Dictionary

All Word

11201 ऐँठन ना. २. दबाउ; विचाइ |
11202 ऐँठन बाज वि. शरीरलाई कऱ्याककुरुक पारी ऐँठन गर्न जान्ने (व्यक्ति) ।
11203 ऐँठा ना. ऐँठने भाव, क्रिया वा प्रक्रिया |
11204 ऐँठाउनु प्रे. क्रि. ऐँठन लाउनु ।
11205 ऐँठन क.क्रि. ऐँठने काम गरिनु; अँठ्याइनु ।
11206 ऐँठे ना. गहुँका पिठाको बाक्लो लेदोलाई बाङ्गोटिङ्गो वा घुमर्किएका आकारको बनाई घिउमा पकाएर पाकमा डुबाएको एक प्रकारको हलुवाई रोटी।
11207 ऐँठ्याइ ना. ऐँठने भाव, क्रिया वा प्रक्रिया |
11208 ऐँठ्याइनु क.क्रि. ऐँठन लाइनु; निमोठ्याइनु ।
11209 ऐँठ्याउनु स.क्रि. १. ऐँठन लाउनु; ऐँठने पार्नु ।
11210 ऐँठ्याउनु स.क्रि. २. निमोठ्न लाउनु; बटार्न लाउनु ।
11211 ऐँसेलु ना. पातला काँडा र बाक्लो झुस हुने, पोथ्रामा फल्ने, काफलका जत्रा दाना हुने र चैत, वैशाखतिर पहेँलो भएर पाक्ने, गुलियो स्वादको नरम फल ।
11212 ऐकमत्य ना. एक मत हुनाको भाव वा अवस्था; मतैक्य |
11213 ऐकान्तिक वि. १. एकान्तमा हुने वा सम्बन्ध राख्ने ।
11214 ऐकान्तिक वि. २. विशेष रूपले कुनै एक विषय, व्यक्ति आदिसित सम्बन्धित ।
11215 ऐकान्तिक वि. ३. सम्पूर्ण; पूरा ।
11216 ऐकान्तिक वि. ४. निश्चित; विश्वस्त ।
11217 ऐकान्तिक समाचार ना. १. कुनै संवाददाताले कतैबाट खोजमेल गरी वा निकाली अन्यत्र प्रकाशित हुनुभन्दा पहिले आफ्नो पत्रलाई दिएको समाचार; कुनै स्रोतबाट आफैँ प्राप्त गरेको मौलिक समाचार |
11218 ऐकान्तिक समाचार ना. २. विशेष महत्त्वको समाचार |
11219 ऐकान्तिकता ना. एकान्त हुनाको भाव वा अवस्था ।
11220 ऐकार ना. १. 'ऐ' अक्षर ।
11221 ऐकार ना. २. व्यञ्जनवर्णमाथि लाग्ने 'ऐ' को चिह्न; दोलख (ै ) |
11222 ऐक्य ना. एकता, एकत्व; मेल।
11223 ऐक्षव ना. १. उखुबाट बन्ने वा बनेको पदार्थ (सखर, चिनी आदि) ।
11224 ऐक्षव ना. २. एक प्रकारको रक्सी |
11225 ऐच्छिक वि. १. इच्छानुसारको चिताएजस्तो; इच्छामुताबिक |
11226 ऐच्छिक वि. २. दुइटामध्ये इच्छानुसार कुनै रोज्न सकिने; इच्छाधीन; वैकल्पिक |
11227 ऐच्छिक विषय ना. अभिरुचि, झुकाव तथा क्षमतानुसार शिक्षार्थीले कुनै एक वा दुई विषय आफ्नो स्वेच्छाले छान्ने व्यवस्था भएको विषय वा पाठ्यवस्तु ।
11228 ऐजन अव्य. माथि लेखिएअनुसार; माथि लेखिएबमोजिम उक्त; सो; निज।
11229 ऐजेरु / ऐझेरु ना. १. अर्कै रुखको कापमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटी; बन्दाक ।
11230 ऐजेरु / ऐझेरु ना. २. शरीरमा फुकुन्डा उठ्ने रोगविशेष |
11231 ऐटन ना. सैनिक सेवामा लप्टनभन्दा मुनिको अधिकृत; लप्टनको सहायक पल्टनियाँ अफिसर |
11232 ऐतिहासिक वि. १. इतिहासमा उल्लेख भएको; इतिहासमा वर्णन गरिएको ।
11233 ऐतिहासिक वि. २. इतिहाससम्बन्धी; इतिहासको ।
11234 ऐतिहासिक वि. ३. इतिहास जान्ने; इतिहासको ज्ञाता; इतिहासविद् ।
11235 ऐतिहासिकता ना. १. ऐतिहासिक हुनाको भाव वा अवस्था ।
11236 ऐतिहासिकता ना. २. इतिहासका दृष्टिले प्रसिद्ध हुनाको भाव वा अवस्था ।
11237 ऐतिहासिक भौतिकवाद ना. वाद र विवादको अन्तर्द्वन्द्वद्वारा दुवैको अस्तित्व समाप्त भई संवादको प्रादुर्भाव हुन्छ भन्ने हेगेलको द्वन्दात्मक दर्शन र लुडविग फेरवाकको भौतिकवादी दर्शनको सम्मिश्रण गरी मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक कसीमा लागु गरी निर्माण गरिएको तथा त्यसै आधारमा समाजलाई हेरिने दर्शन ।
11238 ऐन१ वि. ठिक; उपयुक्त (उदा. ऊ ऐन मौकामा हामीकहाँ आयो ) ।
11239 ऐन२ ना. कुनै विषयलाई व्यवस्थित रूपमा गर्न, गराउन बनेको सरकारी नियम; कानुन; विधान ।
11240 ऐन कानुन ना. सरकारका तर्फबाट बनेको नियम, कानुन वा विधिविधान ।
11241 ऐनको उल्लेख ना. १. अड्डा वा अदालतबाट कुनै कामकुराका सम्बन्धमा लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा, उपदफा आदिको हुलिया ।
11242 ऐनको उल्लेख ना. २. फलाना ऐनको फलानो नम्बर (दफा, उपदफा) ले यस्तो भएको र यस्तो हुनुपर्छ भनी देखाइएको ऐनको नजिर; नजिरको उल्लेख |
11243 ऐनको म्याद ना. कुनै विषयमा कानुनी कामकारबाही कहिले सुरु गर्ने वा समाप्त गर्ने भनी ऐनमा तोकिएको समय ।
11244 ऐनखाना ना. कानुनविभाग ।
11245 ऐन बर्खिलाप वि. १. ऐन, कानुनविरुद्ध ।
11246 ऐन बर्खिलाप वि. २. कानुनका दृष्टिले आपत्तिजनक ।
11247 ऐन सवाल ना. १. ऐन, कानुन र त्यसअन्तर्गत बनेका नियम, उपनियम आदि।
11248 ऐन सवाल ना. २. अड्डाअदालतलाई जारी गरिएको सवाल र ऐन ।
11249 ऐना ना. पृष्ठ भागमा पारो लगाएर अनुहार आदि हेर्नका लागि अपारदर्शी बनाइएको सिसा; दर्पण |
11250 ऐनाघर ना. दियो छोप्ने लम्फाका आकारको ऐनाको घर ।