Dictionary

All Word

10451 उदीची ना. उत्तर दिशा ।
10452 उदीच्य वि. उत्तर दिशाको; उत्तर दिशासम्बन्धी ।
10453 उदीच्य संस्कृत ना. शौरसेनीजस्ता प्राकृतलाई जन्माउने, संस्कृत भाषाको उत्तरी भाषिका ।
10454 उदीयमान वि. १. उदय भइरहेको; उदाइरहेको ।
10455 उदीयमान वि. २. पहिलेदेखि नै असल वा महान् हुने लक्षण देखिएको; होनहार; फलोन्मुख ।
10456 उदेक ना. अचम्म; गजब; आश्चर्य; ताजुब ।
10457 उदेकाइ ना. उदेकाउने क्रिया वा प्रक्रिया ।
10458 उदेकाइनु अ.क्रि. उदेक मान्ने होइनु ; छक्क परिनु ।
10459 उदेकाउनु अ.क्रि. छक्क पर्नु; अचम्म मान्नु; उदेक मान्नु ।
10460 उदेकिलो वि. उदेकलाग्दो; छक्क पार्ने खालको; अचम्मको ।
10461 उद्‍गम ना. १. उदय; आविर्भाव; प्रादुर्भाव ।
10462 उद्‍गम ना. २. मुहान; मूल ।
10463 उद्‍गम ना. ३. उत्पत्तिस्थान; पैदा हुने ठाउँ ।
10464 उद्गमन ना. सबैका सामु देखिने वा प्रकट हुने काम; उदय ।
10465 उद्गाता वि. १. यज्ञहरूमा वैदिक पाठको गायन गर्ने; सारस्वरसहित सामवेदका मन्त्र गाउने; सामवेदी ।
10466 उद्गाता वि. ना. २. वैदिक मन्त्र पाठ गर्ने व्यक्ति ।
10467 उद्गार ना. १. हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति ।
10468 उद्गार ना. २. मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रिया ।
10469 उद्गार चिह्न ना. हर्ष, आनन्द, शोक आदि बुझाउने शब्द वा वाक्यमा प्रयोग गरिने चिह्न (!) ।
10470 उद्गारित वि. १. उद्गारका रूपमा व्यक्त ।
10471 उद्गारित वि. २. मुखबाट बाहिर निकालिएको; ओकलिएको ।
10472 उद्गारी वि. १. मनको भाव प्रकट गर्ने ।
10473 उद्गारी वि. २. उद्गार निकाल्ने ।
10474 उद्गारी वि. द्ग ।
10475 उद्गीथ ना. १. वेदको गीतिसम्बद्ध भाग; गीतितत्त्व भएको वेदको अंश ।
10476 उद्गीथ ना. २. सामवेद ।
10477 उद्गीथ ना. ३. मङ्गलमय सामूहिक गान वा नारा ।
10478 उद्ग्रहण ना. ऋण, शुल्क, कर आदि असुलउपर गर्ने काम ।
10479 उद्घाटक वि. १. उद्घाटन गर्ने; खोल्ने ।
10480 उद्घाटक वि. ना. २. साँचो ।
10481 उद्घाटक वि. ३. ताल।
10482 उद्घाटन ना. १. आवरण वा पर्दा हटाउने काम ।
10483 उद्घाटन ना. २. खोल्ने वा प्रकट गर्ने, गराउने काम।
10484 उद्घाटन ना. ३. कुनै नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउनका निम्ति कुनै विशिष्ट व्यक्तिद्वारा औपचारिक उत्सव वा कृत्यका रूपमा कार्यारम्भ गरिने आधुनिक पारिपाटी ।
10485 उद्घाटित वि. उद्घाटन गरिएको; खोलिएको; उघारिएको ।
10486 उद्घोष ना. १. ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा ।
10487 उद्घोष ना. २. सार्वजनिक सूचना; जनाउ ।
10488 उद्घोष ना. ३. चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना ।
10489 उद्घोषक वि. उद्घोषणा गर्ने; सार्वजनिक सूचना दिने ।
10490 उद्घोषण / उद्घोषणा ना. १. बेसरी कराउँदै वा सबैलाई सुनाउँदै कुनै कुरा भन्ने काम ।
10491 उद्घोषण / उद्घोषणा ना. २.सरकारका तर्फबाट सार्वजनिक रूपमा कुनै महत्त्वपूर्ण कुरा वा नीतिसम्बन्धी सन्देश सार्वजनिक रूपमा प्रकट वा प्रसारित गर्ने काम; घोषणा ।
10492 उद्घोषित वि. घोषणा गरिएको; सूचना गरिएको ।
10493 उद्दण्ड वि. १. दण्ड वा लाठीका भरमा अरूलाई वशमा राख्न चाहने; आक्रामक ।
10494 उद्दण्ड वि. २. दण्डको भय नभएको; सजायको डर नभएको ।
10495 उद्दण्ड वि. ३. निडर; निर्भय ।
10496 उद्दण्ड वि. ४. कडा स्वभावको; प्रचण्ड; जन्ड ।
10497 उद्दाम वि. १. कुनै बन्धनमा नपरेको; बन्धनरहित ।
10498 उद्दाम वि. २. कडा; प्रचण्ड; उग्र ।
10499 उद्दाम वि. ३. भयङ्कर; डरलाग्दो ।
10500 उद्दिष्ट वि. १. औँल्याइएको; तोकेर देखाइएको ।