने, वाग्युद्ध भई जय, पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दश भेदमध्ये एक ।
10341 उत्सेचन ना. १. पानी आदि तरल पदार्थ छर्कने वा छम्कने काम; सिञ्चन ।
10342 उत्सेचन ना. २. उमालाइ; उबाल ।
10343 उत्स्वेदन ना. पानी बाफ बन्ने प्रक्रिया; जलवाष्पीकरण ।
10344 उथलपुथल ना. १. माथिको तल र तलको माथि हुने काम; उलटपुलट ।
10345 उथलपुथल ना. २. ठुलो परिवर्तन; हेरफेर; अदलबदल ।
10346 उथलपुथल ना. ३. ठुलो हलचल; चर्को आन्दोलन ।
10347 उद् उप. शब्दको अगाडि लागेर माथि, अघि, पारि, प्रबलता आदि अर्थ बुझाउने उपसर्ग (उद्बोधन, उद्‍गम, उत्तीर्ण इ.) ।
10348 उद ना. न्याउरी मुसोजस्तो, पानीमा पसी माछा मार्ने एक प्रकारको जन्तु; ओत; ओद; पानीबिरालो ।
10349 उदक ना. पानी; जल।
10350 उदक क्रिया ना. पितृहरूलाई तृप्त पार्नका लागि दिइने तर्पण; तिलाञ्जलि ।