Dictionary

All Word

10851 उपचार ना. ६. घुस ।
10852 उपचारक वि. १. उपचार गर्ने ।
10853 उपचारक वि. २. सेवा वा टहल गर्ने।
10854 उपचारक वि. ना. ३. चिकित्सक।
10855 उपचार कक्ष ना. १. डाक्टर, वैद्य, कम्पाउन्डर आदिले व्यक्तिगत रूपमा सेवा गर्न तथा व्यवसाय चलाउन खोलेको उपचार गर्ने कक्ष ।
10856 उपचार कक्ष ना. २. कुनै संस्था वा निकायले परोपकारका निम्ति निःशुल्क जाँच गर्ने र यथाशक्ति औषधी पनि वितरण गर्ने कक्ष ।
10857 उपचार खर्च ना. कुनै कर्मचारीलाई सरकारी कामका सिलसिलामा बिरामी परेमा वा चोटपटक लागी घाइते भएमा उपचार वा तन्दुरुस्तीका लागि सम्बन्धित कार्यालय वा संस्थाबाट एकमुस्ट वा पटक पटक गरी दिइने खर्च ।
10858 उपचारात्मक वि. १. उपचारसम्बन्धी; उपचार नै प्रमुख भएको ।
10859 उपचारात्मक वि. २. कुनै रोग लागेपछि रोग निको पार्न वा रोग हटाउन गरिने (प्रक्रिया, शिक्षण इ.) ।
10860 उपचारात्मकता ना. उपचारात्मक हुनुको भाव, स्थिति वा प्रक्रिया ।
10861 उपचारी वि. उपचार गर्ने; उपचारक।
10862 उपचुनाव ना. उपनिर्वाचन।
10863 उपज ना. १. खेतबारीबाट बाली, बिरुवा, फल आदिका रूपमा उत्पन्न हुने खाद्य वस्तु ।
10864 उपज ना. २. कुनै कारखाना आदिबाट बनाइने वा तयार हुने वस्तु।
10865 उपज ना. ३. मनमा उठ्ने कुनै भावना; सुझबुझ ।
10866 उपज ना. ४. सोधखोज आदिबाट प्राप्त हुने कुनै नयाँ कुरो ।
10867 उपजाति ना. १. जातिभित्र रहेका विभिन्न भेद; जातिको एक उपभेद ।
10868 उपजाति ना. २. अघिल्लो एउटा तगण वा जगण जे भए पनि हुने गरी इन्द्रवज्रा र उपेन्द्रवज्रा छन्दको संयोगबाट बन्ने एक वार्णिक छन्द ।
10869 उपजीविका ना. प्रधान जीविकादेखि अतिरिक्त अर्को आम्दानी; फुटकर वा अतिरिक्त आय ।
10870 उपजीवी वि. अरूको आश्रय वा आधारमा जीवननिर्वाह गर्ने; परतन्त्र ।
10871 उपजीव्य वि. १. अर्काको भरोसामा बाँचेको; अर्काको आडमा जीवित रहेको ।
10872 उपजीव्य वि. ना. २. कुनै काव्यकृतिका कथावस्तुको मूल स्रोत वा आधारभूमि ।
10873 उपट्ट वि. १. चौपट्ट; बिछट्ट; औधी ।
10874 उपट्ट वि. क्रि.वि. २. अति नै; ज्यादै ।
10875 उपताल ना. समुद्रको पानी थुनिएर बनेको ताल; समुद्रको छेउछाउमा भँगालो फाटेर बनेको ताल ।
10876 उपती ना. १. कुनै काम वा खेतीपाती, रोजगार आदिबाट भएको आम्दानी; कमाइ; आय।
10877 उपती ना. २. आयस्ता ।
10878 उपत्यका ना. पहाडका फेदीको समथर जमिन; बेसी ।
10879 उपदंश ना. लिङ्गको छाला वा टोप्रामा ससाना बिमिरा निस्कने एक प्रकारको सरुवा रोग; भिरङ्गी ।
10880 उपदंशी वि. उपदंश रोगले पीडित; भिरङ्गे ।
10881 उपदफा ना. ठुलो दफाभित्रको सानो दफा; लघु अनुच्छेद; उपबन्ध ।
10882 उपदान ना. १. निवृत्तिभरण नपाईकनै सेवाबाट छुटेका कर्मचारीले पाउने वा सम्बन्धित निकायद्वारा नियमानुसार निजलाई दिइने एकमुस्ट रकम ।
10883 उपदान ना. २. कोसेली; भेट ।
10884 उपदान ना. ३. घुस ।
10885 उपदिशा ना. दुई दिशाका बिचमा रहेको दिशा; विदिशा; कोण (आग्नेय, नैऋत्य, वायव्य र ईशान ) ।
10886 उपदिष्ट वि. १. उपदेश गरिएको; अर्ती दिइएको ।
10887 उपदिष्ट वि. २. शास्त्रअनुसारको मनोहर वाक्य भन्ने अर्थ बुझाउने नाटकको एक लक्षण ।
10888 उपदेश ना. १. कसैलाई राम्रो बाटामा लगाउन वा धर्म, नीति र ज्ञानसम्बन्धी असल असल कुरा सिकाउनका निम्ति दिइने शिक्षा; अर्ती ।
10889 उपदेश ना. २. आज्ञा; निर्देश।
10890 उपदेश ना. ३. गुरुमन्त्र; दीक्षा ।
10891 उपदेश ना. ४. धर्मसम्बन्धी प्रवचन; धार्मिक व्याख्यान ।
10892 उपदेशक वि. १. उपदेश दिने; अर्ती दिने ।
10893 उपदेशक वि. ना. २. गुरु; शिक्षक; अध्यापक ।
10894 उपदेशन ना. साहित्यमा शिक्षा दिने तात्पर्य भएको नाट्यालङ्कारको एक भेद ।
10895 उपद्रव ना. १. बिजाइँ; उत्पा।
10896 उपद्रव ना. २. आकस्मिक आपत्ति; सङ्कट |
10897 उपद्रव ना. ३. हे. उपद्रो ।
10898 उपद्रवी वि. उपद्रव मचाउने; बिजाइँ गर्ने; उपद्र्याहा ।
10899 उपद्रो ना. १. कुनै दुःखद वा कष्टप्रद घटना; बिजाइँ; उपद्रव ।
10900 उपद्रो ना. २. भाँडभैलो; उधुम; उत्पा।