Dictionary

All Word

11501 ओबटाइ ना. ओबट्ने भाव, क्रिया वा प्रक्रिया ।
11502 ओबटाउनु प्रे. क्रि. ओबट्ने काम गराउनु ।
11503 ओबटिनु क.क्रि. ओबट्ने काम गरिनु ।
11504 ओबाइ ना. ओबाउने भाव, क्रिया वा प्रक्रिया ।
11505 ओबाइनु क.क्रि. १. ओबानो पारिनु; सुकाइनु । अ.क्रि.
11506 ओबाइनु क.क्रि. २. ओबानो होइनु ।
11507 ओबाउनु स.क्रि. १. ओबानो पार्नु । अ.क्रि.
11508 ओबाउनु स.क्रि. २. ओबानो हुनु ।
11509 ओबानु / ओबानो वि. १. पानी वा चिसोपन नभएको; पानी सुकेको; सुखो; सुक्खा; ओमानु , ओभानो ।
11510 ओबानु / ओबानो वि. २. सिँदुर नभएको ( सिउँदो) ।
11511 ओभर वि.बो. १. आकाशवाणीमा कसैसँग कुराकानी गर्दा समाप्त भएको जनाउने शब्द । वि.
11512 ओभर वि.बो. २. सकिएको, समाप्त ।
11513 ओभरकोट ना. घाँटीदेखि पिँडुलासम्म आउने एक किसिमको लामो कोट; ह्वार्लाङ्गे कोट ।
11514 ओभरटाइम ना. कुनै कामकुरा गर्दा निर्धारित समयभन्दा बढी समय; अतिरिक्त समय ।
11515 ओभरटाइम भत्ता ना. ओभरटाइममा काम गरेबापत पाउने अतिरिक्त पारिश्रमिक ।
11516 ओभरलोड ना. बोक्न सक्ने वा अटाउन सक्नेभन्दा बढी भारी; थाम्न सक्नेभन्दा बढी बोझ ।
11517 ओभरसियर ना. घर, पुल, बाटो आदि बनाउने कामको निरीक्षक; इन्जिनियरभन्दा तल्लो दर्जाको विशेषज्ञ ।
11518 ओभरहल ना. साइकल, मोटर आदि यान्त्रिक सरसामानको पूरै मरम्मत, सरसफाइ आदि ।
11519 ओभाइ ना. हे. ओबाइ ।
11520 ओभाइनु क.क्रि. ओबाइनु।
11521 ओभाउनु स.क्रि. ओबाउनु ।
11522 ओभानु / ओभानो वि. हे. ओबानू ।
11523 ओमराह ना. प्राचीनकालमा उपत्यकाबाहिर सैनिक तैनाथ गर्न खडा गरिएको पद; उमराव ।
11524 ओर क्रि.वि. १. नजिक; वर; वरतिर । ना. यो.
11525 ओर क्रि.वि. २. नजिक (उदा.- म ओर आऊँ कि?) ।
11526 ओर पश्चिमा ना. १. अछाम, बाजुरा र बझाङमा बोलिने नेपाली भाषाको कुनै एक भाषिका । वि.
11527 ओर पश्चिमा ना. २. निकटपच्छिमी ।
11528 ओर्ल्हनु अ.क्रि. हे. ओर्लनु ।
11529 ओरा वि. थोरै; 'अत्यन्त धेरै' भन्ने अर्थ जनाउन प्रश्नवाचक र निषेधवाचक वाक्यमा प्रयोग गरिने शब्द । (उदा.- ओरा आनन्द लुटियो र? ओरा आनन्द लुटिएन ) ।
11530 ओराङ्गुटन ना. बोर्नियो र सुमात्राका टापुका जङ्गलमा पाइने वनमान्छे ।
11531 ओराल्नु स.क्रि. कुनै व्यक्ति वा वस्तुलाई माथिबाट तलतिर झार्नु; तलतिर ल्याउनु; ओह्राल्नु ।
11532 ओरालिनु क.क्रि. ओराल्ने काम गरिनु; ओह्रालिनु ।
11533 ओराली ना. हे. ओरालो ।
11534 ओराली उकाली ना. १. ओरालो र उकालो ।
11535 ओराली उकाली ना. २. उत्थान र पतन ।
11536 ओरालो ना. १. तलतिर ढाल परेको स्थल; भिरालो ठाउँ; ओह्रालो । वि.
11537 ओरालो ना. २. ओर्लनुपर्ने; भिरालो ।
11538 ओरी क्रि.वि. आत्मीय; आफन्त; पक्षधर ।
11539 ओरी ना. बदमासी; ओऱ्याइँ ; उपद्रयाइँ ।
11540 ओर्कनुफर्कनु स.क्रि. १. ओर्कीफर्की गर्नु; बराबर फर्कनु ।
11541 ओर्कनुफर्कनु स.क्रि. २. ओल्टनुपल्टनु ।
11542 ओर्काइफर्काइ ना. ओर्कने फर्कने क्रिया वा प्रक्रिया; ओल्टाइपल्टाइ ।
11543 ओर्कीफर्की ना. १. फेरि फेरि फर्केर आउने, हेर्ने वा केही गर्ने क्रिया ।
11544 ओर्कीफर्की ना. २. कोल्टे फर्काइ।
11545 ओऱ्याइँ ना. नचाहिँदो काम; उपद्रव; उपद्रयाइँ; ओह्याइँ ।
11546 ओर्लनु अ.क्रि. १. माथिबाट तलतिर झर्नु; ओरालो लाग्नु ।
11547 ओर्लनु अ.क्रि. २. घरगृहस्थी तथा अन्य व्यवहार बिग्रँदै जानु; घरङ्घाट हुनु; अवनति हुनु ।
11548 ओर्लाइ ना. ओर्लने किसिम, क्रिया वा भाव ।
11549 ओर्लिनु अ.क्रि. ओर्लेको होइनु; ओर्लनु ।
11550 ओल ना. १. एकै भेट्नामा लामा लामा धेरै पात हुने बाँकाको जस्तो निलो फूल फुल्ने, हरियो घोगामा राता, पहेँला फल फल्ने र ठुलो कन्द हुने सानो एक बोट; एक प्रकारको जङ्गली कन्द; ओलक; सूरण। वि.