Dictionary

All Word

11001 उपमाता ना. वि. ३. उपमा दिने; तुलना गर्ने ।
11002 उपमान ना. १. कुनै अर्को वस्तुको बराबरी वा समानता बताउने वस्तु वा व्यक्ति; उपमेयलाई पुष्टि गर्ने तत्त्व ।
11003 उपमान ना. २. न्यायका चार प्रकारका प्रमाणमध्ये एक ।
11004 उपमित वि. उपमा दिइएको; दाँजिएको ।
11005 उपमित्र ना. मित नलगाइएको तर व्यवहारले हितैषी भएको सँगी; साधारण साथी।
11006 उपमेय वि. १. उपमा दिन योग्य; तुलना गर्न लायक ।
11007 उपमेय वि. २. वर्णन गर्न योग्य; वर्णनीय।
11008 उपमेय वि. ना. ३. विशेष गुण वा आरोप भएको वस्तु; उपमानद्वारा प्रतिपाद्य वस्तु ।
11009 उपमेयोपमा ना. दुई समान वस्तुका पर्यायक्रमले परस्परमा उपमेय र उपमान हुने उपमा अलङ्कारको एक भेद ।
11010 उपयुक्त वि. १. ठिक; उचित; मनासिब ।
11011 उपयुक्त वि. २. सुहाउँदो; चाहिँदो; अनुकूल ।
11012 उपयुक्त वि. ३. लायक; योग्य ।
11013 उपयुक्त वि. ४. चलनमा ल्याइएको; उपयोग गरिएको ।
11014 उपयुक्तता ना. उपयुक्त हुनुको भाव वा अवस्था; औचित्य ।
11015 उपयोग ना. १. कुनै वस्तुलाई उपयोग वा व्यवहारमा ल्याउने काम; प्रयोग; व्यवहार ।
11016 उपयोग ना. २. फाइदा; लाभ ।
11017 उपयोगिता ना. १. उपयोगी हुनुको भाव वा स्थिति ।
11018 उपयोगिता ना. २. काम लाग्ने वा चलनमा आउन सक्ने कुनै वस्तुको गुण वा तत्त्व ।
11019 उपयोगितावाद ना. कुनै वस्तु वा सम्बन्धको महत्त्व त्यसको भौतिक उपयोगिता वा मानव समाजको कल्याणका निम्ति निर्भर हुनुपर्छ भन्ने सिद्धान्त ।
11020 उपयोगितावादी वि. उपयोगितावादको अनुयायी वा समर्थक ।
11021 उपयोगी वि. १. काममा प्रयोग गर्न हुने वा सकिने; काम लाग्ने ।
11022 उपयोगी वि. २. चलनचल्तीमा ल्याउन सकिने; उपयोगमा ल्याउन लायक; प्रयोजनीय।
11023 उपयोगी वि. ३. ठिक; चाहिँदो; योग्य।
11024 उपयोगी वि. ४. फाइदा दिने; लाभकारी ।
11025 उपर ना. १. कसैबाट लिनुपर्ने धनमाल, श्रीसम्पत्ति आदि लिने काम; असुल ।
11026 उपर ना. ना. यो. २. माथि; मा ।
11027 उपरक्षक वि. १. पहरा बस्ने; चौकीदार ।
11028 उपरक्षक वि. २. मुख्य रक्षकका मातहतमा रहेर काम गर्ने रक्षकभन्दा एक तहमनिको रक्षक ।
11029 उपरखुट्टी ना. सुतेर वा खुट्टा भुईंमा झारी अग्लो ठाउँमा बस्ता एउटा घुँडामाथि अर्को खुट्टो अड्याएर बस्ने आसन; त्यस्तो बसाइको चाल ।
11030 उपरचट / उपरचोट वि. १. वज्र परेझैँ एक्कासि आइपरेको; माथिबाट खसेको वा झरेको (विपत्ति) ।
11031 उपरचट / उपरचोट वि. ना. २. चोटमाथिको चोट ।
11032 उपरचोट्टा वि. चोट्टालाई पनि माथ गर्ने गरी आएको धूर्त; ठग; वञ्चक ।
11033 उपरतली ना. छाद्ने र छेर्ने अवस्था वा रोग; झाडाबान्ता; दिसा र बमन; हैजा ।
11034 उपरत्न ना. खास रत्नभन्दा तल्लो र कम दर्जाको रत्न; कमसल खालको रत्न (स्फटिक, सिपी आदि) ।
11035 उपरथुपर ना. भइरहेका काममाथिको थप काम; थपमाथि थप; थपका थप ।
11036 उपरस ना. १. पारो जस्तै गुणकारी मानिएको रस वा खनिज पदार्थ ।
11037 उपरस ना. २. चित्तमा पैदा भएको निर्विकार सोचाइ; भाव (साहित्यमा)।
11038 उपराज ना. १. राजाको अनुपस्थिति वा असमर्थतामा प्रतिनिधि भएर काम गर्ने व्यक्ति ।
11039 उपराज ना. २. सामन्त राजा ।
11040 उपरान्त अव्य. कसैको अन्तमा; पछिबाट; त्यसपछि; अलिपछि; अनन्तर ।
11041 उपराष्ट्रपति ना. गणतान्त्रिक राष्ट्रमा राष्ट्रपतिको कार्यभार सघाउने वा राष्ट्रपतिको अनुपस्थिति र असमर्थतामा राष्ट्रपतिको कार्य-सम्पादनसमेत गर्ने राष्ट्रपतिभन्दा मुनिको पद ।
11042 उपरि ना. यो. माथि; उपर; हे. सर्वोपरि ।
11043 उपरिया ना. १. मालसामान किनेर बिचैमा नाफा खाई बिक्री गर्ने व्यापारी; मालसामान बोकी घरघर घुमेर बेच्ने व्यक्ति ।
11044 उपरिया ना. २. उनाऊ व्यक्ति ।
11045 उपरीक्षक ना. १. हेरविचार गर्ने व्यक्ति; अधीक्षक ।
11046 उपरीक्षक ना. २. निरीक्षकभन्दा माथिल्लो दर्जाको प्रहरी कर्मचारी ।
11047 उपरूपक ना. प्रमुख दशवटा रूपकदेखि भिन्न अठार प्रकारका दृश्यकाव्य ( नाटिका, त्रोटक, गोष्ठी, सट्टक, नाट्यरासक, प्रस्थान, उल्लाप्य, काव्य, प्रेक्षण, रासक, संलापक, श्रीगदित, शिल्पक, विलासिका, दुर्मल्लिका, प्रकरणिका, हल्लीश र भाणिका) ।
11048 उपरोक्त वि. हे. उपर्युक्त ।
11049 उपर्झट वि. १. अकस्मात् आइपरेको ।
11050 उपर्झट वि. क्रि.वि. २. अपर्झट ।