Dictionary

All Word

11251 ऐन्द्र वि. १. इन्द्रसम्बन्धी; इन्द्रको ना.
11252 ऐन्द्र वि. २. पाणिनिपूर्वका संस्कृत व्याकरणको परिपाटीमध्ये एक ।
11253 ऐन्द्रकूट वि. इन्द्रकूट पर्वतसम्बन्धी ।
11254 ऐन्द्रजाल ना. चटकीको विद्या; इन्द्रजालीको विद्या; जादु; टुनामुना ।
11255 ऐन्द्रजालिक वि. इन्द्रजाल विद्या जान्ने; जादु विद्या जान्ने; चटक गर्ने; चटकी ।
11256 ऐपन ना. १. प्रायः कूर्माञ्चलका बासिन्दाहरूले विवाह, व्रतबन्ध आदि र अन्य धार्मिक कृत्य गर्दा चामलका पिठाको लेदो बनाई हाल विभिन्न बुट्टाका आकारका रेखी ।
11257 ऐपन ना. २. जिउँती |
11258 ऐब ना. दोष; खोट; अयब ।
11259 ऐबी वि. खोट लागेको; दोषयुक्त ।
11260 ऐभाँत ना. १. स्त्रीको पति भएको अवस्था; सधवापन ।
11261 ऐभाँत ना. २. स्त्रीको सौभाग्य ।
11262 ऐभाँतिनी वि. १. ऐभाँती | ना.
11263 ऐभाँतिनी वि. २. ऐभाँती नारी ।
11264 ऐभाँती वि. पति भएकी; सधवा; सौभाग्यवती ।
11265 ऐभारा ना. अभिभारा; दायित्व; उत्तरदायित्व; सिरोभरो ।
11266 ऐया वि.बो. चोटपटक लाग्दा, शरीर दुख्दा वा थाक्दा मुखबाट निस्कने शब्द (उदा.- ऐया, धेरै हाँसियो बा, आज त ) |
11267 ऐया आमा वि.बो. हे. ऐया ।
11268 ऐया बाबा वि.बो. हे. ऐया ।
11269 ऐयार ना. १. गोप्य कार्यका लागि तैनाथ गरिएको विशेष व्यक्ति; जासुस; गुप्तचर | वि.
11270 ऐयार ना. २. बाठो; चलाख; चख ।
11271 ऐयारी ना. १. चलाखी ।
11272 ऐयारी ना. २. धूर्तता ।
11273 ऐयारी ना. ३. ऐयारले गर्ने काम ।
11274 ऐयास वि. खुब ऐसआराम गर्ने; विषयसुखको खुब आनन्द लिने; भोगविलासमा खुब रम्ने ;ऐयासी गर्ने ।
11275 ऐयासी ना. १. भोगविलास, मोज; मोजमज्जा | वि.
11276 ऐयासी ना. २. ऐयास ।
11277 ऐराकी वि. नाच्न, गाउनमा निकै सिपालु; नाचगानमा दक्ष।
11278 ऐरावत ना. १. इन्द्रले चढ्ने हात्ती; चार दिग्गजमध्ये पूर्व दिशाको दिग्गज ।
11279 ऐरावत ना. २. इन्द्रधनु; इन्द्रेणी ।
11280 ऐरावत ना. ३. बिजुली चम्केको ल बादल ।
11281 ऐरी ना. १. एक प्रकारको भूतप्रेत ।
11282 ऐरी ना. २. सिकारी ।
11283 ऐरी ना. ३. क्षेत्री वा पावई जातिको एक थर ।
11284 ऐरेगैरे वि. १. कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने ।
11285 ऐरेगैरे वि. २. चानचुने; भारेभुरे; विनामहत्त्वको ।
11286 ऐरेलु ना. जङ्गलमा पाइने एक प्रकारको तितो काँक्रो ।
11287 ऐरेलो ना. कुनै वस्तु वा मालसामान आदिको थुप्रो; अव्यवस्थित रूपमा रहेको डङ्गुर; ओइरो |
11288 ऐरो ना. १. प्रायः जलबाट मारेर ल्याइएको सिकार ।
11289 ऐरो ना. २. सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु ।
11290 ऐरो ना. ३. ओइरो |
11291 ऐरोखेदो ना. खुरन्धार; लट्टो लिने काम ।
11292 ऐरोपैरो ना. १. अप्ठेरो काम; पार लगाउन मुस्किल पर्ने काम ।
11293 ऐरोपैरो ना. २. गाह्रोसाङ्ग्रो ।
11294 ऐल ना. १. इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा ।
11295 ऐल ना. २. मङ्गल ।
11296 ऐलानी ना. १. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा।
11297 ऐलानी ना. २. आबादी गर्नका निमित्त फुकाइएको पर्ती जग्गा । वि.
11298 ऐलानी ना. ३. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको ।
11299 ऐले क्रि.वि. है. अहिले; यस बेला ।
11300 ऐश्वर्य ना. १. श्रीसम्पत्ति; धनसम्पत्ति; विपुल धनराशि ।