Dictionary

All Word

12001 एकवर्ण वि. २. एउटै रङ भएको; अरू रङ नमिसिएको ।
12002 एकवर्ण वि. ३. एउटै अनुहारको ।
12003 एकवस्त्रा वि. एउटा मात्र वस्त्र लाएकी वा पर सरेकी (रजस्वला हुँदा एउटै मात्र वस्त्र पहिरने विधानअनुसार ।
12004 एकवार क्रि.वि. छेउछेउ तिरैतिर, किनारा लागेर; किनारैकिनार ।
12005 एकवेणी ना. १. एकचुल्ठे (स्त्री) ।
12006 एकवेणी ना. २. पति परदेश जानाले शृङ्गार त्यागेर बसेकी स्त्री; वियोगिनी वा विरहिणी स्त्री ।
12007 एकश्रुत वि. हे. एकपाठी ।
12008 एक्सट्ठी ना. १. साठी र एकको योगबाट बनेको सङ्ख्या; ६१ को अङ्क ।
12009 एक्सट्ठी ना. वि. २. साठी र एकको योगबाट बनेको ।
12010 एक्सट्ठिऔँ / एक्सट्ठियाँ वि. गन्दै जाँदा एक्सट्ठी सङ्ख्यामा पर्न;, साठी र एकको योगबाट बनेको एक्सट्ठी सङ्ख्याको ।
12011 एकसदनात्मक वि. एउटा मात्र सदन भएको (व्यवस्थापिका वा विधायिनी सभा) |
12012 एकसरिनु अ.क्रि. १. ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु ।
12013 एकसरिनु अ.क्रि. २. कुनै काम आधाआधीभन्दा बेसी वा एकोहोरो रूपमा गरिनु ।
12014 एकसरो वि. १. भित्री नभएको वा भित्री नहालिएको; दोरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा) ।
12015 एकसरो वि. २. एक जनाको मात्र व्यवहार चल्ने ( मालसामान); कुनै मालसामान नदोहोऱ्याईकन एकएकवटा मात्र जोडिएको ।
12016 एकसऱ्याइ ना. एकसरिने क्रिया वा प्रक्रिया ।
12017 एकसऱ्याइनु क्र. क्रि. एकसरिने पारिनु ।
12018 एकसऱ्याउनु स.क्रि। एकसरिने पार्नु; एकसरो तुल्याउनु ।
12019 एकसूत्रीकरण ना. १. भिन्नभिन्न वस्तुलाई एउटै स्तरमा ल्याउने वा परस्पर सम्बद्ध बनाउने काम वा प्रक्रिया ।
12020 एकसूत्रीकरण ना. २. छरिएका वस्तुलाई एउटै सूत्रमा उन्ने काम ।
12021 एकस्व ना. १. कसैले निर्माण, रचना वा उत्पादन गरेको वस्तु वा रचना आदिबाट हुने आयमाथि निजैको एकाधिकार हुने गरी दिइएको सरकारी मुद्राङ्कित प्रलेख ।
12022 एकस्व ना. २. कसैले निर्माण गरेको, रचना गरेको वा उत्पादन गरेको वस्तुबाट त्यसो गर्ने व्यक्तिलाई एकाधिकारको रूपमा प्राप्त हुने आय।
12023 एकस्व पत्र ना. कुनै व्यक्तिलाई कुनै कामकुरा गर्ने एकाधिकार प्रदान गरिएको लिखित पत्र; एकाधिकारपत्र |
12024 एकहट्टी ना. कुनै उद्योग, व्यापार वा ठेक्का आदिको काम एउटै व्यक्तिबाट गर्ने गरी मिलाइएको बन्दोबस्त ।
12025 एकहत्तर ना. १. सत्तरी र एकको योगबाट बन्ने सङ्ख्या; ७१ को अङ्क ।
12026 एकहत्तर ना. वि. २. सत्तरी र एकका योगले बन्ने वा बनेको ।
12027 एकहत्तरौं वि. गन्दै जाँदा एकहत्तर सङ्ख्यामा पर्ने; एकहत्तर सङ्ख्याको ।
12028 एकहाते वि. १. एक व्यक्तिले मात्र खुवाउने, पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको ।
12029 एकहाते वि. २. एउटा व्यक्तिलाई मात्र दुध दुहुन दिने (गाई, भैंसी आदि) ।
12030 एकहाते वि. ३. एक हात नापो भएको ।
12031 एकहाते वि. ४. एउटा मात्र हात भएको ।
12032 एकाइ ना. १. सङ्ख्या वा गन्तीमा एक हुनाको भव वा अवस्था ।
12033 एकाइ ना. २. कुनै राशिलाई साना साना अंशमा बाँड्दा बनेको वा समूहभित्र रहेको एउटा सानो तर पूर्ण खण्ड |
12034 एकाइ परीक्षा ना. निर्धारित विषयमध्ये सम्पूर्ण विषयको वा कुनै विषयका सम्पूर्ण अंशको परीक्षा नभएर केही अंश वा एकाइको मात्र परीक्षा ।
12035 एकाउन्ट ना. सरकारी वा गैरसरकारी कुनै कार्यालयको आयव्ययसम्बन्धी हिसाब, लेखा ।
12036 एकाउन्टेन्ट ना. सरकारी वा गैरसरकारी कुनै कार्यालय वा कुनै सङ्घसंस्था आदिमा आयव्ययसम्बन्धी काम गर्ने व्यक्ति; लेखापाल |
12037 एकाउन्न ना. १. पचास र एकको योगबाट बनेको सङ्ख्या; ५१ को अङ्क ।
12038 एकाउन्न ना. वि. २. पचास र एकको योगबाट बनेको; पचास र एकका योगको ।
12039 एकाउन्नौँ वि. गन्दै लैजाँदा एकाउन्न सङ्ख्यामा परेको; एकाउन्न सङ्ख्याको।
12040 एकाएक क्रि.वि. कुनै कामकुरा वा कुनै घटना थाहै नपाई हुने वा घट्ने गरी; सोच, विचारविना; एक्कासि; अपर्झट; अकस्मात्; अचानक ।
12041 एकाकार वि. १. एउटै रूपको; एउटै आकारको; हेर्दा उस्तै देखिने; एउटै किसिमको; एकरूप ।
12042 एकाकार वि. २ अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर बनेको; एकात्म |
12043 एकाकी वि. १. एक्लो; अकेलो।
12044 एकाकी वि. २. एक्लो गतिविधि मन पराउने; एकलकाँटे ।
12045 एकाक्षर वि. १. एउटा मात्र अक्षर भएको; एकाक्षरी ।
12046 एकाक्षर वि. ना. २. एक अक्षर मात्र भएको मन्त्र; एकाक्षरी मन्त्र ।
12047 एकाक्षर परिवार ना. वाक्यका प्रत्येक शब्द एक अक्षरको हुने, वाक्यमा शब्द जहाँ आए पनि त्यसको रूपमा परिवर्तन नहुने भाषिक परिवार (तिब्बती, चिनियाँ, बर्मेली आदि) ।
12048 एकाक्षरी वि. १. एउटा अक्षर मात्र भएको (मन्त्र; कोश आदि ) |
12049 एकाक्षरी वि. २. एक अक्षरबाट मात्र बनेको (शब्द) ।
12050 एकाग्र वि. १. मन वा चित्तलाई अन्त नडुलाई एउटै कुरामा मात्र केन्द्रित गरेको; एउटै कुरामा मात्र मन लगाएको; स्थिर मन भएको; एकचित्त ।