Dictionary

All Word

12101 कटु वि. २. रुखो; कर्कश; मन नपर्ने; अप्रिय (बानी, व्यवहार, वचन इ.)।
12102 कटुवा १ वि. काटिएको; कट्टी गरिएको; कटान भएको।
12103 कटुवा २ ना. १. खोस्टो या पातमा बेरेर कक्कड जस्तै खाइने सुर्ती।
12104 कटुवा २ ना. २. बिस्कुटको एक विशेष प्रकार।
12105 कटुवाल ना. १. पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति।
12106 कटुवाल ना. २. शाहकालीन जिल्ला प्रशासनको लगभग मुखियासरहको एक पद।
12107 कटुवाल ना. ३. गाउँघरमा उर्दीपुर्दी सुनाउने कामका निम्ति राखिएको, प्रायः गैरसरकारी कर्मचारी।
12108 कटुवाल ना. ४. क्षत्री तथा पावैहरूको एक थर। स्त्री. कटुवाल्नी।
12109 कटुस ना. खस्रु, फलाँट आदिका जस्ता पात र गेडा फल्ने, सारो काठ हुने रुखविशेष वा त्यसको फल।
12110 कटेरो ना. १. गाईबस्तु बाँध्ने ठाउँ; गोठ; ग्वाली।
12111 कटेरो ना. २. छाप्रो; टहरो; खोल्मा; थारो।
12112 कटेहर नाच ना. थारू जातिमा प्रचलित, रोइलानाचका ढाँचाको, कटेहरिया, कठघोरी र कठौरिया नाम पनि भएको एक नृत्य।
12113 कटौती ना. १. काटेर घटाउने काम (रकम, तलब, पारिश्रमिक इ.)। वि.
12114 कटौती ना. २. काटेर घटाइएको (रकम, तलब, पारिश्रमिक इ.)।
12115 कटौतीको प्रस्ताव ना. सरकारको कुनै विभागको कार्यमा लाग्ने खर्चको फाँटबाट सानो रकम घटाइदिने प्रस्ताव।
12116 कटौरा ना. कचौरा; बटुको।
12117 कटौरी ना. कचौरी; बटुकी।
12118 कटौरी चोली ना. सेप नलिई अर्को टुक्रा कपडा अगाडि छातीमा गाँसेर सिइएको चोलो।
12119 कटौरे वि. १. कटौराजस्तो; कटौराका बान्कीको।
12120 कटौरे वि. २. सानो वा छोटो चित्त भएको। घुमाएर कुरा गर्ने, बतौरे।
12121 कट्कनु अ.क्रि. १. कटकट शब्द आउने गरी घिउतेल आदि तात्नु; कड्कनु; कटकटाउनु।
12122 कट्कनु अ.क्रि. २. गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु।
12123 कट्काइ ना. कट्कने अथवा कट्काउने क्रिया वा प्रक्रिया।
12124 कट्काइनु क.क्रि. कट्कन लगाइनु।
12125 कट्काउनु प्रे.क्रि. कट्कन लगाउनु; कट्कन दिनु।
12126 कट्किनु अ.क्रि. कट्कनु।
12127 कट्कुरो ना. १. दाउरा, पराल, घाँस आदि राख्न घरको छेउमा बनाइएको सानो कटेरो।
12128 कट्कुरो ना. २. दाउरा, घाँस, पराल आदि राख्नलाई प्रायः मूलघरमै टाँसेर बनाइएको काठको ओतदार टाँड; चट्टी; लाफो।
12129 कट्कुरो ना. ३. दाउराको हार वा खलियो।
12130 कट्ट् क्रि.वि. १. एकैचोटि छिनिने गरी काट्ने तरिकासँग; कटक्क।
12131 कट्ट् क्रि.वि. २. नराम्रो अनुभव हुने गरी पेट, मन आदि दुख्ने किसिमले।
12132 कट्टर वि. १. अरूको तर्क वा उपपत्तिमा ध्यान नदिई आफ्नो धर्म वा विचारमा दृढ रहने।
12133 कट्टर वि. २. परम्परागत रूढिवादी (कट्टर सनातनी, कट्टर धार्मिक इ. )।
12134 कट्टरता ना. कट्टरको स्वभाव; कट्टर हुने क्रिया वा प्रक्रिया।
12135 कट्टरपन्थी वि. कट्टरतावादी; उग्रवादी; परम्परावादी।
12136 कट्टरवादी वि. कट्टरताका सिद्धान्तको अनुयायी।
12137 कट्टरवा ना. सुदूर पश्चिमी इलाकाका थारूहरूको एक नृत्य; महर्वा।
12138 कट्टा ना. १. काट्ने काम (जस्तो- आफ्नो पैसा कट्टा गर); कट्टी। वि.
12139 कट्टा ना. २. काटिएको; कट्टु।
12140 कट्टी ना. १. काट्ने काम; कट्टा।
12141 कट्टी ना. २. चुक्ती; फर्स्योट; छिनाफाना; चुक्ता।
12142 कट्टी ना. ३. आउँ आदि व्यथाबाट पेटमा हुने पीडा।
12143 कट्टीमट्टी ना. छिनाफाना; फर्छ्यौट।
12144 कट्टु १ ना. १. घुँडाभन्दा माथिमात्र आउने, फराकिलो मुख भएको ठुटे सुरुवाल; जाँघे; इँजारवाला हाफपाइन्ट।
12145 कट्टु २ वि. काटिएको; कट्टा (पदार्थ); ठुटे।
12146 कट्टु वि. हे. कट्टु २।
12147 कट्टो वि. काँचो; राम्रोसित नपाकेको; कमिरो, अधकल्चो।
12148 कट्ठा ना. सोह्र सय बिस वर्ग हातको जमिनको नाप; एक बिघाको बिसौँ भाग; बिस धुरको नाप बराबरको जग्गा।
12149 कट्मिरो/कट्मेरो वि. १. चलाउँदा बिग्रिएला जस्तो खालको (काठ, वस्तु आदि); छोइपासे; बिल्पारी।
12150 कट्मिरो/कट्मेरो वि. २. राम्रोसित नपाकेको; आधा काँचो आधा पाको; अधकल्चो; कट्टो।