Dictionary

All Word

11701 ऊर्ध्ववायु ना. डकार ।
11702 ऊर्ध्वश्वास ना. मर्ने बेलामा वेगसँग बढेको सास; आखिरी अवस्थाको सास।
11703 ऊर्मि ना. १. नदी, समुद्र आदिमा हावा आदिले ल्याउने छाल; लहर; तरङ्ग ।
11704 ऊर्मि ना. २. दुःख; पीडा ।
11705 ऊर्मिल वि. लहर उठेको; छाल उठेको; तरङ्गि।
11706 ऊषर ना. हे. ऊसर ।
11707 ऊषा ना. हे. उषा ।
11708 ऊष्म ना. १. तातोपना; गर्मी; उष्णता ।
11709 ऊष्म ना. वि. २. गरम; तातो; उष्ण (वस्तु आदि) ।
11710 ऊष्मवर्ण ना. उच्चारण गर्दा बढ्ता श्वास खर्च गर्नुपर्ने श, ष, स, ह- यी चार वर्ण ।
11711 ऊष्मा ना. १. ज्यादै गर्मी हुने समय; ग्रीष्म ऋतु; गर्मीको याम।
11712 ऊष्मा ना. २. तातोपना; ताप; गर्मी ।
11713 ऊष्मा ना. ३. तातो पानीबाट धुवाँका रूपमा निस्कने जलकणको समूह; बाफ; भाप ।
11714 ऊष्मीभवन ना. कुनै ध्वनि ऊष्मध्वनिमा परिवर्तित हुने प्रक्रिया ।
11715 ऊष्मीभूत वि. पृष्ठध्वनिमा घर्षण उत्पन्न भएर सास छिर्न पाउँदा उच्चरित हुने (व्यञ्जन); घृष्ट; सङ्घर्षी (व्यञ्जन)।
11716 ऊसर ना. हे. उसर ।
11717 ऊह ना. १. कुनै वस्तु वा विषयका सम्बन्धमा गरिने तर्क; विचार ।
11718 ऊह ना. २. अनुमान; अन्दाज ।
11719 ऊहापोह ना. मनमा उठ्ने अनेक प्रकारका तर्कवितर्क वा सोचविचार ।
11720 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये सातौँ स्वरवर्ण; परम्परागत रूपमा मूर्द्धास्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र नेपाली भाषामा 'रि' का रूपमा उच्चारण गरिने वर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न ।
11721 ॠक् ना. १. पद्यमा लेखिएको वेदमन्त्र; ॠचा ।
11722 ॠक् ना. २. चार वेदमध्ये पहिलो वेद; ॠग्वेद ।
11723 ॠकार ना. १. 'ॠ ' अक्षर।
11724 ॠकार ना. २. व्यञ्जनवर्णमा ॠस्वर जोड्दा दिइने चिह्न (ृ) ।
11725 ॠक्ष ना. १. नक्षत्र; तारा।
11726 ॠक्ष ना. २. भालु।
11727 ॠक्षपति १. चन्द्रमा ।
11728 ॠक्षपति २. रामको सेनापतिका रूपमा काम गर्ने रामायणप्रसिद्ध भालु; जाम्बवान् ।
11729 ॠग्वेद ना. चार वेदमध्ये पहिलो वेद; वेदको पद्यसंहिता ।
11730 ॠग्वेदी वि. १. ॠग्वेदको ज्ञाता ।
11731 ॠग्वेदी वि. २. ॠग्वेद पाठ गर्ने वा ॠग्वेदको अनुयायी ।
11732 ॠग्वेदी वि. ३. ॠग्वेदका मन्त्रहरूद्वारा संस्कार गरिने (ब्राह्मण) ।
11733 ॠचा ना. पद्यमा लेखिएको वैदिक मन्त्र; वेदको पद्यसंहिता; कण्डिका ।
11734 ॠजु वि. १. बाङ्गो वा टेढो नभएको; सोझो; सरल।
11735 ॠजु वि. २. छल, प्रपञ्च नभएको; सिधासाधा; सज्जन ।
11736 ॠजु वि. ३. अनुकूल ।
11737 ॠजुता ना. १. ॠजु हुनाको भाव वा अवस्था; सोझोपना; सरलता; साधुता ।
11738 ॠजुता ना. २. सौजन्य ।
11739 ॠजुता ना. ३. सरल स्वभाव वा प्रवृत्ति ।
11740 ॠण ना. पछि फिर्ता दिनेलिने सर्तमा अरूसँग लिइएको वा अरुलाई दिइएको धन; कर्जा; सापट; रिन ।
11741 ॠणकर्ता वि. १. ऋण काढ्ने वा ऋण लिने ।
11742 ॠणकर्ता वि. ना. २. ॠण लिने मान्छे; असामी ।
11743 ॠणग्राही वि. अर्काबाट ॠण लिने; रिनमा डुबेको; ॠणी; असामी ।
11744 ॠणदाता वि. कसैलाई ॠण दिने; कर्जा दिने; साहु ।
11745 ॠणपत्र ना. १. असामीले ॠण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक ।
11746 ॠणपत्र ना. २. राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र ।
11747 ॠणमुक्त वि. लिएको ॠण तिरिसकेको; ॠणबाट छुटकारा पाएको; अॠणी ।
11748 ॠणमुक्ति / मोचन ना. ॠणबाट मुक्त हुने काम; ॠण तिरिसकेको अवस्था; रिनबाट छुटकारा ।
11749 ॠणसीमा ना. किसानहरूलाई ॠण दिँदा लागत र उत्पादनका आधारमा सुहाउँदो गरी तोकिएको ॠणको अवधि; रिन फर्काउने भाका वा म्याद ।
11750 ॠणात्मक वि. ॠणका रूपमा लिइएको; ॠणरूप।