Dictionary

All Word

11951 एकभाषिक वि. एउटा भाषा मात्र जान्ने (व्यक्ति) ।
11952 एकमत वि. सबैको एउटै राय वा मत भएको; उपस्थित सबैको विचार मिलेको ।
11953 एकमना वि. १. एउटै विचार, मत वा सिद्धान्तमा स्थिर भएको, एउटै वादको ।
11954 एकमना वि. २. एकचित्त ।
11955 एकमाने वि. १. एक माना मात्र पाक्ने वा अटाउने (भाँडो)।
11956 एकमाने वि.
11957 एकमाने वि. २. खानलाई सम्म दुःख नभएको, एक माना खान पुग्ने ।
11958 एकमाने वि. ३. सानो घरानको ।
11959 एकमुख वि. सबै एउटै लक्ष्यमा प्रवृत्त हुने वा सबैले एउटै कुरा बोल्ने; सबैबाट एउटै सिद्धान्त वा विचार प्रकट गरिएको ।
11960 एकमुख वि. २. एउटै मुख भएको ।
11961 एकमुखी / एकमुखे वि. एउटै मात्र मुख भएको (चुलो, रुद्राक्ष इ.) ।
11962 एकमुखी / एकमुखे वि. एकमुस्ट क्रि.वि. [सं. एकमुष्ठ ] एकै पटक एकैपल्ट, डक्क ।
11963 एकमेलो ना. खनजोत आदि गर्दा एक जनाले दिनभरिमा गरिसक्ने काम, एक जनाको मेलो; एकलग |
11964 एकरङ्ग वि. १. भित्रबाहिर एउटै जस्तो भएको; एउटै रङ्गको ।
11965 एकरङ्ग वि. २. छलछाम नभएको; निश्छल, निष्कपट ।
11966 एकरङ्ग वि. ३. एउटै किसिमको; उस्तै; बराबर; समान ।
11967 एकरङ्गा / एकरङ्गी वि. एउटा मात्र रङ्ग भएको; एकभन्दा बढी रङ्ग नभएको; धेरै रङ्ग नमिसिएको (सारी वा अन्य कपडा) ।
11968 एकरस वि. १. एउटै मात्र रस भएको; एकै भावको; समान भावको ।
11969 एकरस वि. २. एकै किसिमको; उस्तै भएर मिलेको ।
11970 एक राजतन्त्र ना. राजाले मन्त्री, भारदार वा सल्लाहकारहरूको सहायता लिई आफ्नै राज्यको शासनव्यवस्था चलाउने एक प्राचीन प्रणाली |
11971 एकराते वि. एक रात मात्र बितेको; अघिल्लो दिन मात्र जमाएको; एक रातको (दही इ.) ।
11972 एकरारनामा ना. हे. करारनामा ।
11973 एकरूप वि. १. एउटै रूप भएको; समान रूपको; एउटै आकृतिको; हेर्दा उस्तै देखिने ।
11974 एकरूप वि. २. सधैँ एकनास रहने ।
11975 एकरूपता ना. एकरूप हुनाको भाव वा अवस्था; अनुरूपता; समानता; सादृश्य।
11976 एकल वि. १. एकाकी; एक्लो (व्यक्ति, परिवार इ.) ।
11977 एकल वि. ना. २. न्यूनतम अंश ।
11978 एकलकाँटे वि. अरूसँग नमिल्ने स्वभावको; एकोहोरो; एक ढड्डीको ।
11979 एकलख ना. देवनागरी लिपिमा अकारान्त व्यजनवर्णको माथि लाग्ने एकारको चिह्न वा मात्रा; एकार () ।
11980 एकलग ना. १. जीवन धान्नका लागि एक व्यक्तिले दिनभरमा गर्ने कुनै काम एउटाको दिनभरिको मेलो ।
11981 एकलग ना. वि. २. एकाग्र; तल्लीन ।
11982 एकलास ना. १. कोही नभएको सुनसान ठाउँ मान्छे हत्तपत्त नपुग्ने ठाउँ, एकान्त स्थान; निर्जन स्थल |
11983 एकलास ना. वि. २. एकान्त; सुनसान; निछ्‌याम ।
11984 एकले वि. एकाकी; एकलो ।
11985 एकले गीत ना. स्त्री वा पुरुषले जोडीविना एक्लै गाउने गीत ।
11986 एकले नाच ना. जोडा वा जोडीविना नाचिने नाच; एक्लै नाचिने नाच।
11987 एकले बाँदर ना. १. बगालबाट छुट्टिई एक्लै हिँड्ने बाँदर ।
11988 एकले बाँदर ना. २. साथीभाइहरूसित बसउठ नगर्ने र एक्लै हिँड्ने स्वभावको मानिस एकलकाँटे ।
11989 एकले बिर ना. दुईदेखि पाँच मिटर अग्लो, लाम्चो, दाँती परेका हरिया पात हुने गुलाफी वा कलेजी रङका फूल फुल्ने, पात र फूल विषालु मानिने एक जातको बोट ।
11990 एकलै क्रि.वि. एक जना मात्र; एकलो मात्र आफू मात्र ।
11991 एकलै दोकले क्रि.वि. एकदुई जना मात्र; बढीमा दुई जनासम्म |
11992 एकलो वि. जहान, परिवार कोही नभएको; साथीभाई नभएको; आफू मात्रै भएको; एकल ।
11993 एकलो वि. २ बिहे नगरेको; जोडा नभएको; ठिङ्गो ।
11994 एकलौटी वि. १. अंश वा अरू धनमालमा आफू एक्लै मात्र भोगचलन गर्न पाइने; अरूको भाग वा अंश नलाग्ने ।
11995 एकलौटी वि. २. कसैलाई बाँड्न नपर्ने; आफ्नै मात्र ।
11996 एकलौटी वि. ३. एकाधिकारको ।
11997 एकवचन ना. १. एकपल्ट मात्र बोलिएको वचन; एक शब्द; एक बोली।
11998 एकवचन ना. २. व्याकरणमा गन्तीमा एउटा वस्तु वा व्यक्तिलाई मात्र बुझाउने शब्द वा पद ।
11999 एकवचनान्त वि. एकवचनको विभक्ति वा रूपप्रत्यय लागेको ।
12000 एकवर्ण वि. १. एउटै वर्ण वा जातको ।