Dictionary

All Word

11851 एकचित्त क्रि.वि. १. मन वा चित्तलाई अन्त नडुलाईकन एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र मन लगाएर; एकाग्र भएर; एकोहोरो मनले ।
11852 एकचित्त क्रि.वि. वि. २. एउटा कुरामा मात्र ध्यान दिएको; एकाग्र ।
11853 एकचुल्ठे वि. १. एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको ।
11854 एकचुल्ठे वि. ना. २. एक चुल्ठो पारी बाटिएको कपाल ।
11855 एकचोटि क्रि.वि. एकपटक; एकझमट; एकपल्ट ।
11856 एकछत्त वि. ठुलो सानो, राम्रोनराम्रो र जुठोचोखोको कुनै भेदभाव नभएको; सबै उस्तै भएको; एकनास; समान ।
11857 एकछत्र वि. १. एउटै व्यक्तिको प्रभुता वा अधिकारभित्र रहेको; एकै जनाको शासनाधिकारभित्र रहेको; एउटै शासकद्वारा शासित (राज्य आदि) ।
11858 एकछत्र वि. ना. २. एकतन्त्र ।
11859 एकछाक ना. १. एक दिनमा कुनै पनि समय एकपल्ट मात्र खाना खाने काम; त्यसरी खाइने खाना ।
11860 एकछाक ना. २. एकछाकी; हविष्य भोजन |
11861 एकछाकी/एकछाके ना. १. व्रत आदिका लागि वा स्वास्थ्यका दृष्टिले एक छाक मात्र खाने दिन; श्राद्धको अघिल्लो दिन ।
11862 एकछाकी/एकछाके ना. वि. २. दिनभरमा एकछाक मात्र खाने ।
11863 एकछापे वि. नेपालमा राणाशासनको समयमा मुख्तियारको मात्र छाप लागेको कागत; एउटै मात्र छाप लागेको कागत ।
11864 एकजाइ ना. एउटैको मात्र अधिकार; एकलौटी भएको अवस्था; एकछत्र |
11865 एकजात क्रि.वि. १. अलिकति पनि कत्ति पनि; थोरै पनि ।
11866 एकजात क्रि.वि. वि. २. एउटै आमाबाबुबाट जन्मेको; एउटै शाखाको; सहोदर (दाजु, भाइ; बान्धव आदि) ।
11867 एकजात क्रि.वि. ना. ३. एउटै जात; अभिन्न जात; उस्तै जाति; समान जाति ।
11868 एक जाति वि. १. एउटै जातको; उस्तै जातको ।
11869 एक जाति वि. २. एउटै वंशमा जन्मेको; एउटै वंशको ।
11870 एक जाति वि. ना. ३. एउटै जाति; एकै जा।
11871 एकजातीय वि. एउटै जातिमा जन्मेको; एउटै वर्ग वा समुदायको; एउटै जातको ।
11872 एकजिउ वि. अलगअलग भए पनि एउटै जिउका जस्ता; एउटै ज्यानजस्ता; साह मिलेका ।
11873 एकजुवा ना. १. घाम झुल्किएर एकडेढ घण्टा जति दिन चढेको बिहानको समय वा घाम अस्ताउन एकडेढ घण्टा बाँकी भएको बेलुकाको समयलाई बुझाउने शब्द |
11874 एकजुवा ना. वि. २. अन्दाजी एकजुवा बराबर नापको ( घाम ) ।
11875 एक झप्को ना. १. एकपल्ट झपक्क लाग्ने निद्रा ।
11876 एक झप्को ना. २. एकपल्ट झपक्क निदाएपछिको बिउँझाइ |
11877 एक झमट क्रि.वि. १. एकचोटि; एकपटक; एकपल्ट ।
11878 एक झमट क्रि.वि. ना. २. तत्काल आउने एउटा वेग वा फोक्का ।
11879 एक झमट क्रि.वि. ३. ताक; एकपल्टको नियालाइ |
11880 एकटक क्रि.वि. आँखा नचिम्लीकन हेरेको हेन्यै; एकनाससित नियालेर |
11881 एकट्ठा वि. एक ठाउँमा जम्मा भएको; एकत्र (भेला) ।
11882 एकड ना. चारहजार आठसय चालिस वर्गगज भूमिको नाप ।
11883 एकतन्त्र ना. १. राज्यसञ्चालनको सबै अधिकार एउटै व्यक्तिका हातमा भएको शासनव्यवस्था; देशको सार्वभौमिकता एउटै व्यक्तिमा निहित शासनव्यवस्था ।
11884 एकतन्त्र ना. वि. २. एउटै व्यक्तिको मात्र अधिकार भएको; एउटा व्यक्तिभन्दा अरू कसैको हकभोग नभएको; एकछत्र।
11885 एकतन्त्रवाद ना. एउटै व्यक्तिको शासनाधिकारमा विश्वास गर्ने राजनीतिक सिद्धान्त; एकतन्त्रमा विश्वास गर्ने मत वा वाद ।
11886 एकतन्त्रवादी वि. एकतन्त्रवादमा विश्वास गर्ने; एकतन्त्रवादको अनुयायी ।
11887 एकतन्त्री वि. राज्यको शासन व्यवस्थामा एउटै व्यक्तिको मात्र अधिकार भएको (शासन) ।
11888 एकतमास ना. १. अरूभन्दा भिन्न हुनाको अवस्था वा भाव; अनौठोपन; विलक्षणता ।
11889 एकतमास ना. २. एउटै मात्र विचारमा तल्लीन रहने बानी; एकोहोरोपन; एकसुरेपन; ।
11890 एकतमासको वि. १. अरूभन्दा भिन्न किसिमको; अनौठो किसिमको; विलक्षण।
11891 एकतमासको वि. २. एकोहोरो; एकसुरे ।
11892 एकतर्फी वि. एउटा पक्षसित मात्र सम्बन्ध भएको; एक पक्षबारे मात्र सोचिएको; एकतर्फको; एकपक्षको; एकलौटी ।
11893 एकतर्फी फैसला ना. अदालतमा परेको कुनै मुद्दामा एक पक्ष हाजिर नभई भएको फैसला |
11894 एकता ना. १. एक हुनाको भाव वा अवस्था ।
11895 एकता ना. २. विचार, उद्देश्य आदिमा सबै परस्पर मिलेर बस्ने काम; ऐक्य ।
11896 एकता ना. ३. समानता; बराबरी |
11897 एकतान वि. १. एउटै विचारमा मात्र लागेको, कुनै एउटाकुरामा तल्लीन; एकचित्त भएको; एकसुरे; तन्मय ।
11898 एकतान वि. २. बिचमा क्रम टुटेको अक्षुण्ण ।
11899 एकतारे ना. १. आधा पारिएको तुम्बालाई छालाले मोहोरी बिचमा बाँस आदिको लठ्ठी घुसारी, एउटा मात्र तार जडेको, नक्खीले बजाइने एक प्रसिद्ध बाजा |
11900 एकतारे ना. वि. २. एउटा मात्र ताराको चिह्न भएको (झन्डा आदि) ।