Dictionary

All Word

11401 ओज ना. ३. प्राणीलाई स्वस्थ राख्ने शारीरिक गुण ।
11402 ओज ना. ४. काव्यको एक गुण ।
11403 ओजन ना. हे. वजन।
11404 ओजस्विता ना. १. ओजस्वीपन; तेजस्विता ।
11405 ओजस्विता ना. २. तेज; स्फूर्ति ।
11406 ओजस्वी वि. शरीरमा शक्ति वा स्फूर्ति भएको; ओज भएको; प्रतापी; प्रभावशाली ।
11407 ओजस्वी राजन्य ना. राजारानी, राजपरिवारका सदस्य वा राष्ट्राध्यक्ष र उनकी पत्नीलाई प्रदान गर्ने उद्देश्यले १९९१ सालमा स्थापित एक तक्मा ।
11408 ओझा ना. १. ब्राह्मण आदि जातिको एक थर ।
11409 ओझा ना. २. झाँक्री; धामी ।
11410 ओझाइ ना. ओझाउने भाव, क्रिया वा प्रक्रिया ।
11411 ओझाइनु क. क्रि. ओझाउने काम गरिनु ।
11412 ओझाउनु स.क्रि. १. आगाको चर्को रापलाई घटाएर केही मलिन बनाउनु; आगाको आँच कम गर्नु । अ.क्रि.
11413 ओझाउनु स.क्रि. २. आगाको राप घटेर केही मलिनु हुनु; आगाको आँच कम हुनु; ओझिनु ।
11414 ओझिनु अ.क्रि. आगाको राप घटेर केही मलिन हुनु; आगाको आँच कम हुनु ।
11415 ओझिनी ना. १. ओझा थरकी ब्राह्मणी; ओझाकी पत्नी ।
11416 ओझिनी ना. २. आइमाई धामी; धमिनी ।
11417 ओझेल ना. १. केही वस्तुले प्रकाश छेक्नाले बनेको छाया; घाम छेकिएको ठाउँ; सियाँल ।
11418 ओझेल ना. २. छहारी ।
11419 ओझेली ना. गीत आदिमा प्रयोग हुने ओझेलको रूप ।
11420 ओट्नु स.क्रि. कपास आदिबाट बियाँ झिक्नु; उइँटनु ।
11421 ओटाइ ना. ओट्ने क्रिया वा प्रक्रिया ।
11422 ओटाइनु क. क्रि. ओट्ने काम गरिनु ।
11423 ओटाउनु प्रे. क्रि. ओट्न लगाउनु ।
11424 ओट ना. कसैको पक्ष लिने काम; तरफदारी; पक्षग्रहण; धुरा ।
11425 ओटा प्रत्यय. सङ्ख्यावाची शब्दका पछिल्तिर लागेर थान बुझाउने एउटा प्रत्यय (चारोटा, पाँचोटा इ.) ।
11426 ओटालो ना. घरअगाडिको सफा, सम्म ठाउँ; घरको आँगन ।
11427 ओटिलो ना. ओट्ने काम भएको ।
11428 ओठ ना. मुख ढाक्ने अवयव ।
11429 ओठ काट्यो ना. 'ट' वर्णका लागि प्रारम्भिक कक्षाका विद्यार्थीका निम्ति प्रयोग गरिने शब्द; टकार ।
11430 ओठ मिलायो ना. 'ठ' वर्णका लागि प्रारम्भिक तहका विद्यार्थीका निम्ति प्रयोग गरिने शब्द; ठकार; कण्ठ मिलायो ।
11431 ओठे वि. १. नसुहाँउदो किसिमले मोटो वा भद्दा ओठ भएको वा हुने ।
11432 ओठे वि. २. धेरै ओठ चलाउने; धेरै मुख चलाउने; मुखाले, बझुवा; झगडालु।
11433 ओठे जबाफ ना. १. सोचविचार नगरीकन तत्काल दिइने जवाफ, ठाडाठाडै दिइने जवाफ ।
11434 ओठे जबाफ ना. २. अशिष्ट किसिमको रुखो वा ठाडो जवाफ ।
11435 ओड ना. हे. ओट ।
11436 ओडव ना. सात स्वरमध्ये पाँच स्वर मात्र प्रयोग हुने सङ्गीतको राग ।
11437 ओडा ना. १. स्थानीय क्षेत्रको निर्वाचनमा एकजना जनप्रतिनिधि छानिन तोकिएको क्षेत्र ।२. कसैका अधिकारभित्रको इलाका वा क्षेत्र ।
11438 ओडा अध्यक्ष ना. गाउँ वा नगरका ओडाको अध्यक्ष ।
11439 ओडा समिति ना. सम्बन्धित ओडाका नगर सभासद् वा गाउँ सभासद्को समिति।
11440 ओडार ना. १. पहाडको पाखाभित्तामा मानिस वा अन्य जीवजन्तु बस्न हुने किसिमले बनेको खोपाको आकारको खाली ठाउँ; गुफा।
11441 ओडार ना. २. पहाड, पर्वतमा बनेको ठुलो प्वाल; भ्वाङ; भड्खारो; कन्दरा ।
11442 ओडाल्नु स.क्रि. ढिडो वा अन्य लेदो पदार्थ पकाउँदा पन्युँ, दाबिलो आदि साधनले राम्ररी मिल्ने गरी बेसरी चलाउनु; मस्काउनु; हुँडल्नु।
11443 ओडालाइ ना. ओडाल्ने वा ओडालिने किसिम, क्रिया वा भाव ।
11444 ओडालिनु क.क्रि. १. ओडाल्ने काम गरिनु; हुँडलिनु । अ.क्रि.
11445 ओडालिनु क.क्रि. २. मनमा धेरै कुरा खेल्नु; धेरै पिर पर्नु ।
11446 ओडो क्रि.वि. ओट नजिक; ओर; वरतिर ।
11447 ओढ्नु स.क्रि. १. जाडो आदिबाट बच्नाका निम्ति न्यानो कुनै लुगाले जम्मै जिउ वा कुनै अङ्ग मात्र छोप्नु; ओढ्नेले जिउ ढाक्नु ।
11448 ओढ्नु स.क्रि. २. घामपानीबाट बच्न छाता, घुम, छत्री आदि साधनले शरीर ढाक्नु ।
11449 ओढनी ना. गजाले रेटेर बजाइने तीनतारे बाजा ।
11450 ओढाइ ना. ओढ्ने भाव, क्रिया वा प्रक्रिया ।