Dictionary

All Word

10201 उत्तेजना ना. १. हौसला दिने काम; प्रेरणा; प्रोत्साहन ।
10202 उत्तेजना ना. २. क्रोध; आवेश; रिस ।
10203 उत्तेजना ना. ३. भड्काउने प्रवृत्ति; खलबल्याउने चाल ।
10204 उत्तेजना ना. ४. मन चञ्चल पारी शीघ्रतापूर्वक कुनै काम गर्न प्रवृत्त गर्ने काम वा कुरा ।
10205 उत्तेजित वि. १. मानसिक उत्तेजनाले युक्त; उत्तेजनामा आएको ।
10206 उत्तेजित वि. २. हौसला पाएको; प्रेरणा मिलेको; प्रेरित; प्रोत्साहित ।
10207 उत्तेजित वि. ३. भड्काइएको; उचालिएको ।
10208 उत्तेजित वि. ४. जिस्क्याएर क्रुद्ध गराइएको; रुष्ट ।
10209 उत्तोलक ना. १. मुढो वा ढुङ्गो आदिलाई आधार बनाएर गह्रौँ वस्तु हल्लाउने वा उचाल्ने फलामे साधन; नोल ।
10210 उत्तोलक ना. २. गह्रौँ वस्तु उचाल्ने यन्त्र; क्रेन।
10211 उत्तोलक ना. ३. बिजुलीको भरेङ; लिफ्ट ।
10212 उत्तोलक ना. ४. कुनै दण्डलाई स्थिर बिन्दुमा अड्याएर चारैतिरको भाग घुमाउन सकिने यन्त्र; धुरी ।
10213 उत्तोलक ना. ५. किनबेच गर्दा सानातिना सामान तौलने साधन; तराजु ।
10214 उत्तोलक ना. वि. ६. उभ्याउने; उठाउने; उचाल्ने ।
10215 उत्तोलन ना. १. उभ्याउने वा उठाउने काम ।
10216 उत्तोलन ना. २. कुनै संस्था, दल वा यस्तै कुनै समुदायको प्रतीक चिह्नलाई विशेष अवसरमा गाडिएको दण्ड आदिमा माथि पुऱ्याएर फहराउने काम (जस्तै- ध्वजोत्तोलन, झन्डोत्तोलन ) ।
10217 उत्थान ना. १. कुनै निम्न स्थितिबाट उन्नत वा उच्च स्तरमा पुग्ने अवस्था वा भाव; समृद्ध स्थिति; उन्नति; अभिवृद्धि ।
10218 उत्थान ना. २. कामको प्रारम्भ वा थाल्नी; उठान ।
10219 उत्थान ना. ३. उठ्ने वा उभिने काम ।
10220 उत्थापक वि. १. उत्थान गराउने; उभ्याउने; उठाउने ।
10221 उत्थापक वि. २. स्थापना गर्ने; थाल्ने; सुरु गर्ने।
10222 उत्थापक वि. ३.बिउँझाउने; जगाउने ।
10223 उत्थापन ना. १. माथि उठाउने काम; उत्थान ।
10224 उत्थापन ना. २. जगाउने काम; बिउँझाउने काम ।
10225 उत्थापन ना. ३. स्थापना; प्रारम्भ ।
10226 उत्थापित वि. १. उत्थापन गरिएको।
10227 उत्थापित वि. २. स्थापित ।
10228 उत्थित वि. १. उत्थान भएको; उन्नत; समृद्ध ।
10229 उत्थित वि. २. उठेको; उभिएको ।
10230 उत्थित नरवानर ना. वानरसदृशानुगण र मानवानुगण दुवैमा पर्ने, गोडाको भरमा उठेर हिँड्ने मानवजस्तो वानर ।
10231 उत्थित मानव ना. उठेर हिँड्न सक्ने मानवानुगणभित्र पर्ने प्राचीन समयको मानव ।
10232 उत्निखेर क्रि.वि. कुनै काम वा घटना भएकै बेलामा; त्यसै समयमा; तत्काल; तुरुन्तै; उतिखेर।
10233 उत्निखेरै क्रि.वि. तुरुन्त नै; समयको प्रतीक्षा नगरीकनै; तत्कालै ।
10234 उत्पत तेल ना. रुखका विभिन्न अङ्गबाट उडेर जाने सुवासयुक्त तेल ।
10235 उत्पत्ति ना. १. जन्म; आविर्भाव; पैदा; उद्भव ।
10236 उत्पत्ति ना. २. निस्कने काम; आउने काम ।
10237 उत्पत्ति ना. ३. देखा पर्ने काम; प्रकट ।
10238 उत्पत्तिवाद ना. १. मानव समुदाय, भाषा आदि सबै कुरा कुनै ईश्वरीय तत्त्वबाट पैदा भएका हुन् भन्ने मत वा सिद्धान्त; ईश्वरवाद ।
10239 उत्पत्तिवाद ना. २. भरतको रससूत्रका व्याख्याता भट्टलोल्लटद्वारा प्रतिपादित रसको उत्पत्ति हुन्छ भन्ने सिद्धान्त ।
10240 उत्पत्तिवाद ना. ३. शब्दार्थका सम्बन्धमा अर्थबाट शब्द उत्पत्ति हुन्छ भनेर मान्ने सिद्धान्त ।
10241 उत्पन्न वि. १. पैदा भएको; जन्मेको; आविर्भू।
10242 उत्पन्न वि. २. देखावटमा आएको; निस्केको; प्रकट |
10243 उत्पन्न वि. ३. निर्माण गरिएको; बनाइएको ।
10244 उत्पन्न वि. ४. उब्जाइएको वा उब्जेको ।
10245 उत्पल ना. कमल, खास गरी नीलकमल ।
10246 उत्पात ना. १. आकस्मिक रूपमा हुने कष्टदायक कुनै घटना; उपद्रव (आगलागी, उल्कापात, भूकम्प, बाढी, महामारी इ.) ।
10247 उत्पात ना. २. अशान्ति; कोलाहल; हलचल।
10248 उत्पात ना. ३. ठुलो झैझगडा; दङ्गा ।
10249 उत्पाती वि. उत्पात गर्ने; उपद्रवी; उत्पातसम्बन्धी ।
10250 उत्पादक वि. १. जन्माउने; पैदा गर्ने ।