Dictionary

All Word

11101 एकेन्द्रिय ना. १. स्त्री र पुरुषजातिका शारीरिक बनोटमा भिन्नता नहुने वा एउटै लिङ्ग हुने प्राणी (गँड्यौला, जुको इ.) ।
11102 एकेन्द्रिय ना. २. इन्द्रियलाई सबै किसिमका विषयवासनाबाट हटाएर मनतिर तान्ने काम ।
11103 एकेश्वरवाद ना. समस्त सृष्टिको कर्ता, भर्ता र हर्ताका रूपमा एउटै ईश्वरको अस्तित्व मान्ने सिद्धान्त ।
11104 एकेश्वरवादी वि. एकेश्वरवादमा विश्वास गर्ने; एकेश्वरवादको अनुयायी वा समर्थक |
11105 एकैनास वि. आकार, प्रकार वा गुण आदिका दृष्टिले एउटै किसिमको; उस्तै देखिने ।
11106 एको ना. डन्डीबियो खेल्दा डन्डीले जमिन नाप्ने सिलसिलामा एकलाई जनाउने शब्द ।
11107 एकोटा वि. एक एकवटा; एकेउटा; एकौटा।
11108 एकोतार क्रि.वि. कुनै एउटै कामकुरालाई दोहोऱ्यई तेहऱ्याई; तारन्तार; बारम्बार; फेरिफेरि; लगातार ।
11109 एकोतारै क्रि.वि. एकोतार ।
11110 एकोद्दिष्ट ना. एउटा मात्र पितृका उद्देश्यले गरिने श्राद्ध; आमाबाबु वा पति आदिका तिथिमा गरिने श्राद्ध ।
11111 एकोहरिनु अ.क्रि. हे. एकोहोरिनु ।
11112 एकोहरो वि. हे. एकोहोरो ।
11113 एकोहइँ ना. हे. एकोहोऱ्याइँ ।
11114 एकोहऱ्याउनु प्रे. क्रि. एकोहोऱ्याउनु ।
11115 एकोहऱ्याहट ना. हे. एकोहोऱ्यई ।
11116 एकोहोरिनु अ.क्रि. १. कुनै कामकुरामा एकोहोरो भएर लागिपर्नु; एकसुरले काम गर्नु; एक चित्त भएर काम गर्नु ।
11117 एकोहोरिनु अ.क्रि. २. राम्रो सोचविचार नगरी एउटा पक्षको समर्थन गर्नु; एकतर्फी बन्नु ।
11118 एकोहोरिनु अ.क्रि. ३. कुनै काम वा कुरा एकातिर लाग्नु; एउटै विषय वा प्रसङ्गमा मात्र केन्द्रित हुनु ।
11119 एकोहोरिनु अ.क्रि. ४. अरूका कुरा नसुनी आफ्नै कुरामा मात्र हठ गरिरहनु ।
11120 एकोहोरो वि. १. एउटै सोचविचारमा मात्र लाग्ने; आफ्नै सुरले मात्र चल्ने; एकसुरे ।
11121 एकोहोरो वि. २. दुई तह नभएको; एकसरो ।
11122 एकोहोरो वि. ३. क्रि.वि. एकचित्त भएर ।
11123 एकोहोरो वि. ४. एकै बाजि; एकै खेप ।
11124 एकोहो ना. एकोहोरिएर काम गर्ने भाव, अवस्था क्रिया वा प्रक्रिया; एकोहोऱ्याइँ |
11125 एकौटा वि. एक एकवटा; एकेउटा; एकोटा |
11126 एकौटी वि. १. एक एकवटी; हरेककी; प्रत्येककी (स्त्री) ।
11127 एकौटी वि. २. आफ्नै मात्र हकको; एकलौटी |
11128 एक्का ना. १. एक फुट्टी मात्र भएको तासको चक्की |
11129 एक्का ना. २. एक एक घोडा मात्र नारिएको बग्गी; एकघोडे बग्गी। वि.
11130 एक्का ना. ३. समूहदेखि भिन्न; फुट्टा; ठिङ्गो, एकलो ।
11131 एक्का ना. ४. सबभन्दा बढी मन परेको ।
11132 एक्का ना. ५. अरूभन्दा श्रेष्ठ; प्रधान; मुख्य ।
11133 एक्काइस ना. १. बिस र एकको योगबाट बनेको सङ्ख्या; २१ को अङ्क। वि.
11134 एक्काइस ना. २. बिस र एकको योगले बनेको; बिस र एकका योगको ।
11135 एक्काइसौँ वि. गन्दै लैजाँदा एक्काइसमा परेको; बिस र एक्को योगको; एक्काइस सङ्ख्याको।
11136 एक्कावान ना. एकघोडे बग्गी हाँक्ने व्यक्ति; एक्का चलाउने मानिस ।
11137 एक्कासि क्रि.वि. १. अकस्मात्; सहसा; एकदम; एकाएक ।
11138 एक्कासि क्रि.वि. २. विनासोचविचार; विनाकारण |
11139 एक्ले वि. एकले; एक्लो ।
11140 एक्लो वि. कोही नभएको; एकलो |
11141 एक्सप्रेस वि. मुख्य मुख्य स्टेसनमा मात्र केही छिनका लागि अडिई अरूभन्दा छिटो गन्तव्य स्थानमा पुग्ने (गाडी, रेल, मोटर इ.)।
11142 एक्स-रे ना. शरीरभित्रका अवयवको आकृति दृष्टिगोचर गराउने एक किसिमको अदृश्य विद्युत् - किरण; क्ष-किरण ।
11143 एघार ना. १. दश र एकको योगबाट बन्ने सङ्ख्या; ११ को अङ्क । वि.
11144 एघार ना. २. दश र एकका योगले बनेको; दश र एकका योगको ।
11145 एघार दुई ना. त्रिपासाका खेलमा पन्जा, छक्का र दुवा मिलेर बन्ने एक दाउ ।
11146 एघारौँ ना. १. कुनै व्यक्ति मरेको एघारौँ दिन ।
11147 एघारौँ ना. २. मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने काजक्रिया । वि.
11148 एघारौँ ना. ३. गन्तीको क्रममा दश र एकको योगसङ्ख्यामा पर्ने; एघार सङ्ख्याको ।
11149 एजेन्ट ना. १. कुनै कल कारखाना, व्यापारिक संस्था आदिको प्रतिनिधिका रूपमा काम गर्ने व्यक्ति; गुमस्ता।
11150 एजेन्ट ना. २. अरूको प्रतिनिधिका रूपमा काम गर्ने व्यक्ति; वारिस |