Dictionary

All Word

11551 ओल ना. २. भिजेको; चिसो ।
11552 ओलक / ओलख ना. १. मोही, रैतीहरूले तल्सिङलाई दिन ल्याउने कोसेली; वलक।
11553 ओलक / ओलख ना. २. करको एक प्रकार ।
11554 ओलके वि. ओलक दिने; ओलकसम्बन्धी; ओलकको; ओल्के ।
11555 ओलन ना. १. गाईभैँसी दुहुँदा दुहुनेले बाछापाडाका निम्ति थुनमै अड्कलेर छोडिएको दुध ।
11556 ओलन ना. २. दुध ।
11557 ओला ना. असिना ।
11558 ओलिन्काठ ना. हे. उलिन्काठ ।
11559 ओलेँसी ना. भोजन स्वादिलो र रुचिकर बनाउन साथमा खाइने पदार्थ; सितन ।
11560 ओल्किनु स.क्रि. बिहेमा दमाईंहरूले जन्तीलाई बाजागाजा बजाई साथ लिएर जानु ।
11561 ओल्चिनु अ.क्रि. १. अर्काको मानमर्यादा नराखी वा अदब, डर, धाक आदि नमानी कुरा गर्नु; हेपेर वा होच्याएर कुरा गर्नु ।
11562 ओल्चिनु अ.क्रि. २. कसैलाई अलग गर्नु; छुट्याउनु ।
11563 ओल्छिनु अ.क्रि. सागपात आदि हरियो तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही ओल्टाइपल्टाइ पार्दा पाकेजस्तो हुनु ।
11564 ओल्छ्याइ ना. ओल्छिने किसिम, क्रिया वा भाव।
11565 ओल्छ्याउनु स.क्रि. सागपात आदि हरिया तरकारी घिउतेलमा वा त्यसै ओइरिएर केही बेर ओल्टाइपल्टाई गरी पाकेजस्तो बनाउनु ।
11566 ओल्टनु अ.क्रि. एकातिर फर्कनु; उल्टनु ।
11567 ओल्टनुपल्टनु अ.क्रि. ओर्कनुफर्कनु ।
11568 ओल्टाइपल्टाइ ना. धेरै पल्टाइरहने क्रिया वा प्रक्रिया; ओर्काइफर्काइ ।
11569 ओल्टाकोल्टा ना. १. यताउता फर्कने क्रिया; ओर्कनेफर्कने क्रिया; ओल्टनेपल्टने क्रिया । क्रि.वि.
11570 ओल्टाकोल्टा ना. २. यताउता; अगलबगल; वरपर ।
11571 ओल्टाकोल्टा ना. ३. कताकति ।
11572 ओल्टी ना. १. ऋण लिएबापत कसैलाई बन्धक राख्ने क्रिया; बाँधा राख्ने क्रिया ।
11573 ओल्टी ना. २. ऋण लिएबापत बन्धक बसेको मानिस ।
11574 ओल्टो वि. सोझो दृष्टि नपर्ने; आँखासामु नपर्ने (ठाउँ) ।
11575 ओल्टोकोल्टो क्रि.वि. हे. ओल्टाकोल्टा ।
11576 ओल्ट्याङपल्ट्याङ ना. १. बारबार पल्ट्याङ खाने काम; पल्टनबाजी खाने काम; ओल्ड्याङबल्ड्याङ । हे. ओल्टाइपल्टाइ ।
11577 ओल्ड्याङबल्ड्याङ ना. हे. ओल्ट्याङपल्ट्याङ ।
11578 ओल्सनु / ओल्सिनु अ.क्रि. हे. ओल्छिनु ।
11579 ओल्स्याइ ना. ओल्सने वा ओल्स्याउने क्रियाप्रक्रिया ।
11580 ओल्स्याइनु क.क्रि. ओल्सने पारिनु ।
11581 ओल्स्याउनु प्रे. क्रि. ओल्सने पार्नु वा पार्न लगाउनु ।
11582 ओल्स्याहट ना. ओल्सिने क्रियाप्रक्रिया ।
11583 ओषधि / ओषधी ना. १. औषधीका रूपमा वा औषधीका काममा प्रयोग हुने जडीबुटी; वनस्पति ।
11584 ओषधि / ओषधी ना. २. फल पाकेपछि सुक्ने बोटबिरुवा ।
11585 ओषधि / ओषधीनाथ ना. चन्द्रमा ।
11586 ओष्ठ ना. ओठ ।
11587 ओष्ठस्थानी वि. ओठबाट वा ओठमा ठक्कर लागेर उच्चरित हुने (वर्ण; ओष्ठस्थानबाट उच्चरित हुने; ओष्ठस्थान भएको; ओष्ठ्य ( उ र पवर्गका वर्ण) ।
11588 ओष्ठ्य वि. १. ओठसम्बन्धी; ओठको ।
11589 ओष्ठ्य वि. २. ओष्ठस्थानबाट उच्चारण हुने (वर्ण) | ना.
11590 ओष्ठ्य वि. ३. ओष्ठस्थानीय वर्ण ( प, फ, ब, भ, म इ.) ।
11591 ओष्ठ्यदन्त्य वि. तल्लो ओठलाई माथिल्लो दाँतले छोएर उच्चारण गरिने (व्यञ्जन); दन्तोष्ठ्य ।
11592 ओस ना. १. रातिको चिसो हावाबाट पानी बनेर बर्सने जलकण; शीत ।
11593 ओस ना. २. भुइँको चिसो; चिस्यान ।
11594 ओस ना. ३. हावामा हुने पानीको अंश । ओस चाटेर तिर्खा मर्दैन ( उखान )।
11595 ओसरा ना. मूलढोकाबाहिरको दलान; सिकुवा ।
11596 ओसराउनु अ.क्रि. गाईभैँसीले बाली हुन वा साहा खोज्न लाग्नु; खेदिनु; सेपिनु ।
11597 ओसाइ ना. ओसाउने किसिम, क्रिया वा भाव।
11598 ओसाइनु अ.क्रि. ओसाएको होइनु ।
11599 ओसाउनु अ.क्रि. १. ओस वा सर्दी लाग्ने किसिमको हुनु; ओसिलो हुनु; चिसो हुनु; ढाडिनु ।
11600 ओसाउनु अ.क्रि. २. तातो वस्तु चिसो हुनु; सेलाउनु; ओथाउनु ।